नेपाल र चीनबीच बीआरआई सहकार्य ‘फ्रेमवर्क’मा हस्ताक्षर « Khabarhub

नेपाल र चीनबीच बीआरआई सहकार्य ‘फ्रेमवर्क’मा हस्ताक्षर


१९ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


498
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- लामो रस्साकस्सीबीच नेपाल र चीनले अन्तत: बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) परियोजनाको ‘फ्रेमवर्क’मा हस्ताक्षर गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणका क्रममा बुधबार नेपाली र चिनियाँ अधिकारीबीच बेल्ट एन्ड रोड सहकार्यको ‘फ्रेमवर्क’मा हस्ताक्षर भएको हो ।

बेइजिङमा बुधबार दिउँसो भएको फ्रेमवर्क सम्झौतामा नेपालका तर्फबाट परराष्ट्र मन्त्रालयका कार्यवाहक सचिव अमृतबहदुर राई र चीनका तर्फबाट नेशनल डेभलपमेन्ट एण्ड विकास रिफर्म कमिशनका उपाध्यक्ष लिउ सुशेले हस्ताक्षर गरेका छन् ।

गत सोमबार चार दिने चीन भ्रमणमा गएका प्रधानमन्त्री ओलीले बीआरआई कार्यान्वय अघि बढाउने कुरामा सहमति जनाउने नजाउने द्विविधा थियो। बीआरआई कार्यान्वयनमा लैजाने कुरामा नेपालसहित छिमेकी र अन्य शक्ति राष्ट्रले पनि चासोसाथ हेरिरहेका बेला हस्ताक्षर भएको हो ।

प्रधानमन्त्री ओली चीन जानुअघि बीआरआई ‘फ्रेमवर्क’मा हस्ताक्षर गर्ने विषयमा नेपाली कांग्रेस र नेकपा एमालेले सहमति जनाएका थिए ।

चीनद्वारा प्रस्तावित ‘कार्यान्वयन योजना’ शीर्षक नराखी ‘सहकार्य फ्रेमवर्क’ का नाममा सम्झौता गर्न दुई दल तयार भएअनुसार नै बेइजिङमा बुधबार दुई देशका अधिकारीबीच हस्ताक्षर आदान-प्रदान भएको हो ।

दुई दलले सहमति जुटाएपछि प्रधानमन्त्री ओलीको भ्रमणको कार्यक्रम तालिका मिलाउन छेन्दु पुगेकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालतर्फको प्रस्ताव र मोडालिटीबारे चिनियाँ समकक्षी वाङ यीलाई जानकारी गराएकी थिइन् ।

यो सहमति अघि बढाउन प्रधानमन्त्री ओलीले सत्तारूढ कांग्रेससँग लामो र गहिरो संवाद गरेका थिए । त्यसपछि चिनियाँ पक्षसँग पनि उनले भ्रमणमा जानुअघि छलफल चलाएका थिए । ओलीले दुवै पक्षसँग छलफल गरेपछि बीआरआई अघि बढाउने ‘फ्रेमवर्क’मा हस्ताक्षर सम्भव भएको हो ।

गत मंसिर १५ गते दुई दलबीच सहमति जुटेपछि बीआरआईको प्रस्तावित ‘फ्रेमवर्क’ को मस्यौदा चिनियाँ पक्षलाई पठाइएको थियो । अन्तत: नेपालले राखेकै भाषाअनुसार बीआरआई अघि बढाउने गरि हस्ताक्षर आदान प्रदान भएको छ ।

यो परियोजना अघि बढाउने विषयमा चीनले सन् २०२० मा ‘बीआरआई कार्यान्वयन सम्झौता’ का नाममा नेपाललाई प्रस्ताव पठाएको थियो । तर ओलीको भ्रमणअघि नेपाल पक्षले त्यसमा परिमार्जनसहित ‘बीआरआई सहकार्य फ्रेमवर्क’ भनेर पठाएको थियो ।

प्रकाशित मिति : १९ मंसिर २०८१, बुधबार  १ : ०८ बजे

प्रदेशसभा बैठक: नीति तथा कार्यक्रममा छलफल

मकवानपुर– बागमती प्रदेशसभाको बैठक सोमबार अपराह्न १ बजे बस्नेछ ।

पहिलो पटक संसद्को रोस्ट्रममा उभिए प्रधानमन्त्री

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह पहिलो पटक संसद्को रोस्ट्रममा उभिएका छन्

कंक्रिटमय काठमाडौंमा तोप चराको आकर्षक गुँड (तस्बिरहरू)

काठमाडौं– तोप चरा (बया विभर) आफ्नो कलात्मक गुँड बुन्ने अद्भुत

‘इरानले अमेरिकी लडाकु विमान काँधबाटै हान्न मिल्ने चिनियाँ मिसाइलले खसालिदियो’

वाशिंगटन- गत महिना दक्षिणपश्चिमी इरानमाथि अमेरिकी एफ-१५ लडाकु विमान खसाल्न

सशस्त्र प्रहरीका जवानसहित दुईजना दुई दिनदेखि बेपत्ता, महाकालीमा फेला पर्‍यो ट्युब

अमरगढी– डडेल्धुराको परशुराम नगरपालिका–५ बाट सशस्त्र प्रहरीका एक जवानसहित दुईजना