छठका लागि पोखरी, ताल र नदी किनार सजाइँदै « Khabarhub

छठका लागि पोखरी, ताल र नदी किनार सजाइँदै


१९ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

राजविराज– यहाँको राजविराजसहित जिल्लाका विभिन्न ताल तलाउ, खोला, नदी किनार र नहर छठ पर्वका लागि आजदेखि सजाउन थालिएको छ । 

विजयादशमी र दीपावली सकिएलगत्तै छठपर्व सुरु भएपछि जलाशय, पोखरी किनारमा पूजाघाट बनाउन बिहानदेखि स्थानीय सरसफाइमा जुटेका छन् ।

सदरमुकाम राजविराजमा रहेको कल्टु पोखरी, तुरुन्ती र भगवती पोखरीसहितका पोखरीमा वर्षौँदेखि थुप्रिएका फोहोर सफाइ गरी छठ मनाउन घाट निर्माण गरिरहेको राजविराज नगरपालिका–३ निवासी लालु रजकले बताए। यहाँ सफाइ गरिएका पोखरीमा कागज, केराको थाम र अशोकको पत्ता तथा विद्युतीय बत्तीबाट सजाउने काम भइरहेको उनले जानकारी दिए।

ग्रामीण क्षेत्रका जलाशयहरुमासमेत पूजाघाट बनाइ सजाउने काम भइरहेको छ । हनुमानगर बजारमा युवाहरू आज बिहानदेखि पोखरी सफाइमा लागेको स्थानीय राजेन्द्र मिश्रले बताए। भारदहस्थित कोशी  ब्यारेजमा सफाइ तथा घाट सजाउने काम भइरहेको छ । 

यहाँ भारतको सुपौल जिल्लाको वीरपुर, भीमनगरलगायत विभिन्न सहरका सर्वसाधारण छठपर्व मनाउन प्रत्येक वर्ष आउने गरेका छन् । छठ सुरु भएपछि बजार तथा ग्रामीण क्षेत्रमा रेडियो र साउन्ड सिस्टमबाट छठी मैयाको महिमाका  भोजपुरी र मैथिली गीत गुन्जिन थालेका छन् । 

छठमा प्रयोग गरिने वस्तुको मूल्य आकासिएपछि उपभोक्ता मारमा परेका छन् । छठपर्वमा प्रसादका रूपमा प्रयोग हुने केरा, नरिवल, उखु, मुला, कागती, स्याउ, सुन्तला, सख्खरका साथै बाँसको बत्तीबाट बनेको नाङ्लो, कोनियाँ र माटाको भाँडाकुँडाको सामानको मूल्य दोब्बर भन्दा बढीले आकाशिएको छ ।  

मूल्यवृद्धिमा कुनै निकायले चासो नदेखाएको स्थानीयको गुनासो छ । निर्धनता र निःसन्तानबाट मुक्ति पाउन एवं मानव जातिको उत्थान गर्न र आरोग्यताका लागि यो पर्व मनाइने गरिन्छ । सूर्यको आराधनाबाट चर्मरोग निको हुने, सन्तान र धनलाभ हुने जनविश्वास छ । 

आरोग्य र दीर्घायुसँग जोडिएको छठपर्व मनाउनुको पछाडि धार्मिक मान्यतासँगै वैज्ञानिक र ज्योतिषसम्बन्धी तथ्य रहेको पाइन्छ ।

प्रकाशित मिति : १९ कार्तिक २०८१, सोमबार  १ : ५८ बजे

बललिउड अभिनेत्री पूजा चोपडाद्वारा पशुपतिनाथको दर्शन

काठमाडौं– बलिउड अभिनेत्री पूजा चोपडाले आराध्यदेव भगवान् पशुपतिनाथ मन्दिरमा विशेष

साइकल यात्राका माध्यमबाट गोरक्षतालको प्रवर्द्धन गरिँदै

बागमती– हिमालयन राइडर्स सोसाइटी हेटौँडाले हेटौँडा उपमहानगरपालिका-१८ स्थित गोरक्षतालको प्रवर्द्धन

मानव अधिकार आयोगमा लघुवित्त पीडित : संस्थाले दिएको खानाको भर, माग पूरा नहुन्जेल धर्ना बस्ने 

काठमाडौं– सर्लाही, धनुषासहित मधेशका जिल्लाबाट २३ दिन पैदलयात्रा गरेर काठमाडौं

कृषि उत्पादन ‘पकेट’ क्षेत्र विकास गर्न पाँच करोड ५० लाख अनुदान

कैलाली– कैलालीका १३ वटै स्थानीय तहमा ‘एक स्थानीय तह दुई

देउवालाई प्रदीपको सुझाव- अभिभावक बनेर तटस्थ रहिदिनुस्

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेल संस्थापन इतर पक्ष शेरबहादुर देउवाको