दक्षिण कोरियाका राष्ट्रपतिविरुद्ध महाअभियोग दर्ता | Khabarhub Khabarhub

दक्षिण कोरियाका राष्ट्रपतिविरुद्ध महाअभियोग दर्ता


१९ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


888
Shares
  • change font
  • change font
  • change font

सियोल– दक्षिण कोरियाली राष्ट्रपति योन सुक युयोलको विरुद्धमा महाअभियोगको प्रक्रिया सुरु भएको छ । देशमा सैन्य शासन लगाउन गरेको प्रयासका कारण उनी माथि महा अभियोग दर्ता हुन लागेको हो ।

राष्ट्रपतिले उत्तर कोरियाबाट खतरा भएको भन्दै सैनिक शासनको घोषणा गरेका थिए । तर, उनको त्यो प्रयास २ घण्टा पनि टिकेको थिएन ।

२ घण्टा पनि कम समयको अन्तरमा संसद्ले त्यसलाई गलत ठहर गर्दै उल्ट्याउन निर्देशन दिएको थियो । सन् १९८० मा आधुनिक प्रजातन्त्रको अभ्यास गरे यता दक्षिण कोरियाली राष्ट्रपतिमाथि महा अभियोग लगाइएको यो नै पहिलो पटक भने होइन ।

राजनीतिमा कमै चिनिएका उनी सन् २०२२ मा राष्ट्रपति पदमा निर्वाचित भएका थिए । पूर्व अभियोजक उनी संसद्बाटै महाअभियोग लगाइएका पूर्व दक्षिण कोरियाली राष्ट्रपति पार्क ज्युन हाईको विरुद्धको योलले सन् २०१६ मा अभियान नै छाडेका थिए।

पार्कले भ्रष्टाचार गरेको अभियोगको नेतृत्वमा उनले नेतृत्व गरेका थिए । ६३ वर्षीय उनले राष्ट्रपति पदको चुनावी अभियानमा उत्तर कोरियाको विरुद्धमा आफू कठोर भएको प्रसङ्ग उठाएका थिए । साथै उनले लैङ्गिक समानताको विषय पनि उठाएका थिए ।

दक्षिण कोरियाका ३०० विधायक मध्य २०० जनाले राष्ट्रपति माथि महाअभियोग लगाउन सक्ने छन् । अहिले दक्षिण कोरियाली प्रधानमन्त्री हाङ डोक सोल र अन्य अधिकारीहरू बैठकमा व्यस्त छन् ।

प्रकाशित मिति : १९ मंसिर २०८१, बुधबार  १२ : २५ बजे

प्रधानमन्त्री कार्कीसँग जर्मनीका राजदूतको भेट

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि जर्मनीका राजदूत उडो भोल्जले

रञ्जिताले दिइन् नाउपा नेपालका प्रस्तावित अध्यक्ष कबीरलाई बधाई 

काठमाडौं– नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठले नागरिक उन्मुक्ति पार्टी

पर्यटकको रोजाइमा गुठिचौरको आकासे ताल

जुम्ला– समुद्री सतहदेखि चार हजार ७०० मिटर उचाइमा रहेको  जुम्लाको

जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ

महोत्तरी– बर्दिबास नगरपालिका-७ बस्ने कृष्ण बहादुर तामाङको घरमा जुवातास खेलिरहेको अवस्थामा सिराहा

अवैध लागूऔषध ब्राउनसुगरसहित तीन जना पक्राउ

चितवन– खैरहनी नगरपालिका-१ आचार्य टोल बस्ने ३१ वर्षीय रोहन गान्धारीसमेत तीन जनालाई