लुम्बिनीविरुद्ध विराटनगरको सनसनी, उच्च लक्ष्य पछ्याउँदै २ विकेटको जित « Khabarhub

लुम्बिनीविरुद्ध विराटनगरको सनसनी, उच्च लक्ष्य पछ्याउँदै २ विकेटको जित


१९ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विराटनगर किङ्सले जारी नेपाल प्रिमियर लिग क्रिकेटकै सर्वाधिक उच्च चुनौती पछ्याउँदै जित निकालेको छ ।

यसअघिका दुई खेल लगातार हारेको विराटनगरले लुम्बिनी लायन्सले दिएको १९२ रनको चुनौती पार गर्न सफल भएको हो ।

यससँगै सन्दीप लामिछानको कप्तानीमा रहेको विराटनगर किङ्स लगातर तेस्रो हारबाट पनि बचेको छ ।

कीर्तिपुर मैदानमा जवाफी ब्याटिङमा उत्रिएको विराटनगरले लुम्बिनी लायन्सले दिएको १९२ रनको लक्ष्य १९ दशमलव ५ ओभरमा पूरा गरेको हो ।

विराटनगरलाई लगातर तेस्रो हारबाट बचाउन ओपनर लोकश बमले अर्धशतक प्रहार गरे । लोकशले ३ चौका र ६ छक्काको सहयोगमा ४७ बलमा ७१ रन जोडे ।

अन्ततः उनी १७ दशमलव ४ ओभरमा रामोन सिमन्ड्सको बलमा सन्दीप जोरामार्फत क्याच आउट भए ।

त्यस्तै, विराटनगरलाई जिताउन बसिर अहदमले २४ बलमा ४० रन जोडे । उनी उनी दुर्गेश गुप्ताको बलमा बेन कटिङमार्फत क्याच आउट भए । मार्टिन गप्टिलले ६ चौकाको सहयोगमा १७ बलमा २८ रन जोडे ।

अन्य खेलाडीले दोहोरो रन नबाए पनि टिमले जित निकाल्यो । ओपनर इस्मत आलम र निकोलस किर्टोनलाई लुम्बिनीका बलरले शून्यमै समेटे पनि टिमलाई हारबाट जोगाउन सकेनन् ।

बलिङतर्फ विराटनगरका दुर्गेश गुप्ताले सर्वाधिक ३ विकेट लिए । साद बिन जफर र रामोन सिमन्ड्स समान दुई विकेट लिए भने विवेक यादवले १ विकेट लिए ।

तस्बिरहरू : चिरायु शाक्य

प्रकाशित मिति : १९ मंसिर २०८१, बुधबार  ४ : २८ बजे

बढ्यो पेट्रोल र डिजेलको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरेको

‘निम्स दाइ’को रामनगरस्थित परिवार र विद्यालयका शिक्षक शोकमा

चितवन । हिमपहिरोमा परी निधन भएका कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा

इन्डोनेसियामा समुद्रबीच डुंगामा भीषण आगलागी, ५ जनाको मृत्यु, ४१ जना बेपत्ता

इन्डोनेसिया- आइतबार इन्डोनेसियाली समुद्रबीचमा गुडिरहेको डुंगामा आगो लाग्दा दर्जनौँ व्यक्तिको

भद्रपुरमा १६८ सिटी सफारी र अटो कारबाहीमा

झापा । जिल्लाका विभिन्न स्थानमा सवारीचालक अनुमतिपत्र (लाइसेन्स), बिलबुक र

कवि तारा सुवेदीको कवितासंग्रह ‘अनुभूतिका महक’ लोकार्पित

काठमाडौं । कवि तारा सुवेदीको पहिलो कवितासंग्रह ‘अनुभूतिका महक’ एक