अमेरिकाले ताइवानलाई हतियार बिक्री गर्ने भएपछि चीनले गर्‍यो सैन्य अभ्यास « Khabarhub

अमेरिकाले ताइवानलाई हतियार बिक्री गर्ने भएपछि चीनले गर्‍यो सैन्य अभ्यास


१९ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अमेरिकाले ताइवानलाई हतियार बिक्री गर्ने प्रस्ताव स्वीकृत गरेसँगै चीनले ताइवान नजिकै सैन्य अभ्यास गरेको छ । चीनले ताइवान नजिकै सञ्चालन गरेको ‘संयुक्त सैन्य तयारी गस्ती’ मा लडाकु विमान र चालकरहित हवाई उपकरण (ड्रोन) परिचालन गरेको हो ।

केही समयअघि अमेरिकाले ताइवानलाई हवाई प्रतिरक्षा प्रणालीलगायत २ अर्ब डलर बराबरको सैन्य उपकरण बिक्री गर्ने प्रस्ताव स्वीकृत गरेको थियो । यसलाई अमेरिकी कंग्रेसले पारित गर्न बाँकी छ ।

ताइवानको रक्षा मन्त्रालयले आफ्नो सीमा आसपास १९ वटा लडाकु विमान र ड्रोन देखा परेको जनाएको छ । पछिल्लो समय चीन र ताइवानबीच तनाव बढ्दै जाँदा चीनले ताइवानमाथि सैन्य दबाब बढाइरहेको बताइएको छ ।

चिनियाँ सैन्य अभ्यासको निगरानी गरी उपयुक्त जवाफ दिएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०८१, सोमबार  २ : २३ बजे

दूध, दही र घिउसमेत त्याग्ने जीवनशैली ! के हो भेगन ?

हाम्रो समाजमा शाकाहारी र मांसाहारीबारे धेरैलाई थाहा छ। कसैले मासु

तीन दिनको माैसम पूर्वानुमान : कस्तो होला दसैँको माैसम ?

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी तीन

निकुञ्ज चाडपर्व लक्षित सुरक्षा योजना : तालिम प्राप्त कुकुरद्वारा निगरानी

चितवन – चितवन राष्ट्रिय निकुञ्जले चाडपर्व लक्षित गर्दै सुरक्षा रणनीति

विश्वकप लिग-२ : जित्नैपर्ने खेलमा ओमानसँग भिड्दै नेपाल

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत एकदिवसीय (ओडीआई) शृङ्खलाको अन्तिम

विभिन्न भागमा मुख्य राजमार्ग तथा सडक खण्ड अवरुद्ध

काठमाडौँ – लगातारको बाढी र पहिरोका कारण देशका विभिन्न भागमा मुख्य