रामकुमारी भन्छिन्- एमाले कार्यकर्ताले मात्रै फलो गरे ओलीका फलोअर्स दोब्बर हुन्छन् « Khabarhub

रामकुमारी भन्छिन्- एमाले कार्यकर्ताले मात्रै फलो गरे ओलीका फलोअर्स दोब्बर हुन्छन्


१९ भाद्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


978
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको बचाउमा बोलेकी छन् ।

अहिले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र प्रधानमन्त्री केपी शर्मा ओलीबीच टकराव चलिरहेको छ । यस्तोमा बालेनका समर्थक अहिले फेसबुकमा ओलीलाई अनफलो अभियानमा छन् ।

यसैबीच ओलीको बचाउ गर्दै झाँक्रीले सामाजिक सञ्जाल एक्समा आफ्नो धारणा राखेकी छन् । ‘एमाले पार्टीका संगठित सदस्यहरूले मात्रै फलो गर्दा पनि अध्यक्षको फलोअर्स अहिलेको भन्दा दोब्बर हुन्छ’, उनले भनेकी छन् ।

यही भदौमा भएको आन्तरिक निर्वाचनमा नेकपा एकीकृत समाजवादीको उपाध्यक्षमा झाँक्री पार्टीको उपाध्यक्ष जयन्ती राईसँग पराजित भएकी थिइन्। झाँक्री अहिले एकीकृत समाजवादीकी पोलिटब्युरो सदस्य छिन् ।

पछिल्लो समय विभिन्न कार्यक्रममा झाँक्रीले ओलीको बचाउमा मन्तब्य पनि दिइरहेकी छन् ।

प्रकाशित मिति : १९ भाद्र २०८१, बुधबार  ५ : ०२ बजे

तिला लघुजलविद्युत् आयोजनाका उपकरण अलपत्र

जुम्ला– जिल्लाको तिला गाउँपालिका-२ स्थित तिला लघुजलविद्युत् आयोजनाका करोडौँ मूल्यका

चीनद्वारा नयाँ सञ्चार प्रविधि उपग्रह प्रक्षेपण

बेइजिङ- चीनले शनिबार दक्षिण चीनको हाइनान प्रान्तस्थित वेन्चाङ अन्तरिक्ष प्रक्षेपण

सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका

‘अर्काको सुन लगायो, आफ्नो कानलाई दुख’

काठमाडौं – अमेरिकामा धेरै कलाकार गए– आए । कलाकार बनेर

‘व्यावसायिक वातावरण निर्माणमा सरकार प्रतिबद्ध छ’

काठमाडौं– उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले मुलुकमा