ताप्लेजुङमा खोलाले बगाउँदा दुई बालबालिका बेपत्ता « Khabarhub

ताप्लेजुङमा खोलाले बगाउँदा दुई बालबालिका बेपत्ता


१८ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ – ताप्लेजुङको मैवाखोला गाउँपालिका–२ खानीका दुई बालबालिका खोलाले बगाएर बेपत्ता भएका छन् ।

आज मैवाखोलाको खार्तेस्थित दहमा पौडी खेल्ने क्रममा स्थानीय संजहाङ बराइलीको छोरा अन्दाजी ११ वर्षीय सन्देश बराइली र सोही ठाउँकै रिन्जिन शेर्पाको छोरी अन्दाजी १२ वर्षीया आइतारानी शेर्पा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

पौडी खेल्नसँगै गएका आइतरानीका दाजु १४ वर्षीय कुसुले शेर्पाले घरमा गई खोलाले बगाएको भन्ने जानकारी गराएपछि आफन्तले प्रहरीलाई खबर गरेको र खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १८ आश्विन २०८१, शुक्रबार  ८ : ०६ बजे

सुहाङलाई पेलेर बादललाई दलको नेता बनाउने प्रयास

काठमाडौं– नेकपा एमाले संसदीय दलको नेतामा उपाध्यक्ष रामबहादुर थापाको बादल

राष्ट्रियसभा कार्यव्यवस्था बैठक- उपाध्यक्ष र समिति सभापतिको निर्वाचन अघि बढाइने

काठमाडौं– राष्ट्रिय सभाले सभाको उपाध्यक्ष र समिति सभापतिको निर्वाचन प्रक्रिया

पूर्णबहादुरको वक्तव्य अनधिकृत, फेरि दोहोर्‍याए कांग्रेसले कारबाही गर्ने

काठमाडौं- नेपाली कांग्रेस अनुशासन समितिको बैठकले चौधौँ महाधिवेशनका उपसभापति पूर्णबहादुर

चट्याङका कारण एक दशकमा हजार बढीको ज्यान गयो

काठमाडौं– गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रले सार्वजनिक गरेको पछिल्लो

सभामुख चयनका लागि चैत २२ गते निर्वाचन हुने

काठमाडौं– प्रतिनिधिसभाको सभामुख चयनका लागि चैत २२ गते निर्वाचन हुने