चोटका कारण भीम र करणले स्कटल्यान्डविरुद्ध नखेल्ने, देव र सागरलाई मौका « Khabarhub

चोटका कारण भीम र करणले स्कटल्यान्डविरुद्ध नखेल्ने, देव र सागरलाई मौका


१९ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


513
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालले आईसीसी विश्वकप क्रिकेट लिग-२ को त्रिकोणात्मक शृंखलामा सोमबार साविक विजेता स्कटल्यान्डको केहीबेरमा सामना गर्दैछ।

डालसस्थित ग्राण्ड पियरे क्रिकेट मैदानमा खेल नेपाली समयअनुसार राति १० : १५ बजे सुरु हुने खेलका लागि नेपाल क्रिकेट संघले टोली सार्वजनिक गरेको छ।

अमेरिका भ्रमणमा नेपालको यो अन्तिम खेलमा चोटका कारण करण केसी र भीम सार्की नदेखिने भएका छन् ।

तीव्र गतिका बलर केसी र ब्याटर सार्कीले त्रिकोणात्मक शृंखलाअन्तर्गत स्कटल्यान्डविरुद्धको खेल गुमाएपछि उनीहरूको स्थानमा देव खनाल र सागर ढकाललाई मौका दिइएको छ ।

देव ट्राभलिङ रिर्जभका रूपमा टोलीसँग थिए । यसअघि यसै शृंखलामा नेपालले स्कटल्यान्डलाई ५ विकेटले हराएको थियो ।

नेपालले त्यसपछि घरेलु टोली अमेरिकासँग तीन विकेट र ३७ रनले हारको स्वाद चाख्यो । ११ खेलबाट पाँच अंक जोडेको नेपाल सातौं स्थानमा छ । एक खेल कम खेलेको स्कटल्यान्ड १३ अंकसहित तेस्रो स्थानमा छ ।

नेपाल जारी शृंखलामा दोस्रो जितको खोजीमा छ । उता स्कटल्यान्ड तेस्रो जितको खोजीमा छ । स्कटल्यान्ड अमेरिकाविरुद्ध १० विकेट र ७१ रनले विजयी भइसकेको छ।

यसअघि नेपाल र स्कटल्यान्डबीच एकदिवसीय अन्तर्राष्ट्रियतर्फ सातवटा भिडन्त भएका छन् । जसमध्ये नेपालले चार र स्कटल्यान्डले तीनवटामा जित निकालेका थिए ।

प्रकाशित मिति : १९ कार्तिक २०८१, सोमबार  ५ : १२ बजे

चिसियो बक्स अफिस

काठमाडौं- पछिल्लो समय प्रदर्शनमा आएका नेपाली फिल्महरुको व्यापार निराशजनक देखिएको

उत्पीडित समुदायको अधिकारका लागि अझै संघर्ष गर्नुपर्ने छ : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

रास्वपाले टुंग्यायो ३३ क्षेत्रका उम्मेदवार

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

यसरी छानिँदै छ निर्वाचन प्रहरी (तस्बिरहरू)

काठमाडौं– सशस्त्र प्रहरी बल नेपालअन्तर्गत काठमाडौंस्थित कार्यालयहरूमा दरखास्त फाराम दर्ता

सुनको मूल्य हालसम्मकै उच्च, तोलामा कतिले बढ्यो ?

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ ।