अन्तिम दिन ह्यारिस र ट्रम्प झनै आक्रामक « Khabarhub

अन्तिम दिन ह्यारिस र ट्रम्प झनै आक्रामक


१९ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


555
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क– अमेरिकी राष्ट्रपति पदको निर्वाचनका एक दिन बाँकी रहँदा मिचिगनमा पुगेर ह्यारिसले भनिन्,‘जाऊ र गएर मतदान गरौँ र अन्यलाई मतपत्रमा खोज्न परोस्,’ ह्यारिसको यसै अभिव्यक्ति अहिले चर्चामा छ । साथै डेमोक्र्याटमा उत्साह थपिएको छ । 

मिचिगनमै ट्रम्पले डेमोक्र्याट पार्टीलाई ‘डेमोनिक’ पार्टीको संज्ञा दिँदै जो बाइडेनका कारण आधार मुत बस्तुको मूल्य बढेको आरोप लगाए । यस अघि पेनेसेल्भिनियामा भएको कार्यक्रममा ट्रम्पले चिटिङको अन्त्य गर्न सो राज्य निर्णायक हुने बताए । 

अहिले अमेरिकी राष्ट्रपति पदको निर्वाचनका लागि ७ करोड ५० लाख भन्दा बढी मतदान भइसकेको छ । यो सन् २०२० को निर्वाचनमा खसेको मतको आधा भन्दा बढी हो । अहिले डेमोक्र्याट आफ्नो विषयमा अफवाह फैलाएको भन्दै आक्रोशित छ । यो आक्रोश खासमा रुस प्रति लक्षित छ । 

अहिले लोहाको सर्वेक्षणले धेरैलाई आश्चर्यमा पारेको छ । सन् २०१२ यता डेमोक्र्याटले जित हात नपारेको सो राज्यमा ६ इलेक्ट्रोल मत मात्र छ । अमेरिकामा एक्युरेट मत सर्वेक्षण गर्ने संस्थाको रूपमा परिचित एन सेल्जरले सो सर्वेक्षण गरेको थियो । एन सेल्जरकै अनुसार ६५ वर्ष भन्दा बढी उमेरका तथा महिलाहरूको मत ह्यारिसको पक्षमा बढी छ । यसै कारण ह्यारिस अघि देखिएकी हुन् । 

निर्वाचनको समयमा धार्मिक आस्था देखाउनेको पनि कमी छैन । यो उनीहरूको विश्वास हो या स्टन्ड हो भन्ने अनिश्चित नै छ । ह्यारिसले चर्चबाट चुनावी अभियान सुरु गरेको विषय अहिले चर्चा छ । ट्रम्प बाइबल लिएर हिँड्ने गरेका छन् । कट्टरपन्थी क्रिस्चियनहरुको धेरै मत ट्रम्पको पक्षमा देखिएको छ । अहिले रोबर्ट एफ केनेडी चर्चामा छन् । उनी ट्रम्पको अभियानमा सरिक छन् ।

 ट्रम्पले उनलाई प्रशासनको महत्त्वपूर्ण जिम्मेवारी दिने बताइसकेका छन् । ह्यारिसले भने उनी प्रतिको आक्रमण जारी राखेकी छिन् । ह्यारिसले केनेडी भ्याक्सिन विरोधी हुनुका साथै गर्भपतनको विरोधी भएको कारण आक्रोशित भएकी हुन् । ह्यारिसले केनेडीले महत्त्वपूर्ण जिम्मेवारी पाउँदा अमेरिकीहरूको स्वास्थ्यमा ठुलो समस्या आउन सक्ने कुरा बताएकी छिन् । 

अहिले आप्रवासी मुद्दा उठिरहेको छ । दक्षिण एसियाली आप्रवासीमा ट्रम्पको जितले ‘इल्सल्ट’ हुनु पर्ने चिन्ता समेत थपिन थालेको छ । एक पाकिस्तानी महिलाले त ट्रम्पको पहिलो कार्यकालमा आफूले दोस्रो दर्जाको नागरिकको व्यवहार सहनु परेको समेत बताइन् ।

प्रकाशित मिति : १९ कार्तिक २०८१, सोमबार  १ : ३७ बजे

ज्ञानेन्द्र शाही भन्छन् : सरकारले भ्रष्टाचारका फाइल खोलोस्, हामी साथ दिन्छौँ

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले सुशासनका

रास्वपा सांसद लिमाले भनिन्- जनमतको सम्मान गर्दै काम गर्छु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद लिमा अधिकारीले जनताले

बेमौसमी वर्षाले रूपन्देहीका इँटा उद्योगमा करोडौँको क्षति

सिद्धार्थनगर–  बेमौसमी वर्षासँगै आएको हावाहुरीका कारण रूपन्देहीका इँटा उद्योगमा करोडौँको

शपथपछि हर्कले भने- प्रतिपक्षीमा बसेर सरकारलाई सहयोग गर्छौँ

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले आफ्नो पार्टी प्रतिपक्षीमा

चोरी गरी सुनका गहनाको स्वरूप परिवर्तन गर्ने पाँच जना पक्राउ

काठमाडौं– प्रहरीले चोरी तथा सुनका गरगहनाको स्वरूप परिवर्तन गर्ने अपराधमा