टर्कीमा विषाक्त मदिरा सेवनले १७ जनाको मृत्यु « Khabarhub

टर्कीमा विषाक्त मदिरा सेवनले १७ जनाको मृत्यु


१९ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

इस्तानबुल – टर्कीका मिडियाहरूले बिक्री गरिएको विषाक्त मदिरा सेवनले कम्तीमा १७ जनाको मृत्यु भएको र अन्य २२ जना अस्पतालमा उपचाररत रहेको बताएका छन् ।

राज्य सञ्चालित एनादोलु समाचार एजेन्सीका अनुसार मादक पेय पदार्थ आपूर्ति गरेको आशङ्कामा आठ जनालाई हिरासतमा लिइएको छ । गत हप्ता अधिकारीहरूले ४१० लिटर इथानोल र मेथानोल, १६५ बोतल अवैध मदिरा र मदिरा उत्पादनका उपकरणहरू जफत गरेको घोषणा गरेका थिए ।

टर्कीमा अवैध उत्पादित मदिराबाट हुने विषाक्तता सामान्य छ । यहाँ सरकारले मदिरामा कर बढाएपछि निजी उत्पादन तीव्र रूपमा बढेको छ ।सन् २०२१ को अन्त्यमा विभिन्न क्षेत्रमा केही दिनको अन्तरालमा कम्तीमा २५ जनाको मृत्यु भएको थियो । त्यसको एक वर्षअघि मदिरा विषाक्तताका कारण करिब ४० जनाको मृत्यु भएको थियो ।

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगनले प्रायः मदिरा र सुर्तीजन्य सेवनको आलोचना गरेका छन् । उनीमाथि आधिकारिक रूपमा धर्मनिरपेक्ष राज्यमा समाजलाई इस्लामीकरण गर्ने प्रयास गरेको आरोप लगाइएको छ ।

प्रकाशित मिति : १९ मंसिर २०८१, बुधबार  १० : ३१ बजे

गैरन्यायिक खोला र सडक मापदण्ड पीडितले पौष १७ गते प्रदर्शन गर्ने

काठमाडौं– गैरन्यायिक खोला तथा सडक मापदण्ड पीडित संघर्ष समितिले पौष

प्रभावकारी बन्दै ‘श्रम साकेला अभियान’

खोटाङ – साकेला गाउँपालिकाले सञ्चालन गरेको ‘श्रम साकेला अभियान’ अन्तर्गत

पूर्वराष्ट्रपतिद्वय रामवरण यादव र विद्या भण्डारीबीच भेटवार्ता

काठमाडौं– पूर्व राष्ट्रपतिद्वय डा. रामवरण यादव र विद्यादेवी भण्डारीबीच  भेटवार्ता

तस्बिरमा हेर्नुहोस्, गुरुङ समुदायले मनाउने ‘तमु ल्होसार’

काठमाडौं–  गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत

स्वास्थ्य सामग्रीको विवरण उपलब्ध गराउन औषधि व्यवस्था विभागको आग्रह

काठमाडौँ– नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतको औषधि व्यवस्था