आज २०८१ साल मंसिर १९ गते बुधबारको राशिफल « Khabarhub

आज २०८१ साल मंसिर १९ गते बुधबारको राशिफल


१९ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल मंसिर १९ गते बुधबार तदनुसार सन् २०२४ डिसेम्बर ४ तारिख। मार्गशीर्ष शुक्ल पक्षको तृतीया तिथि। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : सञ्चित धन खर्च हुनेछ। साथीले सुनाएको नराम्रो खबरले मन दुःखी हुनेछ। स्वास्थ्यमा सुधार हुने योग छ। स्वदेशमा गरेको लगानी भन्दा विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ। विदेश जान भिसाको पर्खाइमा भए सफलता मिल्नेछ।

वृष : थोरै बोलेर अगाडि बढ्दा फाइदा हुनेछ। धार्मिक व्यक्तिसँगको भेटले मन शान्त हुनेछ। आध्यात्मिक क्षेत्रमा ध्यान दिनुपर्ने समय आएको छ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। प्रेम सम्बन्ध सफल बन्ने योग छ।

मिथुन : साना कुराले सताउने खतरा छ। लामो समय संगत गरेका साथीबाटै असहयोग हुनेछ। बोल्दा सचेत बन्नुपर्ने समय छ। खानपानमा विशेष ख्याल गर्नु राम्रो हुनेछ। गोपनीयता परिवारमा सार्वजनिक नगर्नु राम्रो हुनेछ।

कर्कट : दिन राम्रो छ। आराम गरेर बस्ने अवसर प्राप्त हुनेछ। सानो लगानीबाट राम्रो आम्दानी हुनेछ। राज्यको तर्फबाट राहत मिल्नेछ। सामाजिक क्षेत्रमा सेवाको अवसर मिल्ने योग छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्ने योग छ।

सिंह : सानो कुराले खटपटी बढ्नेछ। बोली र व्यवहारमा एकरुपता ल्याउनुपर्नै आवश्यकता देखिन्छ। राज्यका तर्फबाट अवसर मिल्नेछ। परिवारसँगको सम्बन्धमा सुधार हुँदा प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कन्या : दिन सहज छ। स्वास्थ्यमा सुधार हुनेछ। सोचेका काम बन्नेछन्। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। विपक्षी शान्त रहेकाले तपाईंको योजना अनुसार अगाडि बढ्न सहज हुनेछ। सामान्य खानपानमा चित्त बुझाउनुपर्ने बाध्यता हुनसक्छ।

तुला : कला र गलाको प्रदर्शन गर्ने दिन छ। बौद्धिक व्यक्तिले आक्रमण गर्ने भएकाले सचेत बन्नु राम्रो हुनेछ। वैदेशिक रमझमले तपाईंको मन आकर्षित गर्नेछ। लगानी गरेको भए फाइदा हुनेछ। संकटमा परिवारको उचित सल्लाह प्राप्त हुनेछ।

वृश्चिक : दिन सामान्य छ। दाजुभाइको सहकार्यमा गरेको काम सहजै बन्नेछ। समस्या मनमा नराखी साथीसँग साट्नु राम्रो हुनेछ। शनिदेवको प्रभावलाई रोक्न बिहानै पिपलको दर्शन गरेमा दिन सहज बन्नेछ।

धनु : दिन राम्रो छ। धनलक्ष्मी योग परेकाले सम्पत्तिको रक्षा गर्नु राम्रो हुन्छ। राज्यको माथिल्लो निकायबाट तपाईंको खोजी हुनेछ। गोपनीयता सार्वजनिक हुँदा तपाईंलाई नै फाइदा हुनेछ। दाम्पत्य जीवनमा समस्या हुने जोखिम छ।

मकर : अन्त्य साढेसाती दशा चले पनि शुभग्रहको बहुमत छ। तपाईंले गरेको प्रयास सफल हुनेछ। बिहान उठेर पन्छीलाई ताना दिँदा फाइदा हुनेछ। शिक्षामा भन्दा व्यापारमा फाइदा हुनेछ। राजनीतिमा विपक्षी साथीसँग सचेत बन्नुपर्नेछ।

कुम्भ : सञ्चित धनको खर्च हुनेछ। सहयोग गर्ने भन्दा दुःखमा रमिता हेर्ने साथी धेरै हुनेछन्। स्वास्थ्यमा सुधार हुनेछ। उत्तरको लामो यात्रा नगर्नु राम्रो हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्ने योग छ।

मीन : दिन सहज छ। दैनिक काम बन्नेछन्। शिक्षामा गरेको प्रयासमा अवरोध हुनसक्छ। सरस्वतीको बन्धना गर्दा फाइदा हुनेछ। दाम्पत्य जीवन सुखमय बन्ने योग छ। परिवार भन्दा बाहिरबाट तपाईंको प्रशंसा हुनेछ।

प्रकाशित मिति : १९ मंसिर २०८१, बुधबार  ५ : ०५ बजे

सर्लाहीको हरिवनमा खानेपानीको पहुँच

सर्लाही– सर्लाहीको हरिवन नगरपालिकास्थित भोक्टेनीमा घरघरमा  खानेपानीको धारा जडान भएपछि

हिमाली भेगको पीडा- पाँच हजार फिटको हिउँ नाघेर कसरी मत खसाल्ने ?

काठमाडौं – निर्वाचन आउन एक महिना बाँकी छ । निर्वाचन

मतदाताको गोपनीयता भङ्ग नगर्न आग्रह

झापा– जिल्ला प्रशासन कार्यालय झापाले फेसबुक, युट्यूब लगायतका सामाजिक सञ्जालबाट

विदेशमा अलपत्र म्याग्दीका भुवन विकको तीन महिनापछि उद्धार

म्याग्दी– रोजगारीको क्रममा विदेशमा पुगेर अलपत्र बनेका यहाँको रघुगङ्गा गाउँपालिका–

अस्ट्रेलियामाथि पाकिस्तानको क्लिन स्वीपः अन्तिम खेलमा १११ रनको विशाल जित

काठमाडौं – पाकिस्तानले टी–२० शृङ्खलामा अस्ट्रेलियाविरुद्ध क्लिन स्वीप गरेको छ