एमाले पोलिटब्युरो बैठक : कांग्रेससँगको सम्झौताअनुसार नै संविधान संशोधन गर्न सुझाव | Khabarhub Khabarhub

एमाले पोलिटब्युरो बैठक : कांग्रेससँगको सम्झौताअनुसार नै संविधान संशोधन गर्न सुझाव


१९ भाद्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा (एमाले)को पोलिटब्युरो बैठकले सुझावसहित पार्टीको कार्ययोजना पारित गरेको छ ।

ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकले पार्टीको कार्ययोजनामाथि पोलिटब्युरो सदस्यले दिएको सुझावको आधारमा पारित गर्दै पुनः सचिवालय बैठकले अन्तिम टुङ्गो लगाउने सहमति भएकोे एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

उनका अनुसार पोलिटब्युरो सदस्यले कार्ययोजनाको प्रभावकारितामा जोड दिएका थिए । सुझावमा पार्टी कमिटी र कार्यकर्ताले गरेका कामको उचित मूयाङ्कन पार्टीमा हुन नसकेको कुरा पोलिटब्युरो सदस्यले उठाएका थिए ।

“पारदर्शी ढङ्गबाट एउटा विधि बनाएर पार्टी कमिटी र नेता तथा कार्यकर्ता गरेको कामको मूल्याङ्कन प्रणाली बनाउने कुरा भएको छ”, उनले भने, “मूल्याङ्कन कमिटीगत रुपमा हुनुपर्नेमा पोलिटब्युरो सदस्यको सुझाव रहेको छ ।”

बैठकमा प्रचार विभाग प्रमुख गौतमले संविधान संशोधनको सन्दर्भमा नेपाली कांग्रेससँग गरिएको सम्झौताअनुसार नै संविधान संशोधन गर्न पोलिटब्युरो सदस्यले सुझाव दिएको बताए । उनले संविधान पुनरावलोकन आवश्यक र पुनरावलोकनको आधारमा संविधान संशोधन गर्न सुझाव दिइएको बताए ।

बैठकमा ५१ जना पोलिटब्युरो सदस्यले महासचिव शङ्कर पोखरेलले प्रस्तुत गर्नुभएको पार्टीको वार्षिक कार्ययोजनामाथि सुझाव दिएका थिए । बैठक दुई दिनसम्म पार्टी कार्यालयमा सञ्चालन भएको थियो ।

प्रकाशित मिति : १९ भाद्र २०८१, बुधबार  ८ : ५२ बजे

इजरायलमा बिहानै इरानको मिसाइल प्रहार : जेरुसेलम र तेल अभिभमा उद्धार टोली

जेरुसेलम – इजरायलमा इरानले बिहानै मिसाइल प्रहार गरेको छ। तेल

वीरगञ्ज भन्सारबाट ११ महिनामा एक खर्ब ५८ अर्ब राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष (आव)को ११ महिनामा

सडक सञ्जालमा जोडियो ढोरपाटन

म्याग्दी- म्याग्दी र बागलुङको ढोरपाटन जोड्ने सडकको ट्याक (मार्ग) जोडिएको

सन्तानको हुटहुटीले ‘डिभोर्सी’ जोडीको पुनर्मिलन !

छुटिएको एक जोडी पति पत्नीको सम्बन्ध पुनः कायम होस् भनेर

सातवटै प्रदेशले ल्याए बजेट, कुन प्रदेशको कति ?

काठमाडौं– देशका सातवटै प्रदेशले आगामी आर्थिक वर्ष २०८२–०८३ को वार्षिक