प्रताप दासको ‘मस्त जवानी’मा उषा र बिजुको अभिनय « Khabarhub

प्रताप दासको ‘मस्त जवानी’मा उषा र बिजुको अभिनय


१९ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


654
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । गायक प्रताप दास र गायिका रोजिना बस्नेतको मस्त जवानी बोलको गीतको म्युजिक भिडियो रिलिज गरिएको छ।

समाजसेवी भोला नाथ पाठकको शब्द सिर्जना रहेको गीतमा मनोहर सुनामको एरेन्ज तथा संगीत छ। दर्जनौं गीतका शब्द कोरिसकेका गीतकार भोला नाथ यही भिडियोबाट निर्माताका रुपमा देखिएका छन्।

एक प्रेमील जोडीको प्रेम र रोमान्सलाई कृष्णदेव रुपाखेतीले निर्देशन गरेका हुन्। भिडियोमा निर्देशक रुपाखेतीले वैँशालु उमेरमा एक प्रेमील जोडीले रोमान्स गर्दै बिताउने रमाइला पललाई रोमान्टिक शैलीमा कैद गरेका छन्। जहाँ सुन्दरी उषा उप्रेती स्विमिङं पुलमा खुलेका दृश्यमा दर्शक टक्क अडिनेमा शंका छैन। भिडियोमा मोडल बिजु पार्की पनि उषाका प्रेमी बन्दा गज्जबले खुलेका छन्।

छमछम नचाउने शैलीमा तयार गरिएको मस्त जवानी हरेक युवाले युवा अवस्थामा गर्ने रमाइलो शैलीलाई भिडियोमा देखाइएको छ। भिडियोको छायांकन उत्सब दाहालले गरेका हुन् भने सम्पादन मिन रावलले गरेका हुन्। राहुल बराईलीको कोरियोग्राफी रहेको भिडियो ओएसआर डिजिटलबाट बजारमा आएको हो।

प्रकाशित मिति : १९ मंसिर २०८१, बुधबार  ८ : २६ बजे

अध्यक्ष राईद्वारा साइबर ब्युरोमा उजुरी

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सामाजिक सञ्जालमार्फत ज्यान

राष्ट्रपति पौडेल र प्रधानन्यायाधीश राउतबीच भेट

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले आज भेट

महेश बस्नेत तत्काल पक्राउ नपर्ने, अदालतले दिएन अनुमति

काठमाडौं- जिल्ला अदालत काठमाडौंले महेश बस्नेतलाई पक्राउ अनुमति माग गरिएको

ऊर्जा सुधारमा सरकारको जोड : १८० दिनभित्र पीपीए टुङ्ग्याइने

काठमाडौं– सरकारले गत शुक्रबार सार्वजनिक गरेको शासकीय सुधारअन्तर्गत एक सय

विदेशबाटै समानान्तर कांग्रेस चलाउँदै देउवा

काठमाडौं- गत पुसमा विशेष महाधिवेशनमार्फत कांग्रेसले नयाँ नेतृत्व चुन्यो ।