राजनीति

बाढीपीडितलाई दलमार्फत बाँडिएको चिनियाँ राहतबारे कांग्रेस नेता पोखरेलको प्रश्न

By खबरहब

October 04, 2024

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. गोविन्दराज पोखरेलले चिनियाँ कम्युनिस्ट पार्टीले बाढीपीडितलाई पठाएको राहत सहयोगबारे प्रश्न उठाएका छन् ।

शुक्रबार चिनियाँ कम्युनिष्ट पार्टीले हालैका बाढीपहिरो र डुबान पीडितलाई पठाएको राहत सामाग्री काठमाडौंको टेकुस्थित महेन्द्र सरस्वती सेवा आधारभूत विद्यालय हातामा सर्वदलीय भेलामा दलका नेताहरूलाई राहत सामाग्री वितरण गरिएपछि पोखरेलले यस्तो प्रश्न उठाएका हुन् ।

खास गरी नेकपा एमाले र एकीकृत समाजवादीसहितका नेताहरूले सीपीसीले पठाएको राहत बुझेपछि नेता पोखरेलले सरकारको एकद्वारा नीति सम्झाएका हुन् ।

उनले छिमेकी देशका कुनै पनि दलको राहत सामग्री लिने कुरामा पनि ख्याल गर्नुपर्ने बताएका छन् ।

‘विपद्को समयमा सहयोगलाई स्वागत छ । तर यस्तो सहयोग सरकारको एकद्वार नीतिमार्फत स्वीकार गरिनु पर्छ’, उनले भनेका छन्, ‘हामीलाई सहयोग गर्ने अन्य देशका राजनीतिक दलको बारेमा पनि समयमै सोच्न आवश्यक छ । हाम्रा २ राजनीतिक दलहरू प्रत्यक्ष रूपमा राहत बुझ्न जुटेको विषयबारे हामीले गम्भीरतापूर्वक ख्याल गरौँ ।’

Assistance at d times of disaster is welcome bt such assistance shuld b accepted through one-door policy of Govt, we need 2 think on time regarding political party of other countries providing assistance 2 our political parties directly ⁦@PM_nepal_https://t.co/ZJb8NMSUBZ

— Govind Raj Pokharel 🕉️✡️☪️✝️🇳🇵 (@grpokharel) October 4, 2024