हात्तीबाट जोगाउन ‘एक घर, एक बत्ती अभियान’ « Khabarhub

हात्तीबाट जोगाउन ‘एक घर, एक बत्ती अभियान’


१९ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

बनियानी – झापाको हात्ती प्रभावित क्षेत्रमध्ये एक बिर्तामोड नगरपालिका–७ मा ‘एक घर, एक बत्ती अभियान’ सुरु गरिएको छ ।

जंगली हात्ती प्रभावित यस वडामा स्थानीयलाई रातिको समयमा हिँड्डुल गर्न र हात्तीबाट बच्न सहज होस् भन्ने उद्देश्यले अभियान सुरु गरिएको वडाध्यक्ष अविरल कृष्ण खरेलले जानकारी दिए ।

बिर्तामोड–७ मा रहेका २४ टोलमध्ये हात्तीबाट बढी प्रभावित बाह्रघरे, झोलुङ्गे, खालबाडी, सिमसार, पाथिभरा,  श्रीजंघा, फक्तालुङलगायत टोलमा एक सय ५० भन्दा बढी उज्यालो दिने सडक बत्ती जडान गरिएको उनले बताए।

सडक बत्ती जडानका लागि प्रतिबत्ती एक हजार पाँच सयदेखि तीन हजारसम्म खर्च लाग्ने जनाइएको छ । स्थानीयको घरबाटै विद्युत् लिएर घरअगाडि बत्ती लगाइएको छ ।

त्यसको महसुल भने स्थानीयले तिर्नुपर्नेछ । जडान गरिएको बत्ती बिग्रिएमा वडाले नै मर्मत तथा फेरबदल गर्ने वडाध्यक्ष खरेलले बताए।

प्रकाशित मिति : १९ मंसिर २०८१, बुधबार  १ : ५६ बजे

साडीमा नचिनेपछि विपिन कार्कीप्रति इभा गिरीको आपत्ति, भनिन्- ‘उहाँहरूको सोचमै समस्या भयो’

काठमाडौं– टिकटकर तथा नवअभिनेत्री इभा गिरीले अभिनेता विपिन कार्कीले आफूलाई

इथियोपियामा लामो दूरीको आक्रमणको सम्भावनाबारे अमेरिकी दूतावासको चेतावनी

एजेन्सी– इथियोपियाली सैन्य प्रतिष्ठानलाई लक्षित गरी सम्भावित लामो दूरीको आक्रमण हुनसक्ने

पाँच दशकअघि बीपीले भनेका थिए : ‘चार-पाँच वर्षको अवधिमा चुनाव भइरहनुपर्छ’

जनताको महान् आन्दोलनलाई समानताको प्रेरणा दिने समाजवादको एउटा मुख्य लक्ष्य

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ – साताको कारोबारको चौथो दिन बुधबार नेप्से परिसूचक सामान्य

ऊर्जा प्रणाली विविधीकरण र लगानीमैत्री नियमनमा ऊर्जामन्त्रीको जोड

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले ऊर्जामा आधारित