नेपाल पाठेघरको मुखको क्यान्सर नियन्त्रणका लागि प्रतिबद्ध : स्वास्थ्यमन्त्री पौडेल | Khabarhub Khabarhub

नेपाल पाठेघरको मुखको क्यान्सर नियन्त्रणका लागि प्रतिबद्ध : स्वास्थ्यमन्त्री पौडेल


१९ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नेपाल पाठेघरको मुखको क्यान्सर नियन्त्रणका लागि प्रतिबद्ध रहेको भन्दै यसका लागि देशव्यापी खोप कार्यक्रम कार्यान्वयनको चरणमा रहेको बताएका छन् ।

इन्डोनेसियाको बालीमा आयोजित विश्वव्यापी खोप सहकार्य गाभीको बैठकमा सम्बोधन गर्दै मन्त्री पौडेलले पाठेघरको मुखको क्यान्सर नियन्त्रणका लागि नेपालले आगामी फेब्रुअरी महिना(माघ २२ गते) मा दुई सातासम्म किशोरीहरूलाई खोप अभियान सञ्चालन गर्न लागेको जानकारी दिए ।

‘यो खोप अभियान नेपालका लागि मात्र होइन सर्भाइकल क्यान्सर अन्त्यको वैश्विक रणनीति मा महत्त्वपूर्ण उपलब्धि हुनेछ,’ मन्त्री पौडेलले भने ।

गाभीसँग सहकार्य गरेर नेपालले खोपलक्षित प्राथमिकता तय गर्नेछ उल्लेख गर्दै मन्त्री पौडेलले नेपालले राष्ट्रिय खोप कार्यक्रममार्फत हेपाटाइटिस बी तथा हैजाविरुद्धसमेत खोप कार्यक्रम ल्याउने योजना बनाएको जानकारी दिए ।

‘हामी यसबारे विमर्श गरिरहेका छौँ,‘ मन्त्री पौडेलले भने, ‘नेपालले यसका लागि चाँडै औपचारिक अनुरोध गर्नेछ ।’

नेपालमा खोप कार्यक्रम सञ्चालन गर्न कुल बजेटको कम मात्र अंश स्वास्थ्यका लागि विनियोजन हुनु तथा नयाँ संघीय व्यवस्थामा जनशक्ति अभावजस्ता समस्यासँग जुधिरहनुपरेको मन्त्री पौडेलले बताए ।

‘हाम्रो स्वास्थ्य क्षेत्र सुदृढिकरण सहायता क्षमता अभिवृद्धि सहायतामा तपाईंहरुबाट सहयोगको अपेक्षा गरेका छौँ, मन्त्री पौडेलले सम्बोधनका क्रममा भने, यस्तो सहयोगले नेपाल र नेपालजस्ता देशहरूका लागि खोपहरूको पहुँच र सुलभता महत्त्वपूर्ण हुनेछ ।
‘कोही पनि पूर्ण खोप अभियानबाट वञ्चित नहुन् भन्नका लागि नेपालले विश्वव्यापी खोप अभियानसँग गर्ने साझेदारी महत्त्वपूर्ण हुनेछ,’ मन्त्री पौडेलले भने ।

नेपालको खोप कार्यक्रमका लागि विश्वव्यापी खोप अलायन्स गाभीले ६५ प्रतिशत सहयोग गर्दे आइरहेको छ ।

नेपाल दक्षिण पश्चिम एसिया क्षेत्रमा खोप ऐन ल्याउने पहिलो देश भएको भन्दै मन्त्री पौडेलले राष्ट्रिय खोप कार्यक्रमबाट हरेक वर्ष ५ लाख लाभान्वित हुने गरेको सुनाए ।

खोपबाट बचाउन सकिने १३ प्रकारका रोगविरुद्ध नेपालले खोप अभियान सञ्चालन गर्दै आइरहेको छ । मन्त्री पौडेलले नेपालको खोप कार्यक्रमले सबै लिंग, वर्ग तथा भौगोलिक क्षेत्रमा समान काम गरिरहेको भन्दै देश सन् २०१० मा पोलियोमुक्त बनेको तथा रुबेला संक्रमण नियन्त्रण गर्न सफलता पाएको उदाहरण दिए ।

प्रकाशित मिति : १९ मंसिर २०८१, बुधबार  ७ : ३६ बजे

न्यूयोर्कको ठुलो होटेलमै रहस्यमय हत्या

न्युयोर्क – सन् २०१६ मा डोनाल्ड ट्रम्पले राष्ट्रपति पदमा जित

जनकपुर र पोखरा तथा काठमाडौं र सुदूरपश्चिम भिड्ने

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र

चिसोमा दीर्घरोगीलाई मर्निङवाक जोखिमपूर्ण

काठमाडौं – यतिबेला चिसो मौसम छ। मौसम परिवर्तनसँगै हाम्रो जीवनशैलीमा

फ्रान्सका प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव पारित

फान्स – प्रधानमन्त्री माइकल बार्नियरले विश्वासको मत पाउन नसकेपछि फ्रान्समा

शिक्षा समितिको बैठक बस्दै

काठमाडौं– सङ्घीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको शिक्षा, स्वास्थ्य तथा सूचना