खानामा कपाल भेटिए के गर्ने ? « Khabarhub

खानामा कपाल भेटिए के गर्ने ?


१९ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


396
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– खानामा कपाल पर्नु, झर्नु वा भेटिनु साधारण कुरा हो । शरीरकै अंग भएकाले खानामा कपाल पर्नु कुनै नौलो कुरा होइन । खाना तयार पार्दा, पकाउँदा, पस्किदा वा खाना लाग्दा कहिँकतैबाट पनि खानामा कपाल पर्न सक्छ । तर खानामा कपाल पर्दा वा भेटिँदा धेरैलाई घिन लाग्छ ।

यसरी खानामा कपाल पर्दा कसैले यसलाई झिकेर फ्याँक्छन् र खाना खान्छन् भने कतिले घिनका कारण खाना नै फ्याँकिदिन्छन् । तर खानामा कपाल परेकै कारण खाना फ्याँक्नु वा कपाल फ्यालेर खाना खानु कुन उचित होला ?

कपाललाई खानु राम्रो हुँदैन । तर कहिलेकाहीँ भुलवश खानासँगै कपाल निलिन्छ । यसरी निलिएको कपाल घाँटीमा नै अड्किएमा यसले समस्या पार्न सक्छ । यस्तोमा चिकित्सकको परामर्श लिनु पर्दछ ।

कुनै खतरनाक रोगका संक्रमित वा गम्भीर रोगको जोखिम भएका मानिसको कपाल परेको खण्डमा बाहेक र आफूलाई संक्रमणको खतरा छैन भने खानामा परेको कपाल फ्याँकेर खाना खाँदा हुन्छ । खानामा कपाल झरेकै कारण सबै खाना फ्याँक्नु उचित हुँदैन ।

एक अन्तर्राष्ट्रिय मिडियामा उल्लेख भए अनुसार कपाल खानाको माथि बसेको छ कि खानामा ? यदि यो सिधै यसको माथि छ भने, त्यहाँ एक राम्रो मौका छ यो भर्खरै परेकाे छ र धेरै टाढाबाट आएको छैन । यदि यो छोपिएको छ वा बर्गर भित्र पकाइएको छ भने, यो सम्भवतः भान्साबाट आएको हो भने सुरक्षित छ।

केही सामाजिक मान्यता अनुसार कपाल निलिएमा आन्द्रामा बेरिने, खाना बनाउँदा कपाल परेमा परिवारका सदस्य रोगी हुने गर्दछन् । तर यो प्रमाणित भएको विषय भने होइन । यस्तै केही धार्मिक विश्वास अनुसार खानामा कपाल भेटिनु अशुभको संकेत मानिन्छ ।

 

प्रकाशित मिति : १९ मंसिर २०८१, बुधबार  ७ : ४४ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै