गणतान्त्रिक व्यवस्थाबारे कांग्रेस र एमालेबीच कुनै मतभेद छैन : सभापति देउवा « Khabarhub

गणतान्त्रिक व्यवस्थाबारे कांग्रेस र एमालेबीच कुनै मतभेद छैन : सभापति देउवा


१९ भाद्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले गरेका निर्णय कार्यान्वयन गर्नु कर्मचारीको कर्तव्य भएको बताएका छन् ।

पार्टी निकट नेपाल निजामती कर्मचारी युनियन (सङ्घ) को स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले कर्मचारी स्थायी सरकार भएकाले सरकारले गरेका निर्णय लागू गर्नु कर्मचारीको कर्तव्य भएको बताए ।

सभापति देउवाले बहुदलीय प्रजातान्त्रिक प्रणाली र गणतान्त्रिक व्यवस्थाको सम्बन्धमा कांग्रेस र  एमालेबीच कुनै मतभेद नरहेको बताए । उनले देशको अवस्था चुनौतीपूर्ण रहेकाले कर्मचारीमा अझ यसको प्रभाव पर्ने बताए । चुनौतीलाई बुझेर काम गर्न आवश्यक रहेको उनको भनाइ थियो ।

सभापति देउवाले कांग्रेस र एमाले मुख्य प्रतिस्पर्धी राजनीतिक दल मुलुकको समस्या समाधानका लागि एक ठाउँमा उभिएको बताए । उनले मुलुकको राजनीतिबारेमा कुनै चिन्ता नलिइकन सरकारले गरेका निर्णयको कार्यान्वयन गर्न कर्मचारीहरुलाई निर्देशन दिए।

प्रकाशित मिति : १९ भाद्र २०८१, बुधबार  १० : ०३ बजे

मधेस प्रदेशको पहिलो पेफा मूल्याङ्कन प्रतिवेदन सार्वजनिक, समग्र प्राप्ताङ्क ‘डी प्लस’

काठमाडौं– मधेस प्रदेश सरकारले प्रदेशको सार्वजनिक वित्तीय व्यवस्थापन प्रणालीको मूल्याङ्कन

टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान, डिजेल ढुवानीको बाध्यता हट्यो

काठमाडौं– रसुवाको टिमुरेमा डिजेल जेनेरेटरबाट सञ्चालन हुँदै आएको नेपाल टेलिकमको टेलिफोन

बाढीपहिरोले राष्ट्रिय विद्युत् प्रणालीमा १ हजार मेगावाट उत्पादन अवरुद्ध : ऊर्जामन्त्री

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले यस वर्षको बाढी

प्रसाईं पक्राउबारे ज्ञानेन्द्र शाही : जिबीलाई पक्रेको भए जनताको ९ अर्ब फिर्ता हुन्थ्यो

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले

‘मर्स्याङ्दीमा तत्काल ठूलो बाढीको जोखिम छैन’

काठमाडौं– मनाङको चामेमा पहिरो खसेर मर्स्याङ्दी नदी आंशिक रूपमा थुनिए