प्रताप दासको ‘मस्त जवानी’मा उषा र बिजुको अभिनय « Khabarhub

प्रताप दासको ‘मस्त जवानी’मा उषा र बिजुको अभिनय


१९ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


630
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । गायक प्रताप दास र गायिका रोजिना बस्नेतको मस्त जवानी बोलको गीतको म्युजिक भिडियो रिलिज गरिएको छ।

समाजसेवी भोला नाथ पाठकको शब्द सिर्जना रहेको गीतमा मनोहर सुनामको एरेन्ज तथा संगीत छ। दर्जनौं गीतका शब्द कोरिसकेका गीतकार भोला नाथ यही भिडियोबाट निर्माताका रुपमा देखिएका छन्।

एक प्रेमील जोडीको प्रेम र रोमान्सलाई कृष्णदेव रुपाखेतीले निर्देशन गरेका हुन्। भिडियोमा निर्देशक रुपाखेतीले वैँशालु उमेरमा एक प्रेमील जोडीले रोमान्स गर्दै बिताउने रमाइला पललाई रोमान्टिक शैलीमा कैद गरेका छन्। जहाँ सुन्दरी उषा उप्रेती स्विमिङं पुलमा खुलेका दृश्यमा दर्शक टक्क अडिनेमा शंका छैन। भिडियोमा मोडल बिजु पार्की पनि उषाका प्रेमी बन्दा गज्जबले खुलेका छन्।

छमछम नचाउने शैलीमा तयार गरिएको मस्त जवानी हरेक युवाले युवा अवस्थामा गर्ने रमाइलो शैलीलाई भिडियोमा देखाइएको छ। भिडियोको छायांकन उत्सब दाहालले गरेका हुन् भने सम्पादन मिन रावलले गरेका हुन्। राहुल बराईलीको कोरियोग्राफी रहेको भिडियो ओएसआर डिजिटलबाट बजारमा आएको हो।

प्रकाशित मिति : १९ मंसिर २०८१, बुधबार  ८ : २६ बजे

‘फेक रेस्क्यू’को नक्कली कागजात बनाएर करोडौँ ठगी, ६ जना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले ‘फेक रेस्क्यू’ गरी नक्कली कारोबार गर्ने

देउवाको निर्णय गगनले कार्यान्वयन गर्दा राष्ट्रिय सभामा पहिलो दल बन्यो कांग्रेस

काठमाडौं– राष्ट्रियसभाको रिक्त १९ मध्ये १८ सिटका लागि आइतबार आएको

उपचारका क्रममा किशोरीको मृत्यु भएपछि अवस्था तनावग्रस्त

बरहथवा– सर्लाहीको लालबन्दी नगरपालिकास्थित नवलपुरमा एक किशोरीको उपचारका क्रममा मृत्यु भएपछि

घरदैलोमा पुगिसके उम्मेदावर, अझै तयार भएनन् दलका घोषणापत्र

काठमाडौं- आगामी फागुन २१ का लागि तोकिएको निर्वाचन आउन अब