विराटनगरलाई लुम्बिनीले दियो एनपीएलकै उच्च १९२ रनको चुनौती « Khabarhub

विराटनगरलाई लुम्बिनीले दियो एनपीएलकै उच्च १९२ रनको चुनौती


१९ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रिमियर लिग अन्तर्गतको बुधबारको दोस्रो खेलमा लुम्बिनी लाइन्सले विराटनगर किङ्ग्सलाई १९२ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

निर्धारित २० ओभरमा लुम्बिनीले ७ विकेट गुमाउँदै एनपीएलको जारी सिजनको सबैभन्दा उच्च १९१ रन जोडेको हो ।

जारी प्रतियोगितामा लुम्बिनीले बनाएका यो सबैभन्दा उच्च रन हो । यसअघि विराटनगरविरुद्ध नै सुदूरपश्चिम रोयल्सले १८२ रनको उच्चको स्कोरको चुनौती दिएको थियो ।

कीर्तिपुर मैदानमा टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको लुम्बिनीका कप्तान रोहित पौडेल अर्धशतक पूरा गर्न ४ रनले चुके । विराटनरलाई यो लक्ष्य प्रस्तुत गर्ने क्रममा उनले २९ बलमा ४ चौका र २ छक्काको सहयोगमा ४६ रन जोडे ।

इङ्ल्यान्डका ब्याटरसमेत रहेका टम मूर्सले लुम्बिनीका लागि १७ बलमा ३० रन जोडे । १ चौका र ३ छक्का प्रहार गरेका उनी रन आउट भएका थिए ।

घरेलु अलराउन्डर विवेक यादवले अविजित १९ रन जोडे । सात बल खेलेका उनले तीन छक्काको मद्दतमा राम्रो स्कोर गरे ।

तर लुम्बिनीका दुवै ओपनरको ब्याटिङ चलेन । ओपनर आशुतोष घिरियाले १५ र अर्का ओपनर अर्जुन साउदले १७ रन जोडे ।

विराटनगरका सन्दीप लामिछानेले लिगको पहिलो विकेट लिने क्रममा साद बिन जफरलाई मार्टिन गुप्टिलमार्फत क्याच आउट गराए । जफरले १३ बलमा १५ रन जोडे । सन्दीप जोराले १३ बलमा १२ रन जोडे ।

बलिङतर्फ इस्मत आलम, राजेश पुलामी मगर र सन्दीपले एक–एक विकेट लिए ।

तस्बिरहरू : चिरायु शाक्य

तस्बिर : चिरायु

प्रकाशित मिति : १९ मंसिर २०८१, बुधबार  २ : ४२ बजे

धानखेतीमा रोगको सङ्क्रमण देखिएपछि किसान चिन्तित

बाँके– बाँकेमा फल लाग्ने बेला धानखेतीमा रोगको सङ्क्रमण देखिएपछि किसान

कांग्रेस महाधिवेशन : यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौँ– नेपाली कांग्रेसको निर्वाचन समितिले १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमितिको

बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजनाको मृत्यु, एकजना गम्भीर घाइते

बागलुङ– बागलुङमा बाटो स्तरोन्नति गर्ने क्रममा माटोको ढिस्कोले पुरिएर दुईजना

मौसम खुलेपछि अन्नपूर्ण आधार शिविरमा पर्यटक भरिभराउ

कास्की– विश्वप्रसिद्ध अन्नपूर्ण आधार शिविर (एबीसी) पदयात्रामा जाने पर्यटकको सङ्ख्या

गगनले अघि सारे ‘राष्ट्रिय पुनर्जागरण र समुन्नतिको आगामी दशक’को दृष्टिकोण

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देश, लोकतन्त्र र कांग्रेसको