उत्तारखण्डमा भयानक बस दुर्घटना, मृतकको संख्या ३६ पुग्यो, मोदीले जनाए दु:ख « Khabarhub

उत्तारखण्डमा भयानक बस दुर्घटना, मृतकको संख्या ३६ पुग्यो, मोदीले जनाए दु:ख


१९ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

उत्तराखण्ड- भारतको उत्तराखण्ड राज्यस्थित अल्मोडामा सोमबार बिहान यात्रुबस दुर्घटनामा ज्यान गुमाउनेको संख्या ३६ पुगेको छ । दुर्घटनालगत्तै २२ जनाले ज्यान गुमाएको अवस्थामा अब मृतकको संख्या बढेर ३६ पुगेको हो ।

उत्तराखण्डको अल्मोडास्थित मार्चुलामा ५५ जना यात्रुले भरिएको ४० सिटे बस अनियन्त्रित भएर खोँचमा खस्दा भयानक दुर्घटना भएको हो ।

स्थानीयबासीको सहयोगमा घाइते र सबै मृतकलाई निकालिएको छ। अल्मोडा जिल्ला आपदा प्रबन्धन अधिकारी विनीत पालले बीबीसीलाई बताएअनुसार दुर्घटनामा मृत्यु हुनेको संख्या ३६ पुगेको हो ।

बस दुर्घटनामा अन्य १९ जना यात्रु गम्भीर घाइते भएका छन् । यो बस रामनगर गइरहेको थियो, जो सल्टनजिकै कोपी नामक स्थानबाट खोँचमा खसेको हो ।

अल्मोडाका आपदा प्रबन्धन अधिकारी विनीत पालले बताएअनुसार मृतकको संख्या अझै बढ्न सक्छ । मार्चुलानजिकै भएको यो दुर्घटनाका घाइतेमध्ये चारजनालाई एयरलिफ्ट गरिएको छ । तीन घाइतेलाई एम्स ऋषिकेशमा लगिएको छ । अहिले पनि त्यहाँ एसडीआरएफको टोली उद्धारमा जुटेको छ।

अल्मोडाको सल्ट इलाका एसडीएम अधिकारी सञ्जय कुमारले बताएअनुसार दुर्घटनामा ज्यान गुमाएकाहरूको शव अहिले निकालिँदैछ ।

उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले अल्मोडामा बस दुर्घटनाबारे सचिव आपदा प्रबन्धन, आयुक्त कुमाऊँ मण्डल र डीएम अल्मोडासँग फोनमा कुरा गरेर जानकारी लिएका छन् । धामीले उद्धार र उपचारलाई तीव्रता दिन निर्देशन दिएका छन् ।

दुर्घटनापछि एसडीआरएफसँगै एनडीआरएफको टोली पनि घटनास्थल पुगेको छ । दुवै टोलीले घटनास्थलमा उद्धार र ज्यान जोगाउने कोसिस थालिसकेको छ।

समाचार एजेन्सी एएनआईका अनुसार मुख्यमन्त्री धामीले पौडी र अल्मोडाका एआरटीओ अधिकारीलाई निलम्बन गर्न निर्देशन दिएका छन् । उनले मृतकका परिवारलाई जनही चार लाख रुपैयाँ र घाइतेलाई उपचारका लागि एक लाख रुपैयाँ दिने घोषणा गरेका छन् ।

उता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि अल्मोडा दुर्घटनाप्रति समवेदना जनाएका छन् । ‘उत्तराखण्डको अल्मोडामा भएको दुर्घटनमा ज्यान गुमाउनेहरूप्रति मेरो शोक र समवेदना छ । घाइतेको शीघ्र कुशलताको कामना गर्छु । राज्य सरकारको देखरेखमा स्थानीय प्रशासन राहत र उद्धारको हरसम्भव प्रयासमा जुटेको छ।’

प्रकाशित मिति : १९ कार्तिक २०८१, सोमबार  २ : २४ बजे

पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन प्रणाली सुधार गर्न निर्देशन

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले पत्रपत्रिका वर्गीकरण र

‘मास्टर्नी’को प्रिमियरमा प्रियंकाको ‘सुक्क सुक्क’

काठमाडौं – नायिका प्रियंका कार्कीका लागि फिल्मको प्रिमियर एक सामान्य

एमालेलाई सघाएपछि राप्रपा बागमती दलका नेता थापा प्रदेश सभा र पार्टीबाट निलम्बित

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीले बागमती प्रदेशस्थित संसदीय दलका नेता उद्धव

रविको जवाफ : प्रतिनिधि सभाको दुईतिहाइबाट मात्रै संविधान संशोधन सम्भव छैन

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले आफ्ना सल्लाहकार अशिम शाहलाई खटाएर नेपालको

देउवालाई गगनको कटाक्ष : पाँच पटक प्रधानमन्त्री भएको व्यक्ति छैटौँ पटक हुन पाइनँ भनेर असन्तुष्ट हुन्छ

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पूर्वसभापति शेरबहादुर देउवाप्रति कटाक्ष