शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा « Khabarhub

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा


२० पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


309
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८० साल पुस २० गते शुक्रबार तदनुसार सन् २०२४ जनवरी ५ तारिख। पुस कृष्ण पक्षको नवमी तिथि। गुरु गोविन्द सिंह जयन्ती। हिन्दु धर्मशास्त्र अनुसार प्रत्येक दिनको महत्व फरक छ। आज शुक्रबारको दिनको धार्मिक महत्त्वबारे चर्चा गर्छौं।

शुक्रबार हिन्दू धर्मावलम्बीले आज शुक्रका साथै सन्तोषी माता र वैभवलक्ष्मीको पूजाआराधना गर्दछन्। साथै यस दिनमा लक्ष्मी माताका अवतार अन्नपूर्णेश्वरी माता र दुर्गा भवानीको पनि पूजा गरिन्छ।

धर्मशास्त्रमा उल्लेख भएअनुसार माता लक्ष्मीको व्रत बसी विधिवत रुपमा पूजा आराधना गर्नुपर्ने मान्यता रहेको छ। जसले जीवनभर तपाईंको आर्थिक पक्ष बलियो बनाउन सहयोग पुर्‍याउँछ।

यो दिन व्रत लिने व्यक्तिले फलाहारका रुपमा चना र सख्खर प्रयोग गर्नु उत्तम हुनेछ। व्रतमा अमिलो खानु ठूलो त्रुटी हुनेछ। साथै यस दिनमा लक्ष्मी माताका अवतार अन्नपूर्णेश्वरी माता र दुर्गा भवानीको पूजा गरिन्छ। धार्मिक रुपमा शुक्रबार तीन किसिमको व्रत तथा पूजा गरिन्छ।

यिनीहरुको व्रत विधि भने अलग–अलग हुन्छन्। यो दिन सेतो कपडा लगाउनुपर्छ। शुक्रबार घरमा खीर बनाएर गरिबलाई बाँड्नाले घरको भण्डार भरिने विश्वास छ। शुक्रबारको दिन सन्तोषी माताको व्रत बस्ने पुरुष तथा स्त्रीले सुख–शान्ति तथा मनोकांक्षा पूरा हुनेछ।

शुक्र ग्रहले पीडित हुँदा शान्तिका लागि सेतो रंगको घोडा दान गर्नुपर्दछ। रंगीन वस्त्र, रेशमी कपडा, घिऊ, सुगन्ध, चिनी, खाद्य तेल, चन्दन, कपुरको दानले शुक्र ग्रहको विपरित दशामा सुधार हुनेछ।

शुक्रसँग सम्बन्धित रत्नको दानले पनि लाभ मिल्नेछ। शुक्र ग्रहसँग सम्बन्धित दशाले समस्याग्रस्त हुनुहुन्छ भने शुक्रबारको दिन व्रत बस्नु राम्रो हुन्छ।

प्रकाशित मिति : २० पुस २०८०, शुक्रबार  ५ : ३३ बजे

‘विकासका लागि सबै जिम्मेवार बन्नुपर्छ’

काठमाडौं– मुलुकको विकास र समृद्धिका लागि राजनीतिक दललगायत सबै जिम्मेवार

छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

काठमाडौं– काठमाडौँका दुई छुट्टाछुट्टै स्थानमा भएका दुर्घटनामा दुई जनाको मृत्यु

रास्वपालाई यी १९ जिल्लाको भर, समानुपातिकमा ठूलो भूगोल छुट्दा पहिलो दल हुनै मुस्किल

काठमाडौं– आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको

यस्तो छ, समानुपातिकको बन्द सूची

काठमाडौं– निर्वाचन आयोगमा आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फको

युएई पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युएई पठाइदिन्छु भन्दै रकम ठगी