आज २०८० साल पुस २० गते शुक्रबारको राशिफल « Khabarhub

आज २०८० साल पुस २० गते शुक्रबारको राशिफल


२० पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


11.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८० साल पुस २० गते शुक्रबार तदनुसार सन् २०२४ जनवरी ५ तारिख। ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। खबरहबका लागि ज्यो.प. सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेश :

मेष : दिन राम्रो छ। आम्दानी हुनेछ। स्वास्थ्य र शिक्षामा लाभ हुनेछ। उत्तरको लामो यात्रा नगर्नु राम्रो हुन्छ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। पारिवारको साथ र सहयोग मिल्नेछ।

वृष : दिन राम्रो छ। आम्दानी बढ्नेछ। आफन्तबाट सहयोग प्राप्त हुनेछ। आफन्तबाट सम्पत्तिको दुरुपयोग हुने योग रहेकाले सचेत हुनु राम्रो हुन्छ।

मिथुन : चिट्ठामा धन प्राप्त हुने योग छ। ठुलो काममा हात लगाउनुभयो भने फाइदा हुनेछ। स्वास्थ्य, शिक्षा र वैदेशिक क्षेत्रमा लाभ हुनेछ। परिवारबाट असहयोग हुनसक्छ। प्रेम सम्बन्धमा खटपटी हुनेछ।

कर्कट : दैनिकी सामान्य छ। परिवारमा झमेला आइपर्नसक्छ। स्वास्थ्यमा समस्या देखिने भएकाले खानपानमा ख्याल गर्नु राम्रो हुन्छ। शिक्षाको क्षेत्रमा राम्रो नतिजा प्राप्त हुनेछ। राजनीतिमा सम्मान प्राप्त हुनसक्छ।

सिंह : दैनिकी सामान्य छ। बल भन्दा बढी बुद्धि लगाएर समस्याको समाधान खोज्नुपर्छ। सहकर्मीले असहयोग गर्ने भएकाले सचेत हुनु राम्रो हुन्छ। कुनै योजना भए गोपनीयता नखोलेको राम्रो हुन्छ। वैदेशिक रोजगारको क्षेत्रमा फाइदा हुनेछ। परिवारको साथ मिल्नेछ।

कन्या : दिन राम्रो छ। मनमा उत्साह थपिनेछ। धर्ममा मन जानेछ। प्रतिस्पर्धी पछाडि हट्नेछन्। रोग विस्तारै निको हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

तुला : दिन राम्रो छ। चन्द्रमा दाहिने छन्। मौका प्रशस्त छन्। शेयर र चिट्ठामा फाइदा हुनेछ। वैदेशिक रोजगारीको क्षेत्रमा लगानी गरेको भए उत्साह मिल्नेछ। परिवारसँगको सम्बन्धमा खटपटी हुनसक्छ।

वृश्चिक : आजको दिन सामान्य छ। हरेक क्षेत्रमा बाधा, विरोध, अवरोध र निराशा भए पनि वैदेशिक क्षेत्रमा गरेको लगानीबाट राम्रो प्रतिफल प्राप्त हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ।

धनु : आजको दिन राम्रो छ। मान्यजनको साथ र सहयोग रहने छ। जति कमाए पनि खर्च बढी भएको देखिन्छ। शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्र सबल छन्। परिवारमा मनमुटाव हुनसक्छ।

मकर : दिन सामान्य छ। शनिको छाया योग रहेको छ। पिपलको दर्शन गरेर मात्र कामको सुरुवात गरेको राम्रो हुन्छ। शनिदेव राम्रो ठाउँमा बसेको भए ठुलो पद प्राप्त हुनेछ। परिवारबाट सहयोग मिल्नेछ।

कुम्भ : समय सामान्य छ। अरुको लागि तर्क गरेर समय बित्ने योग छ। शुभकर्म र परोपकार नगरे मन शान्त हुँदैन। शिक्षाको क्षेत्रमा उन्नति हुनेछ।

मीन : दैनिकी राम्रो छ। स्वास्थ्य, शिक्षा, वैदेशिक र राजनीति क्षेत्र अब्बल छन्। सबैको साथ र सहयोग मिल्नेछ। अरुको हातमा पुगेको धन उठाउन गाह्रो हुने भएकाले ख्याल गर्नुपर्ने देखिन्छ। परिवारसँगको सम्बन्ध राम्रो रहने छ।

प्रकाशित मिति : २० पुस २०८०, शुक्रबार  ५ : १९ बजे

‘गृहमन्त्रीज्यू, दक्षिणा होइन, न्याय दिनुहोस्’

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले गृह मन्त्रालय हरेक चेलीको माइतीघर भएको

सरकारी सूचना निर्णयविरुद्ध पत्रकार महासंघको र्‍याली

काठमाडौं– सरकारी सञ्चारमाध्यममा मात्र सरकारी सूचना प्रकाशन र प्रसारण गर्ने

बैंकिङ कसुर मुद्दामा पनि दीपक भट्ट र सुलभ अग्रवाललाई थुनामा पठाउन आदेश

काठमाडौं– व्यवसायी दीपक भट्ट र उद्योगी सुलभ अग्रवाललाई उच्च अदालत

थप तीन स्थानीय तहमा मालपोत सेवा सुरु, स्थानीय तहमा विस्तार हुँदै जग्गा प्रशासन सेवा

काठमाडौं– भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले

जर्मनी र आइभरी कोस्ट शीर्ष स्थानका लागि भिड्दै, इक्वेडरलाई जितको दबाब

काठमाडौं- विश्वकप फुटलबमा समूह ‘इ’ अन्तर्गत शनिबार हुने दोस्रो चरणका