अर्थसंक्षेप : कुलमान नभएको बेलामा मन्त्रीले बनाए प्राधिकरणमा कार्यालय, बीआरआई फ्रेमवर्कमा हस्ताक्षर | Khabarhub Khabarhub

अर्थसंक्षेप : कुलमान नभएको बेलामा मन्त्रीले बनाए प्राधिकरणमा कार्यालय, बीआरआई फ्रेमवर्कमा हस्ताक्षर


१९ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल चीनबीचमा बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) फ्रेमवर्कमा हस्ताक्षर भएको छ । नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङ नभएको बेलामा उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीले नेपाल विद्युत प्राधिकरणमा आफ्नो कार्यकक्ष निर्माण गरेका छन् । आज नेप्सेमा गिरावट आएको छ भने सुपर काबेली ‘ए’ जलविद्युत् आयोजनाको उत्पादन सुरु भएको छ ।

आजका प्रमुख आर्थिक समाचार  :

नेपालको नीतिले नै नचिन्नेगरी चीनसँग बीआरआई फ्रेमवर्कमा हस्ताक्षर

चौथो कार्यकालमा भारतको निम्तो कुर्दाकुर्दै थाकेर उत्तरी छिमेकी चीन हान्निएका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो प्रतिनिधिमण्डललाई नेपालको मौजुदा कानूनले नै नचिन्नेगरी चीनसँग बेल्ट एण्ड रोड इनिसिएटीभ (बीआरआई) सहकार्य फ्रेमवर्क सम्झौतामा हस्ताक्षर गर्न लगाएको खुलेको छ ।

अनुदान अपेक्षा गरिरहेको नेपाल र ऋण देखाइरहेको चिनियाँ अधिकारीहरूबीच बेइजिङमा दुई दिन लामो रस्साकस्सीपछि बुधबार अपराह्न ‘फ्रेमवर्क अफ बीआरआई कोअपरेसन’ मा हस्ताक्षर भएको छ । फ्रेमवर्क सम्झौतामा नेपालका तर्फबाट परराष्ट्र सचिव अमृतबहादुर राई र चीनका तर्फबाट चीनको नेशनल डेभलपमेन्ट एण्ड रिफर्म कमिशनका उपाध्यक्ष लिउ सुशेले हस्ताक्षर गरेका हुन् ।

कुलमान नभएको मौकामा कार्यकक्ष बनाएर प्राधिकरण छिरे ऊर्जामन्त्री

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का नेपाल विद्युत् प्राधिकरणको रत्नपार्कस्थित कार्यालयमा कार्यकक्ष बनाएर छिरेका छन् । प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ काठमाडौं उपत्यकाबाहिर भएका बेलमा ऊर्जामन्त्री खड्का दलबलसहित कार्यकक्ष बनाएर छिरेका हुन् ।

कुलमान यतिबेला दोलखास्थित ४५६ मेगावाटको माथिल्लो तामाकोशी आयोजनाको पुनर्निर्माणकार्यको अनुगमनका लागि पुगेका छन् । गत असोज १० देखि १२ गतेसम्म तामाकोशीमा आएको बाढीले उक्त आयोजनामा क्षति भएको थियो । तामाकोशीको क्षतिग्रस्त आयोजना पुननिर्माण चलिरहेका बेला कुलमान दोलखा पुगेको मौकामा खड्का प्राधिकरण छिरेका हुन् ।

चार महिनाभित्र लेखा परीक्षण गर्न राष्ट्रिय जीवन बीमा कम्पनीलाई निर्देशन

अर्थ मन्त्रालयले राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडलाई चार महिनामा लेखा परीक्षण सम्पन्न गर्न निर्देशन दिएको छ । राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडका पदाधिकारीहरूसहित अर्थ मन्त्रालयमा आज भएको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लामो समयसम्म लेखा परीक्षण नहुनु कसैका लागि पनि हितकर नभएको बताए ।

मन्त्री पौडेलले लेखा परीक्षण सम्पन्न गर्न आवश्यक पर्ने सहयोग उपलब्ध गराउन सरोकारवालाहरूलाई निर्देशन पनि दिएका छन् । राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडको आर्थिक वर्ष २०७१/०७२ देखि अन्तिम लेखा परीक्षण सम्पन्न हुन सकेको छैन । अन्तिम लेखा परीक्षण सम्पन्न भएपछि मात्र राष्ट्रिय जीवन बीमा कम्पनीको साधारणसभा आयोजना गर्ने भनिएको छ ।

बैठकमा महालेखा परीक्षकको कार्यालय, नेपाल बीमा प्राधिकरण, अर्थ मन्त्रालय, राष्ट्रिय जीवन बीमा कम्पनीका पदाधिकारीहरूको उपस्थिति थियो ।

नेप्सेमा २५ अंकको गिरावट, १३२ कम्पनीको शेयर मूल्य घट्यो

बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) २४.९७ अंकले घटेको छ । नेप्से ०.८९ प्रतिशतले घटेर २७५०.८७ विन्दुमा पुगेको हो । नेप्से घट्दा १३२ वटा कम्पनीको शेयर मूल्य पनि घटेको छ भने १०४ वटा कम्पनीको शेयर मूल्य बढेको छ ।८ वटा कम्पनीको शेयर मूल्य भने स्थिर छ । आज बजार घट्दा ९ अर्ब १३ करोड २४ लाख ६८ हजार रुपैयाँ बराबरको २ करोड ३ लाख ३२ हजार ६६ कित्ता शेयर कारोबार भएको छ ।

३२० वटा कम्पनी कारोबारमा आउँदा ९८ ६७७ पटक शेयर किनबेच भएको छ । १३ वटा समूहमध्ये २ समूह बढेको छ भने बाँकी ११ समूह घटेको छ । हाइड्रोपावर समूह ०.३५ प्रतिशतले बढेर ३ हजार ६३९.१९ विन्दुमा पुगेको छ भने उत्पादन तथा प्रशोधन ०.१६ प्रतिशतले बढेर ६ हजार ८१५.४८ विन्दुमा पुगेको छ ।

नेपाल टेलिकमको एमपीओएस रिचार्जमा बोनस

नेपाल टेलिकमले मोबाइल प्वान्ट अफ सेल (एमपीओएस) रिचार्जमा बोनस उपलब्ध गराउने घोषणा गरेको छ । यो योजना मङ्सिर १८ देखि आगामी पुस १७ गते सम्म लागु हुनेछ ।

यसका लागि विभिन्न दरका रिचार्ज कार्डका साथै एमपीओएस र नमस्ते पे, ईसेवा, खल्ती, आइएमईपेलगायतका डिजिटल वालेटहरु विकल्पको रूपमा रहेका छन् । एमपीओएस रिचार्जमा देहाय बमोजिम बोनस उपलब्ध गराएको छ ।

सुपर काबेली ‘ए’ जलविद्युत् आयोजनाको उत्पादन सुरु

स्नो रिभर्स लिमिटेडले निर्माण गरेको १३ दशमलव पाँच मेगावाट क्षमताको सुपर काबेली ‘ए’ जलविद्युत् आयोजना औपचारिक रूपमा विद्युत् उत्पादन सुरु भएको छ ।

सिरिजङ्घा गाउँपालिका–८ याम्फुदिनस्थित आयोजनाको उत्पादन पाँचथरको हिलिहाङ गाउँपालिकामा रहेको नेपाल विद्युत् प्राधिकरणको एक सय ३२ केभिए क्षमताको अमरपुर सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो ।

दोलखामा यस वर्ष धान उत्पादन घट्यो

जिल्लामा गत वर्षको तुलनामा यो वर्ष धान उत्पादकत्वमा कमी आएको छ । कृषि ज्ञान केन्द्र रामेछापको तथ्यांकअनुसार गत वर्ष दोलखामा ८ हजार ३ सय ८६ मेट्रिक टन धान उत्पादन भएकोमा यस वर्ष ४ सय ३७ मेट्रिक टन धान उत्पादन घटेको हो।

वीरगञ्जस्थित खाद्य कम्पनीले ४२ हजार क्विन्टल धान खरिद गर्दै

पर्साको वीरगञ्जस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ३२ हजार क्विन्टल सोनामन्सुली र १० हजार क्विन्टल जिरामसिनो धान खरिद गर्ने भएको छ ।

कम्पनीका सूचना अधिकारी समीर दाहालका अनुसार दुई वर्षसम्म बजार मूल्यभन्दा सरकारले तोकेको समर्थन मूल्य कम भएपछि किसानले कम्पनीलाई धान बेचेका थिएनन् । यो वर्ष बजारमूल्यभन्दा समर्थन मूल्य केही बढी भएकाले किसानले कम्पनीलाई धान बेच्ने अपेक्षा गरिएको बताए ।

मापदण्ड विपरीत कुनै संरचना नबनाउन प्राधिकरणको आग्रह

काठमाडौं उपत्यका विकास प्राधिकरणले नेपाल सरकारबाट स्वीकृत निर्माण मापदण्ड विपरीत कुनै किसिमको भौतिक संरचना नबनाउन आग्रह गरेको छ ।

प्राधिकरणले एक सूचना जारी गरी काठमाडौं उपत्यका भित्रका क्षेत्रमा सम्बन्धित स्थानीय तहबाट नक्सा स्वीकृत गराई योजना अनुमति लिएर मात्र जग्गा विकास, सामूहिक आवास, संयुक्त आवास एवं संस्थागत, सार्वजनिक, व्यापारिक, भोजभतेर स्थल, अस्पताल, विद्यालय, नर्सिङ होमलगायत संरचना निर्माण थाल्न सुझाएको हो ।

प्रकाशित मिति : १९ मंसिर २०८१, बुधबार  ६ : २१ बजे

मोरङ पुगेर प्रचण्डले लिए ‘भक्का’को स्वाद 

मोरङ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मोरङ आइपुगेका

सहरी क्षेत्रमा आगलागी नियन्त्रणका लागि ‘ड्राइ राइजर’

काठमाडौं– काठमाडौं महानगरपालिकाले आगलागी हुँदा दमकल जान नसक्ने साँघुरा सडक

करको बक्यौता उठाउन घरघरमा पत्र

चितवन– आन्तरिक राजस्व कार्यालय चितवनले बक्यौता कर उठाउन घरघरमा पत्राचार

जङ्गली हात्तीको आक्रमणबाट मोरङमा एक वृद्धको मृत्यु

सुनसरी– जङ्गली हात्तीको आक्रमणबाट मोरङमा एकजनाको मृत्यु भएको छ ।

दोलालघाटस्थित सुनकोशी नदीमा तटबन्ध बनाउन प्रस्ताव

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकको पर्यटकीयस्थल दोलालघाट क्षेत्रलाई दुई नदीबाट सुरक्षित राख्न तटबन्ध