काठमाडौंमा चिसो बढ्यो, आज यो वर्षकै कम तापक्रम « Khabarhub

काठमाडौंमा चिसो बढ्यो, आज यो वर्षकै कम तापक्रम


१९ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– न्यूनतम तापक्रम घटेसँगै काठमाडौं उपत्यका लगायत देशभर चिसो बढेको छ ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले बिहान पौने ९ बजे जारी गरेको बुलेटिन अनुसार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ५.६ डिग्री सेल्सियसमा झरेको छ । यो यस वर्षकै कम तापक्रम हो । काठमाडौंमा मंगलबार न्यूनतम तापक्रम ६.६ डिग्री सेल्सियस रहेको थियो ।

काठमाडौंमा आज बिहान हावाको गति तीन किलोमिटर प्रतिघण्टा रहेको थियो भने आर्द्रता ७५ प्रतिशत रहेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिबिलिटी ५ किलोमिटर रहेको छ भने एक हजार पाँच सय फिटको उचाइमा केही बादल रहेको छ ।

महाशाखाका अनुसार आज जुम्लाको न्यूनतम तापक्रम सबैभन्दा कम रहेको छ । जुम्लामा आज माइनस ५.५ डिग्री सेल्सियस रहेको छ ।  यसपछिको कम तापक्रम काठमाडौंको हो ।

प्रकाशित मिति : १९ मंसिर २०८१, बुधबार  ९ : ५० बजे

साडीमा नचिनेपछि विपिन कार्कीप्रति इभा गिरीको आपत्ति, भनिन्- ‘उहाँहरूको सोचमै समस्या भयो’

काठमाडौं– टिकटकर तथा नवअभिनेत्री इभा गिरीले अभिनेता विपिन कार्कीले आफूलाई

इथियोपियामा लामो दूरीको आक्रमणको सम्भावनाबारे अमेरिकी दूतावासको चेतावनी

एजेन्सी– इथियोपियाली सैन्य प्रतिष्ठानलाई लक्षित गरी सम्भावित लामो दूरीको आक्रमण हुनसक्ने

पाँच दशकअघि बीपीले भनेका थिए : ‘चार-पाँच वर्षको अवधिमा चुनाव भइरहनुपर्छ’

जनताको महान् आन्दोलनलाई समानताको प्रेरणा दिने समाजवादको एउटा मुख्य लक्ष्य

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ – साताको कारोबारको चौथो दिन बुधबार नेप्से परिसूचक सामान्य

ऊर्जा प्रणाली विविधीकरण र लगानीमैत्री नियमनमा ऊर्जामन्त्रीको जोड

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले ऊर्जामा आधारित