लुम्बिनीविरुद्ध विराटनगरको सनसनी, उच्च लक्ष्य पछ्याउँदै २ विकेटको जित « Khabarhub

लुम्बिनीविरुद्ध विराटनगरको सनसनी, उच्च लक्ष्य पछ्याउँदै २ विकेटको जित


१९ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विराटनगर किङ्सले जारी नेपाल प्रिमियर लिग क्रिकेटकै सर्वाधिक उच्च चुनौती पछ्याउँदै जित निकालेको छ ।

यसअघिका दुई खेल लगातार हारेको विराटनगरले लुम्बिनी लायन्सले दिएको १९२ रनको चुनौती पार गर्न सफल भएको हो ।

यससँगै सन्दीप लामिछानको कप्तानीमा रहेको विराटनगर किङ्स लगातर तेस्रो हारबाट पनि बचेको छ ।

कीर्तिपुर मैदानमा जवाफी ब्याटिङमा उत्रिएको विराटनगरले लुम्बिनी लायन्सले दिएको १९२ रनको लक्ष्य १९ दशमलव ५ ओभरमा पूरा गरेको हो ।

विराटनगरलाई लगातर तेस्रो हारबाट बचाउन ओपनर लोकश बमले अर्धशतक प्रहार गरे । लोकशले ३ चौका र ६ छक्काको सहयोगमा ४७ बलमा ७१ रन जोडे ।

अन्ततः उनी १७ दशमलव ४ ओभरमा रामोन सिमन्ड्सको बलमा सन्दीप जोरामार्फत क्याच आउट भए ।

त्यस्तै, विराटनगरलाई जिताउन बसिर अहदमले २४ बलमा ४० रन जोडे । उनी उनी दुर्गेश गुप्ताको बलमा बेन कटिङमार्फत क्याच आउट भए । मार्टिन गप्टिलले ६ चौकाको सहयोगमा १७ बलमा २८ रन जोडे ।

अन्य खेलाडीले दोहोरो रन नबाए पनि टिमले जित निकाल्यो । ओपनर इस्मत आलम र निकोलस किर्टोनलाई लुम्बिनीका बलरले शून्यमै समेटे पनि टिमलाई हारबाट जोगाउन सकेनन् ।

बलिङतर्फ विराटनगरका दुर्गेश गुप्ताले सर्वाधिक ३ विकेट लिए । साद बिन जफर र रामोन सिमन्ड्स समान दुई विकेट लिए भने विवेक यादवले १ विकेट लिए ।

तस्बिरहरू : चिरायु शाक्य

प्रकाशित मिति : १९ मंसिर २०८१, बुधबार  ४ : २८ बजे

ग्रीसमा १८ आप्रवासी मृत फेला, अनुसन्धान सुरु

एथेन्स- ग्रीसको दक्षिणी तट नजिक क्रेट टापु वरिपरि एक डुङ्गामा

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : पाँच पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा दर्ता हुँदै

काठमाडौं– पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा भ्रष्टाार भएको भन्दै अख्तियार दुरुपयोग

प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच सिंहदरबारमा वार्ता

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच सिंहदरबारमा भेटवार्ता

‘जेरी अन टप’ले मनायो ५१औँ दिन

काठमाडौं– चलचित्र ‘जेरी अन टप’ले शनिबार प्रदर्शनको ५१औँ दिन पूरा

बुवाको शोकमा रहेका बालेनलाई भेटेर फर्किइन् प्रधानमन्त्री

काठमाडौं- बुवा रामनारायण साहको निधनपछि शोकमा रहेका काठमाडौं महानगरपालिकाका मेयर