सिमलताल बस दुर्घटनाका मृतकका परिवारलाई मधेस सरकारले दियो जनही एक लाख | Khabarhub Khabarhub

सिमलताल बस दुर्घटनाका मृतकका परिवारलाई मधेस सरकारले दियो जनही एक लाख


१८ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

वीरगन्ज – सिमलताल बस दुर्घटनामा परी मृत्यु भएका मृतकका परिवारलाई मधेश प्रदेश सरकारले एक-एक लाखको चेक हस्तान्तरण गरेको छ ।

सिमलताल बस दुर्घटनाका मृतकका परिवारलाई जनही एक-एक लाखको चेक हस्तान्तरण गरिएको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ ।

करिब तीन महिना पछाडि सिमलताल बस दुर्घटनामा ज्यान गुमाएका परिवारलाई शुक्रबार चेक हस्तान्तरण गरिएको मुख्यमन्त्री सतिस सिंहले जानकारी दिएका छन् ।

उनका अनुसार प्रदेशका चार जिल्लाको ३९ जना मृतकका परिवारलाई जनही एक-एक लाख रुपैयाँको दरले चेक हस्तान्तरण गरिएको हो ।

मुख्यमन्त्री सिंहले सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीले सनाखत गरेर पठाएको विवरणक आधारमा चेक वितरण गरेको बताए । सिमताल दुर्घटनामा पर्साबाट १०, बाराबाट ६, रौटहटबाट १९ र सर्लाहीबाट ४ जनाले ज्यान गुमाएका थिए ।

प्रकाशित मिति : १८ आश्विन २०८१, शुक्रबार  ४ : ५० बजे

तत्काल उचित निकास दिन तरुण दलको आग्रह

काठमाडौं – नेपाल तरुण दलले जेन्जी आन्दोलनका क्रममा भएको हिंसा

नयाँ दल खोल्दै सुशीलालाई अन्तरिम प्रधानमन्त्रीमा समर्थन गरेका बालेन

काठमाडौँ- मंगलबार दिनभर आन्दोलन गरेर कयौँ सरकारी सम्पदा र नेताका

देशलाई संकटबाट बचाउन संसद विघटन र नयाँ राजनीतिक संरचना आवश्यक: लिङ्देन

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकलाई

सोबिताले भनिन्: संसद विघटन गर्न पाइँदैन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोभिता गौतमले संसद

अन्तरिम सरकारको नेतृत्वमा सुशीला कार्कीलाई पूर्ण समर्थन छ : बालेन

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पूर्व प्रधानन्यायाधीश सुशीला