‘डिपफेक’को पहिलो मारमा बालेन्द्र र सुनीता « Khabarhub

‘डिपफेक’को पहिलो मारमा बालेन्द्र र सुनीता

विज्ञ भन्छन्– सबैले सतर्कता अपनाऔं



काठमाडौं- प्रविधिको विकाससँगै साइबर अपराध पनि कहालीलाग्दो हुन थालेको छ । केही समय अगाडि फेसबुकमा काठमाडौं महानगरका मेयर बालेन्द्र शाह र उपमेयर सुनिता डंगोलको एक नक्कली भिडिओ भाइरल भयो । भिडिओमा मेयर शाह र उपमेयर डंगोललाई अपमानित गरिएको ‘फेक’ दृश्य समावेश थियो ।

हालै सम्पन्न काभा महिला भलिबल नेसनल लिगको फाइनल खेलमा मेयर र उपमेयर एकसाथ उपस्थित थिए । नेपाल र भारतबीच भएको फाइनल खेलकै क्रममा भिडिओमा मेयर र उपमेयर देखिएका थिए । उक्त क्लिपलाई लिएर ‘डिपफेक भिडिओ’ बनाइएको थियो ।

भिडिओमा दुबै पात्रको अनुहार परिवर्तन भएको देख्न सकिन्छ । त्यस बाहेक हात र टाउकोको चाल पनि अस्वाभाविक देखिन्छ । साइबर ब्युुरोमा उजुरी परेपछि उक्त भिडिओ डिपफेक प्रविधिबाट तयार पारेको पुष्टि भयो ।

तनहुँकी अनु परियार फेसबुक रिलमा निकै लोकप्रिय छिन् । उनी गाउँले सामान्य युवती हुन् । नृत्यमा निकै पोख्त छिन् । आफ्नो नृत्य प्रस्तुत गरेरै उनी टिकटक र रिलमा निकै रुचाइएकी छन् । नेपाली लोक गीतदेखि चलचित्रका गीत र हिन्दी तथा अंग्रेजी गीतमा पनि उनले टिकटक बनाउने हुँदा उनको नेपाली मात्र नभएर देशविदेशी फ्लोअर छन् ।

तर पछि उनका निकै भद्दा टिकटकहरु आउन थाले । उनका फ्यानहरु भड्किन थाले । केही लाख फ्लोअर भएकै भरमा उनले नेपालीपन बिर्सिएको आरोप लाग्न थाल्यो ।

गाली र आलोचनाको वर्षा भएपछि अनुले सामाजिक सञ्जालमार्फत स्पष्टीकरण दिन बाध्य भइन् । उनले भद्दा टिकटक आफूले नबनाएको बताइन् ।
अनुले भनेकी छन्– छोटा र ग्ल्यामर भिडियो मैले बनाएको होइन । मेरो भिडियोको दुरुपयोग भएको छ । डिपफेक भिडियो बनाइएको छ । अनुहार मेरो भए पनि शरीर मेरो होइन । त्यस्ता महंङगा लुगाहरु मैले इफोर्ट गर्नै सक्दिनँ ।’

अनुले आफ्नो नाम र अनुहार दुरुपयोग गरी भिडिओ सामग्री बनेको भन्दै यसबाट नझुक्किन आग्रहसमेत गरेकी छन् ।

नेपालमा भन्दा अझ धेरै छिमेकी राष्ट्र भारतमा राजनीतिज्ञ, सेलिब्रेटी डिपफेकको मारमा परेका छन् ।

बलिउड नायिका रश्मीका मन्दना, उद्यमी रतन टाटा र क्रिकेटर सचिन तेन्दुलकर लगायत चर्चित व्यक्तिहरूको भिडिओ बनेपछि भारतले त्यससम्बन्धी ऐन नै जारी गरेको छ ।

नेपालमा डिपफेक प्रयोग गरेर गाली बेइज्यती गरे पनि अपराधिक क्रियाकलाप भने नभएको साइबर ब्युरोले बताएको छ । ब्युरोका प्रवक्ता दीपक अवस्थी भन्छन्, ‘प्रतिपक्षसँगको बदलाको भावले विशेष राजनीतिज्ञहरु यसको मारमा छन् । नेताहरुले गीत गाएको, नाचेको भिडिओहरु आइरहेका हुन्छन् । त्यसमा प्रायः डिपफेक र भ्वाइस क्लोनिङ प्रविधिको प्रयोग भएको पाइन्छ ।’

डिपफेकमार्फत नेपालमा ठुलै अपराध नभए पनि निकै सर्तकता अपनाउनुपर्ने अवस्थी बताउँछन् । ‘विदेशमा बदलाको भाव, लुटपाट, अपहरण आदिका लागि डिपफेक भिडिओ बन्ने गरेका देखिन्छन्, हामीले उनीहरुको सिकेर समयमै समाधानको बाटोतिर लाग्नुपर्छ ।’

‘यसका लागि ब्युरोको प्रयास भनेको निकै सामान्य हो, सरकारले नै हुन सक्ने यस्ता अपराधबाट जोगिन संयन्त्र खडा गर्न आवश्यक छ । छिमेकी राष्ट्र

भारत र अन्य विकसित देशहरुमा जस्तै ऐन नै बनाउनुपर्छ, उनले भने । यो व्यक्ति वा सेवाग्राहीको सचेतनाले मात्रै समाधान नहुने भन्दै प्रवक्ताले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।

प्रविधिको चरम दुरुपयोग

मानव समुदायमा प्रविधि एक वरदान साबित भएको छ । प्रविधिले संसारलाई जोडेको छ । संसारका मानिसलाई एक परिवार बनाएको छ । कुनै पनि देश वा भुगोलको संस्कृति, रहनसहन, खानपान, उत्पादन जहाँकही पुगेको छ । मानिसहरुमा भाइचारा बढाएको छ । तर यही प्रविधि दुरुपयोगले समाजमा अपराधिक गतिविधि फैलँदा मानव सभ्यतामा आंतक सिर्जना गरेको छ । त्यसमध्येको एक हो– डिपफेक भिडिओ ।

पछिल्लो समय डिपफेक भिडिओमार्फत गाली बेइज्यती, बदला, चोरी र अपहरणसम्म भएका घटना बाहिरिएका छन् । बोल्दै नबोलेको कुराहरु आएका छन् । गर्दै नगरेको क्रियाकलाप पनि हुबहु आएका छन् । प्रविधिले मानव जगत्मा सन्त्रास थपेको छ ।

बोल्दै नबोलेका र गर्दै नगरेका क्रियाकलाप हुबहु कसरी आउछ ? डिपफेक भिडियो के हो ? कसरी बन्छ ? र यसबाट कसरी सुरक्षित हुने भन्नेबारे खबरहबले सुचना प्रविधि विज्ञ इन्जिनियर उत्तम कार्कीसँग कुराकानी गरेको छ । उनीसँगको कुरा जस्ताको त्यस्तै –

उत्तम कार्की

डिपफेक फोटोसप, अडियो र भिडियो हुन्छ । यो डिप लर्निङ भनिने विशेष मेसिन प्रयोग गरेर सिर्जना गरिएको हुन्छ । यसको उद्देश्य वास्तविक फोटो, अडियो र भिडियोलाई नक्कलीमा रुपान्तरण गर्ने प्रक्रिया हो । तर, नक्कली भनेर थाहा नपाउने गरी रूपान्तरण गर्ने प्रयास हो ।

जेनेरेटिभ एड्भर्सेरियल नेटवर्क (जिएएन) यसको काम भनेको वास्तविक सामाग्रीलाई हेरफेर गर्न अनुमति दिनु हो । यसले नबोलेको कुरालाई पनि बोलेको जस्तो बनाइदिन्छ । यसले एक अर्थ वा भावमा बोलेको कुरालाई लिएर अर्को अर्थ निकाल्ने गरी इडिट गर्छ । जुन बोलेको होइन र छैन भन्नै मुस्किल पर्छ ।

डिपफेक मार्फत बनेका फोटो, अडियो र भिडियोहरू वास्तविक जस्तै देखिन्छन् । यो एक सम्पादन गरिएको अवस्था हो । जो अरू कसैको अनुहारको स्थानमा अरू कसैको अनुहार लगाइन्छ । यो धेरै छोटो र सटिक हुन्छन् जसको कारण सजिलै पहिचान गर्न अप्ठेरो हुन्छ ।

यस्ता फोटो, अडियो र भिडियोहरू पहिचान गर्न त्यति सजिलो हुँदैन । तर यस्ता भिडियोहरूमा अनुहार र शरीरको रंग मेल हुँदैन । लिपसिङ मिल्दैन, स्थान र ब्याग्राउण्ड पनि मिलेको हुँदैन ।

यसले भयावह स्थिति सिर्जना गर्दै गइरहेको अवस्था छ । यो अझै बढ्दै जानेछ । जति लोकप्रिय, उति डिपफेकको डर छ । यही प्रविधिको प्रयोग गरेर मानिसको संवेदनशील जानकारी चोर्ने, बार्गेनिङ गर्ने, बैंकिङ कसुर गर्ने देशको विदेश नीतिलाई पनि प्रभावित पारेको छ ।

राजनीतिक र ग्ल्यामर फिल्डमा यसको व्यापक दुरुपयोग भएको देखिन्छ । र अर्को सामाजिकरुपमा ख्याती कमाएकाहरुको पनि डिपफेकको सिकार बनेको पाइन्छ । धेरै राजनीतिज्ञहरुलाई असन्तुष्ट पक्षले गाली गर्न पनि यसको प्रयोग गरेका छन् । राजनीतिमा फेरबदल नयाँ कोर्ष सुरु भन्ने देखिन्छ । युवाहरु आक्रोस डिपफेक मार्फत आइरहेको छ ।

डिजिटल साक्षरताका हिसाबले पछाडि परेको नेपालजस्तो मुलुकमा डिफफेक प्रविधिको उच्च हुने जोखिम देखिन्छ । यसलाई समयमै संयन्त्र बनाएर नियन्त्रण तथा नियमन गर्न सकिएन भने धेरै मानिसहरु यसको शिकार हुन पुग्नेछन् ।

यस विषयमा संसदमा केही नेताहरुले उठाएका छन् । तर जति मात्रामा यसको बहस हुनुपर्ने हो, त्यो नगन्य हो । यदाकदा विषय उठान गरेर मात्र वा घटना घटेको बेलामा मात्रै तात्तिएर समाधान हुने विषय होइन ।

यसका धेरै चुनौतिहरु छन् । नेपाल सरकारले अपनत्व लिएर काम गर्नुपर्ने देखिन्छ । एकेडेमिक क्षेत्र, विज्ञहरुको परामर्श लिएर काम गर्दा नतिजाउन्मुख हुन्छ ।

प्रकाशित मिति : १९ भाद्र २०८१, बुधबार  ८ : १३ बजे

गणेश नेपालीबारे अस्पतालले भन्यो- ‘जुनसुकै बेला अवस्था बिग्रिन सक्छ’

काठमाडौं- जलनबाट गम्भीर घाइते भएका मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय

युवा लक्षित रोजगारी र स्वयंसेवा कार्यक्रम विस्तार गर्न मन्त्री चौधरीको निर्देशन

काठमाडौं– कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले मन्त्रालयअन्तर्गतका सबै

६० अर्ब निक्षेप संकलनका लागि बोलकबोल आह्वान

काठमाडौं– नेपाल राष्ट्र बैंकले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले रु

६ स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपतिले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं-  विभिन्न ६ स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपतिहरूले पद तथा गोपनीयताको

पर्वतका पाँच सामुदायिक वनमा पोखरी निर्माण

पर्वत– वन क्षेत्रमा पानीको उपलब्धता बढाइ वन्यजन्तु संरक्षण, जैविक विविधताको