मन्त्री भण्डारीद्वारा खानेतेलको मूल्य तथा आपूर्तिको अवस्थाबारे जानकारी « Khabarhub

मन्त्री भण्डारीद्वारा खानेतेलको मूल्य तथा आपूर्तिको अवस्थाबारे जानकारी


१८ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल वनस्पति घ्यू तेल उत्पादक सङ्घका पदाधिकारीसँग खाने तेलको मूल्य तथा आपूर्तिको अवस्थाबारे जानकारी लिएका छन् । उनले उपभोक्तालाई मर्का नपर्ने गरेर बजारमा खाने तेलको आपूर्तिको व्यवस्था गर्न आग्रह गरे।

सङ्घका अध्यक्ष विकास दुगडसहितको टोलीले मन्त्री भण्डारीलाई आज सिंहदरबारस्थित मन्त्रालयमा खाने तेलको मूल्य र आपूर्ति अवस्थाबारे जानकारी गराएको हो । अध्यक्ष दुगडले अन्तर्राष्ट्रिय बजारमा आएको मूल्य परिवर्तन र जलवायु परिवर्तनका कारण मूल्यवृद्धिको अवस्था आएको मन्त्री भण्डारी समक्ष जानकारी गराए ।

मन्त्री भण्डारीले विपद् र चाडपर्वका बेला मूल्य वृद्धि गर्न नहुने उल्लेख गर्दै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक राजन पौडेलसहित बैठक बसेर उपभोक्तालाई मर्का नपर्ने गरेर समाधान निकाल्न निर्देशन दिए ।

सो क्रममा सङ्घका अध्यक्ष दुगड, पूर्वअध्यक्ष सन्दीप अग्रवाललगायतले खानेतेल उत्पादक उद्योगीले वाणिज्य मन्त्रालयअन्तर्गतको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सिधै खरिद गरेर बिक्री गर्दा उपभोक्ताले बजार मूल्यभन्दा सस्तोमा खानेतेल खरिद गर्न पाउने बताए। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अध्यक्ष रमेश आचार्यले उद्योगबाट सिधै तेल खरिद गरेर उपभोक्ताले सस्तोमा पाउने भएकाले खरिद प्रक्रिया अगाडि बढाइएको जानकारी गराए ।

यसैबीच सोही क्रममा नेपाल चामल तेल उत्पादक सङ्घका विभोर अग्रवालले विगतको तुलनामा चामलको मूल्य कम रहेको र चाडपर्वका बेला चामल तथा दालको मूल्य वृद्धि नहुने जानकारी दिए । उनले तिहारपछि भारतले निर्यात शुल्क १० प्रतिशत वृद्धि गर्न लागेकाले वाणिज्य मन्त्रालयले पहल गरे त्यो हट्ने र मूल्य वृद्धि नहुने बताए ।

प्रकाशित मिति : १८ आश्विन २०८१, शुक्रबार  ४ : ३४ बजे

स्कटल्यान्डविरुद्ध ब्राजिलको दबदबा : ६० मिनेटमा तीन गोलको अग्रता

काठमाडौँ – फिफा विश्वकप अन्तर्गत समूह ‘सी’ को खेलमा ब्राजिलले

आज २०८३ साल असार ११ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल असार ११ गते बिहीबार सन् २०२६

रास्वपाले धेरै कुरा सिक्न बाँकी रहेछ, आगामी दिनमा सच्चिन्छौं : अशोक चौधरी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य अशोक चौधरी आज

प्रधानमन्त्री पत्नी काफ्लेले भनिन् : सुरक्षाकर्मीले बाेकेको ब्याग मेरो होइन

काठमाडौं – प्रधानमन्त्री बालेन शाहकी पत्नी सविना काफ्लेले आफ्नो ब्याग

रास्वपा महाधिवेशन : मतदान समय आधा घण्टा पछि सारियो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय