रविबारे तोसिमाको प्रश्न : पर्याप्त‌ बयान नलिने, म्याद‌ थपिरहने ? « Khabarhub

रविबारे तोसिमाको प्रश्न : पर्याप्त‌ बयान नलिने, म्याद‌ थपिरहने ?


१९ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


453
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने गत कात्तिक ३ गतेदेखि कास्की प्रहरी हिरासतमा छन् ।

सहकारीको बचत हिनामिना प्रकरणमा पक्राउ परेका रविलाई दोस्रो पटक थपिएको म्याद सकिएको छ । अब तेस्रो म्यादका लागि मंगलबार अदालतमा लगिँदैछ ।

यसअघि नै रविको बयान सकिएकाले मंगलबार कास्की जिल्ला अदालतमा थुनछेकको बहस अघि बढ्न सक्ने छ।

यस्तोमा रास्वपा सांसद डाक्टर तोसिमा कार्कीले रविसँग पर्याप्त‌ बयान पनि नलिई नै म्याद‌ थपिरहेको गुनासो गरेकी छन् ।

उनले आइतबार सामाजिक सञ्जाल फेसबुकमा जनताको प्रतिशोधको आँकलन गर्लान् कि भन्ने डरले रिहा भइसकेको समाचार तथा सूचना प्रवाह गरेको दाबीसमेत गरिन ।

कार्कीले निष्पक्ष रुपमा अनुसन्धान र न्यायको प्रक्रिया अगाडि बढाउन पनि सरकारलाई आग्रह गरेकी छन् ।

तोसिमाले के भनिन् ?

‘यता थुनामा राखिरहने,‌ अनुसन्धान पनि नगर्ने,‌ पर्याप्त‌ बयान पनि नलिने अनि म्याद‌ चाहिँ थपिरहने । उता जनताले प्रतिशोधको आँकलन गर्लान् कि भन्ने डरले रिहा भइसक्नुभयो भन्ने भ्रमपूर्ण समाचार तथा सूचना प्रवाह गरेर आमजनसहभागिता तुहाउन खोज्ने । वा ! गज्जबको राजनीतिको प्रत्यक्षदर्शी हुँदै छौँ हामी । थुनामै रहेको व्यक्तिलाई छुटिसक्यो भनेर भ्रम नछरियोस् । निष्पक्ष तरिकाले अनुसन्धान र न्यायको प्रक्रिया अगाडि बढाइयोस्। दोषी नछुटोस् निर्दोष नफसोस् ।’

प्रकाशित मिति : १९ कार्तिक २०८१, सोमबार  ३ : ०३ बजे

योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’

म्याग्दी– पृष्ठभूमिमा लहरै हिमाल । वरपर घना जङ्गल । शान्त

सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न

काठमाडौं – सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका-३ दोभानस्थित निर्माणाधीन सुरुङ

गाँजासहित एक भारतीय पक्राउ

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब चार किलो २८४ ग्राम गाँजासहित

ला लिगा : विपक्षीको पोस्टमा एल्चेको चार गोल

काठमाडौं – ला लिगा अन्तर्गत गएराति भएको खेलमा रायो भालेकानोमाथि

विभागले गर्‍याे दुई रेष्टुरेन्टलाई ५० हजार रुपैयाँको दरले जरिवाना

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई वटा उद्योग