प्रदर्शनरत फिल्मका मुख्य अंश सामाजिक सञ्जालमा नराख्न बोर्डको चेतावनी « Khabarhub

प्रदर्शनरत फिल्मका मुख्य अंश सामाजिक सञ्जालमा नराख्न बोर्डको चेतावनी


१८ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चलचित्र विकास बोर्डले नेपाली चलचित्र तथा चलचित्रका मुख्य अंशहरूको भिडियो सामाजिक सञ्जाल भरी व्याप्त भइरहेकोप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

बोर्डले शुक्रबार एक सूचना प्रकाशित गर्दै  चलचित्रको मुख्य अंशहरूको अनाधिकृत दुरुपयोगबाट चलचित्रका निर्माताहरूको लगानी तथा यसमा सम्बद्ध सम्पूर्णको मेहनत डुब्न जाने भन्दै प्रतिलिपि अधिकार ऐन अन्तर्गतको सजाय हुने व्यवस्था सम्झाएको छ ।

बोर्डले भनेको छ- ‘हाल नेपालमा प्रदर्शनरत नेपाली चलचित्रहरूको मुख्य -मुख्य अंशहरूको भिडियो सामाजिक सञ्जाल भरी व्याप्त भइरहेको सम्बन्धमा बोर्डको ध्यानाकर्षण भएको छ । यसरी चलचित्रको मुख्य अंशहरूको अनाधिकृत दुरुपयोगबाट चलचित्रका निर्माताहरूको लगानी तथा यसमा सम्बद्ध सम्पूर्णको मेहनत डुब्न जाने अवस्था रहन जान्छ।अर्काको सिर्जना तथा सम्पत्तिको गैर कानुनी रूपमा विभिन्न डिजिटल माध्यमहरूमा अपलोड गर्नु कानुनी रूपमा  दण्डनीय अपराध हो र यदि कसैले यसो गरेको पाइएमा प्रतिलिपि अधिकार ऐन,२०५९ र नियमावली,२०६१ अनुसार त्यस्तो काममा प्रयोग गरिएका उपकरण जफत हुनुका साथै तपाईँले दण्ड, जरिवाना र क्षतिपूर्ति समेत व्यहोर्नुपर्ने हुन्छ । त्यसैले  चलचित्रघर भित्र मोबाइल क्यामेरा लगायत कुनै पनि किसिमका भिडियो खिच्ने सामाग्रीहरूको प्रयोग नगर्नु, नगराउनुहुन सम्बन्धित सबैमा सूचित गरिन्छ । चलचित्र तथा चलचित्रजन्य सिर्जनाहरूको अनाधिकृत रूपमा कहिल्यै प्रयोग नगरौँ, दण्ड,जरिवाना र क्षतिपूर्तिबाट बचौँ।’

प्रकाशित मिति : १८ आश्विन २०८१, शुक्रबार  ५ : १३ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया