तिरुपतिको प्रसाद लड्डू विवादमा प्रदेश सरकारको एसआईटीलाई सर्वोच्चद्वारा खारेज | Khabarhub Khabarhub

तिरुपतिको प्रसाद लड्डू विवादमा प्रदेश सरकारको एसआईटीलाई सर्वोच्चद्वारा खारेज


१८ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतको सर्वोच्च अदालतले तिरुपति मन्दिरमा प्रसाद लड्डू बारेको विवादमा आन्ध्र प्रदेश सरकारले गठित एसआईटीलाई खारेज गरेको छ ।

सर्वोच्च अदालतले यो मुद्दाको अनुसन्धान सीबीआईका दुई जना, आन्ध्र प्रदेश प्रहरीका दुई जना र एफएसएसएआईका एक अधिकारीले संयुक्त रूपमा गर्ने आदेश दिएको हो ।

अदालतले भनेको छ- ‘राज्य सरकारले सीबीआई निर्देशक र आन्ध्र प्रदेश पुलिसका दुई सदस्यहरू चयन गर्नेछ ।  अनुसन्धान सीबीआई निर्देशकले अनुगमन गर्नेछन् ।’

मन्दिरको प्रसाद तिरुमाला लड्डू बनाउन शुद्ध घ्यूको सट्टा जनावरको बोसो भएको घ्यू प्रयोग गरिएको विषय बाहिर आएपछि यो विषय अदालत पुगेको थियो ।

यसअघि ३० सेप्टेम्बरमा सुनुवाइका क्रममा सर्वोच्च अदालतले ‘राजनीति र धर्मलाई मिसाउन नहुने’ भनेको थियो । सर्वोच्च अदालतले आन्ध्र प्रदेशका मुख्यमन्त्री चन्द्रबाबु नायडूलाई यो विषय मिडियामा पुर्‍याएको भन्दै सचेत गराएको थियो ।

प्रकाशित मिति : १८ आश्विन २०८१, शुक्रबार  २ : १७ बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका