तनहुँमा डेङ्गी सङ्क्रमित बढे « Khabarhub

तनहुँमा डेङ्गी सङ्क्रमित बढे


१९ भाद्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

तनहुँ – तनहुँमा दैनिक डेङ्गी सङ्क्रमित बिरामीको सङ्ख्या बढेको छ । पछिल्ला समय जिल्लाका १० पालिकामध्ये नौ वटामा डेङ्गी सङ्क्रमण देखिएको छ ।

डेङ्गी सङक्रमणका बिरामी बढ्न थालेपछि ‘लामखुट्टेको लार्भा खोजौँ र नष्ट गरौं’ अभियानलाई तीव्रता दिइएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ । यतिबेला जिल्लाका सबै पालिकामा सरसफाइ र सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिइएको छ ।

स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा हालसम्म एक हजार नौ सय ६० जनामा डेङ्गी सङ्क्रमित पुष्टि भइसकेको छ । सबैभन्दा धेरै आँबुखैरेनी गाउँपालिकामा सङ्क्रमित देखिएका छन् । जसमा एक हजार तीन सय १९ जना रहेको स्वास्थ्य शाखा प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिए ।

उनका अनुसार शुक्लागण्डकीमा दुई सय ३५, व्यासमा दुई सय १९, बन्दीपुरमा एक सय १५, म्याग्देमा ३०, भानुमा १९, देवघाटमा नौ, भीमादमा सात, ऋषिङ तीन र अन्य जिल्लाका चार जना रहेका छन् ।

डेङ्गी सङ्क्रमितको सङ्ख्या बढ्दै जान थालेपछि सतर्कता अपनाउन थालिएको व्यास नगरपालिका स्वास्थ्य शाखाका प्रमुख प्रमोद सोतीले जानकारी दिए । उनले अनुसार टोल बस्तीमा पुगेर सरसफाइका साथै सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिँदै आइएको छ ।

प्रत्येक घरघरमा पानीका भाँडा छोपेर राख्ने, पानी जम्न नदिने, लामो बाहुला भएका कपडा लगाउने र सुत्दा झुलको प्रयोग गर्न सचेत गराइएको चिकित्सकहरु बताउँछन् । दमौली अस्पतालका प्रमुख डा परिवर्तन बरालका अनुसार अस्पतालमा अउने बिरामीमध्ये अधिकांश झाडापखाला, ज्वरो र डेङ्गीका बिरामी हुने गरेका छन् ।

प्रकाशित मिति : १९ भाद्र २०८१, बुधबार  १० : ४६ बजे

नारायणगढ–मुग्लिन सडकमा पहिरोको उच्च जोखिम भएका ठाउँमा नियन्त्रणको काम गरिँदै

चितवन– नारायणगढ–मुग्लिन सडक खण्डका पहिरोको उच्च जोखिम भएका तीन ठाउँमा

अर्थमन्त्रीको जवाफ- नीति तथा कार्यक्रम अनुसार नै बजेट आउँछ 

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारको नीति तथा कार्यक्रम अनुसार

मोटरसाइकल एसेम्बलमा मूल्य अभिवृद्धि १ प्रतिशत कम, तर एउटै कम्पनीलाई ३ वर्षमा ६ अर्ब बढी कर छुट

काठमाडौं– सरकारले मूल्य अभिवृद्धि गर्ने उद्देश्य राखेर सवारी साधनको एसम्बल

दर्ता नभएका फार्मेसीमा औषधि बिक्री वितरण नगर्न विभागको निर्देशन 

काठमाडौं– औषधि व्यवस्था विभागले दर्ता नभएका औषधि पसल तथा फार्मेसीमा

चीन र स्विटजरल्यान्डले दिने अनुदान रकम स्वीकार गर्ने सरकारको निर्णय

काठमाडौं- सरकारले उत्तरी छिमेकी चीन र युरोपेली मुलुक स्विटजरल्यान्डबाट प्राप्त