शंकर पोखरेलको स्षप्टीकरण : प्रधानमन्त्रीले अंग्रेजी नजानेर ‘डाँफेज’ र ‘गैंडाज’ भन्नु भएको होइन | Khabarhub Khabarhub

शंकर पोखरेलको स्षप्टीकरण : प्रधानमन्त्रीले अंग्रेजी नजानेर ‘डाँफेज’ र ‘गैंडाज’ भन्नु भएको होइन


१८ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


909
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले अङ्ग्रेजी शब्द नआएर ‘डाँफेज’ र ‘गैंडाज’ शब्द प्रयोग नगरेको बताएका छन् ।

शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट गर्दै महासचिव पोखरेलले प्रधानमन्त्री ओलीले अमेरिकामा अङ्ग्रेजी भाषण दिने क्रममा ‘डाँफेज’ र ‘गैँडाज्’ शब्द प्रयोग गरेको सन्दर्भमा पोखरेलले यस्तो बताएका हुन् ।

उक्त शब्दलाई लिएर सामाजिक सञ्जालमा प्रधानमन्त्रीलाई अङ्ग्रेजी नआएको भनेर मजाक बनाइएपछि अङ्ग्रेजी शब्द नआएर ‘डाँफेज’ र ‘गैंडाज’ शब्द प्रयोग नगरेको पोखरेलले स्पष्ट गरेका छन् ।

के भने पोखरेलले ?

‘अमेरिका भ्रमणका क्रममा प्रधानमन्त्रीले अंग्रेजी भाषणमा डाँफेज र गैडाज् शव्द प्रयोग गर्नु भएको सन्दर्भमा सामाजिक सञ्जालमा प्रधानमन्त्रीलाई ती शब्दको अंग्रेजी नआएको भनेर उडाउने प्रयास भइरहेको छ । त्यस विषयमा सामाजिक सञ्जालमा एक प्रकारको बहस समेत चलाउने प्रयास भइरहेको छ’, उनले भनेका छन्, ‘तर प्रधानमन्त्रीले केही समय पहिले नेपालमा नै अंग्रेजी माध्यममा पढ्ने विद्यार्थीलाई सम्बोधन गर्ने क्रममा नै डाँफे र गैडालाई अंग्रेजीमासमेत नेपाली नामबाटै सम्वोधन गर्नु उचित हुने विषय उठाउनु भएको थियो ।’

उहाँको अमेरिका भ्रमणका सन्दर्भमा प्रयोग गरिएको सो शव्दलाई सोही परिप्रेक्षमा बुझ्नु पर्दछ । यद्यपि उहाँको त्यो विचारले अहिले नै मान्यता पाइहाल्छ भन्ने होइन । तर ज्ञान सिद्धान्त निर्माणमा पश्चिमाकरणको मान्यता मात्रै ठिक भन्ने बौद्धिक मत उचित होइन । विश्वज्ञान सिद्धान्तको विकासमा एशियाली दृष्टिकोण आवश्यक छ भन्ने सत्यलाई बुझ्नु पर्दछ र त्यसलाई स्थापित गर्न निरन्तर प्रयास गर्नु पर्दछ ।’

यसअघि प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसङ्घको ७९औं महासभामा भाग लिन अमेरिका गएका बेला कोलम्बिया विश्वविद्यालयले गरेको अन्तरक्रियामा ‘गैंडाज’ र ‘डाँफेज’ शब्द प्रयोग गरेका थिए ।

प्रकाशित मिति : १८ आश्विन २०८१, शुक्रबार  १२ : ४९ बजे

विद्युतीय मोटर जोड्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

धनुषा– हंसपुर नगरपालिका-६ सोनीगामा बस्ने ६० वर्षीय प्रदिप मण्डलको करेन्ट लागेर मृत्यु

जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

सुर्खेत– १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा वीरेन्द्रनगर नगरपालिका-१५ रतुगाउँ बस्ने

प्रभु साहले भने- सरकारले मलखाद नदिएर किसानलाई जिउँदै मारिरहेको छ

रौतहट– आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु

धरानबाट दुई हजार एक सय गाँजासहित ट्रक बरामद

धरान– धरान उपमहानगरपालिका–१३ स्थित शिवधाराकोशी लोकमार्गबाट सशस्त्र प्रहरीले दुई हजार

झिनो अंकले बढ्यो नेप्से, कारोबार कति ?

काठमाडौं– सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) झिनो अंकले बढेको छ