रामकुमारी भन्छिन्- एमाले कार्यकर्ताले मात्रै फलो गरे ओलीका फलोअर्स दोब्बर हुन्छन् « Khabarhub

रामकुमारी भन्छिन्- एमाले कार्यकर्ताले मात्रै फलो गरे ओलीका फलोअर्स दोब्बर हुन्छन्


१९ भाद्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


978
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको बचाउमा बोलेकी छन् ।

अहिले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र प्रधानमन्त्री केपी शर्मा ओलीबीच टकराव चलिरहेको छ । यस्तोमा बालेनका समर्थक अहिले फेसबुकमा ओलीलाई अनफलो अभियानमा छन् ।

यसैबीच ओलीको बचाउ गर्दै झाँक्रीले सामाजिक सञ्जाल एक्समा आफ्नो धारणा राखेकी छन् । ‘एमाले पार्टीका संगठित सदस्यहरूले मात्रै फलो गर्दा पनि अध्यक्षको फलोअर्स अहिलेको भन्दा दोब्बर हुन्छ’, उनले भनेकी छन् ।

यही भदौमा भएको आन्तरिक निर्वाचनमा नेकपा एकीकृत समाजवादीको उपाध्यक्षमा झाँक्री पार्टीको उपाध्यक्ष जयन्ती राईसँग पराजित भएकी थिइन्। झाँक्री अहिले एकीकृत समाजवादीकी पोलिटब्युरो सदस्य छिन् ।

पछिल्लो समय विभिन्न कार्यक्रममा झाँक्रीले ओलीको बचाउमा मन्तब्य पनि दिइरहेकी छन् ।

प्रकाशित मिति : १९ भाद्र २०८१, बुधबार  ५ : ०२ बजे

किन ओरालो प्रवृत्ति थामिएन नेप्सेमा ?

काठमाडौं– साताको तेस्रो कारोबारको दिन बुधबार पनि नेपाल स्टक एक्सचेञ्ज

३६ दिनपछि तातोपानी नाका आंशिक रूपमा सञ्चालनमा

काठमाडौं– नेपाल-चीन व्यापारको सबैभन्दा छोटो र महत्त्वपूर्ण उत्तरी नाका तातोपानी

एनसेल र नेपाल मेडिसिटी अस्पतालबीच साझेदारी, ग्राहकलाई निःशुल्क चिकित्सक परामर्श सेवा

काठमाडौं– एनसेल र नेपाल मेडिसिटी अस्पतालले एनसेलका ग्राहकलाई निःशुल्क चिकित्सक परामर्श सेवा

ग्लोबल आइएमई बैंकले ल्यायो विशेष अटो लोन सुविधा

काठमाडौं– नयाँ सवारीसाधन खरिद गर्ने तयारीमा रहेका ग्राहकलाई लक्षित गर्दै

सङ्खुवासभा गोल्डकप फुटबल आगामी कात्तिकमा

सङ्खुवासभा– सङ्खुवासभाको खाँदबारी नगरपालिका–३ मानेभञ्याङमा सङ्खुवासभा गोल्ड कप फुटबल प्रतियोगिता