‘पायल्ससँगै ठूलो आन्द्राको चेकजाँच गर्न नभुलौं’ | Khabarhub Khabarhub

‘पायल्ससँगै ठूलो आन्द्राको चेकजाँच गर्न नभुलौं’

समयमै सचेत भए क्यान्सरको जोखिमबाट बच्न सकिन्छ


२० पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


750
Shares
  • change font
  • change font
  • change font

अधिकांशले पायल्सको समस्या लुकाउने गर्छन्। लामो समयसम्म दिसा रोक्दा पनि पायल्सको समस्या हुनसक्छ । पायल्स हुनेलाई दिसा आएजस्तो हुने तर दिसा बस्दा नआउने समस्याले सताउने गर्दछ । यसले गर्दा अन्य जटिल शारीरिक समस्या देखिने हुन्छ। यो समस्या नियन्त्रण गर्न बिहान उठेपछि ट्वाइलेट बस्ने बानीको विकास गर्नु जरुरी हुन्छ । पाल्यस, यसको जोखिम र उपचारको विषयमा डा. पवनसिंह भाटसँग खबरहबका लागि पवन मुडभरीले गरेको कुराकानीको सम्पादित अंशः

पायल्स भनेको के हो ?
पायल्स मलद्वारसँग सम्बन्धित रोग हो। मलद्वार भित्रका नशाहरु फुलेर एवं बाङ्गोटिङ्गो भएर दिसा बस्दा मलद्वारबाट रातो सुन्निएको डल्लो आउने समस्यालाई पायल्स भनिन्छ।

हाम्रो मलद्ववारमा दिसा बस्दा सजिलो बनाउने एउटा तन्तु हुन्छ,जो रगतको नसा र गुदी मिलेर बनेको हुन्छ। त्यही नशा फुलेर डल्लो जस्तो बन्नु पायल्स हुनुको मुख्य कारण हो।

पायल्स हुनुका मुख्य कारण के-के हुन्?
हाम्रो मलद्ववारमा दिसा बस्दा सजिलो बनाउने एउटा तन्तु हुन्छ,जो रगतको नसा र गुदी मिलेर बनेको हुन्छ। त्यही नशा फुलेर डल्लो जस्तो बन्नु पायल्स हुनुको मुख्य कारण हो। लामो समयसम्म कब्जियत हुने, भारी वजन उठाउने गर्दा त्यो ठाउँमा प्रेसर हुन्छ र फुलेर पायल्स हुन्छ।

पायल्स मानिसको खानपान र रहनसहनसँग मात्रै सम्बन्धित छ कि वंशाणुगत प्रभाव पनि हुन्छ ?
पायल्स वंशाणुगत कारण हुन्छ भन्ने छैन। खानपान र जीवनशैलीका कारण हुने हो। माछा मासु बढी खाने, कब्जियत भइरहने, समयमा दिसा नबस्ने जस्ता कारणबाट हुने गर्दछ। त्यसमाथि पायल्स दुई प्रकारका हुन्छन्। भित्री पायल्स र बाहिरी पायल्स। कहिलेकाहीँ भित्री र बाहिरी पायल्स मिसिएर पनि आउँछ, जसलाई मिक्स पायल्स भनिन्छ। भित्रबाटै भएर आउने पायल्स खानपान, जीवनशैली तथा ठूलो आन्द्रामा केही समस्या हुँदा आउने हो। कहिलेकाहीँ क्यान्सरका कारण पनि पायल्सको सम्भावना हुन्छ।

आम मानिसमा एउटा धारणा के छ भने पायल्स रोग बिग्रेपछि क्यान्सर हुनसक्छ। यो धारणा कतिको सत्य हो ?
हामीकहाँ उपचारका लागि धेरैले प्रश्न गर्नुहुन्छ- यो बिग्रेर क्यान्सर त हुने होइन ? पहिले नै मलद्वारमा केही समस्या थियो। त्यसमाथि पायल्स भयो र पायल्सको उपचार गर्दागर्दै क्यान्सर देखियो। त्यस्तो अवस्थामा पायल्सका कारण क्यान्सर भयो भन्ने बिरामीको बुझाई भयो। त्यस्तो संयोगले पर्न गएको मात्रै हो। पायल्स बिग्रिएर क्यान्सर हुने होइन।

पायल्स खानपान र जीवनशैलीका कारण हुने हो। माछा मासु बढी खाने, कब्जियत भइरहने, समयमा दिसा नबस्ने कारणबाट पायल्स हुन्छ।

पायल्स हुनबाट बच्न के गर्नुपर्ला ?
खानपानमा ध्यान दिने, कब्जियत हुन नदिने, समयमा बाथरुम जाने, थाइराइड र सुगरका बिरामीहरुले समयमै उपचार गर्नुपर्छ। दिसा राम्रोसँग नियमितभयो भने प्रारम्भिक पायल्सलाई निको पार्न सकिन्छ। युवावस्थामा जिम गर्ने, धेरै वजन भएको भारी उचाल्ने अथवा मलद्वारमा प्रेसर पर्ने खालका काम गर्र्नेहरुमा पायल्सको समस्या छ भने त्यसलाई रोक्नुपर्यो। यति गर्दा केही हदसम्म पायल्सको संक्रमणबाट बच्न सकिन्छ।

पायल्सको उपचार कसरी हुन्छ ?के सबै किसिमको पायल्स निदानमा अपरेसन नै जरुरी छ ?
पायल्स दुई प्रकारका हुन्छन्। भित्री र बाहिरी, भित्री पायल्सका पनि चार चरण हुन्छन्
– पहिलो चरण : कसैकसैमा दिसामा रगत आउन सक्छ। यो पायल्सको सुरुवाती लक्षण हुन सक्छ।
– दोस्रो चरण : दिसा बस्दा मासु हल्का बाहिर आउने तर पछि आफैं जाने। दिशामा रगत आउन पनि सक्छ।
– तेस्रो चरण : मलद्वारको वरीपरी तीन ठाउँबाट मासुको डल्ला देखिन्छ। दिसा गरेर उठेपछि त्यो मासुका डल्लालाई ठेलेर भित्र पठाउनु पर्छ।
– चौथो चरणः मासु बाहिर आएपछि घचेटेर भित्र लान कठिन हुन्छ।
पहिलो र दोस्रो चरणसम्मको पायल्सलाई खानपान र जीवनशैलाीमा ध्यान दियौं, कब्जियत हुन दिएनौं र एउटा बाटामा मनतातो पानीमा बिहान- बेलुका १० मिनेट जति मलद्वार डुबाएर बस्ने काम १५ दिन जति गरियो भने निको हुन्छ। तर तेस्रो र चौथो चरणमा भने अप्रेसन नै गर्नुपर्ने हुन्छ। बाहिरी पायल्स भने औषधि खाएर रोकथाम गर्न सकिन्छ।

युवावस्थामा जिम गर्ने, धेरै वजन भएको भारी उचाल्ने अथवा मलद्वारमा प्रेसर पर्ने खालका काम गर्र्नेहरुमा पायल्सको समस्या छ भने त्यसलाई रोक्नुपर्यो।

पायल्स अपरेसनपछि पनि बल्झिरहने, पूर्णरूपमा निको हुँदैन भन्ने गरिन्छ। अपरेसनपछि पनि बल्झिने समस्या किन हुन्छ ?
उपचार भन्नाले यसको निदान हुने होइन। मलद्वारभित्र या बाहिरको मासु फुलेर बनेको डल्लोलाई पायल्स भनिन्छ। औषधि खाएर होस या अप्रेसन गरेर त्यो डल्लोलाई फाल्ने वा कम गर्ने हो। पायल्स किन हुन्छ त्यो कारण पत्ता लगाएर त्यसमा नियन्त्रण गर्न सक्यौं भने बल्झिने सम्भावना कम हुन्छ।

पायल्सको उपचारमा वैकल्पिक उपचारपद्धति जस्तै आयुर्वेद, होमियोप्याथीको प्रभाव कस्तो देखिन्छ ?
पायल्सको सुरुवाती चरणमा औषधि खाएर कम गर्न सकिन्छ। चाहे त्यो आयुर्वेदिक होस् या अन्य कुनै। उपचार विधि जुनसुकै भए पनि रोगीले खानपानमा कति ध्यान दिन्छ भन्ने विषयले प्रमुख अर्थ राख्छ।

नेपालमा पायल्स रोगीको अवस्था कस्तो छ ?
नेपालमा पछिल्लो समय पायल्स आम समस्या बन्दै गएको छ। माछा मासु, जंक फुडको धेरै प्रयोगको असर पायल्समा देखिएको छ।

उमेर कटिसकेको मानिसललाई पायल्स भएको छ भने कोलोनोस्कोपी गराउनुहोला। जसको माध्यमबाट पछि हुने क्यान्सरबाट बच्न सकिन्छ।

पायल्स र यसको हेलचेक्र्याइबाट निम्तिने क्यान्सर रोगको भयावह बारे जनचेतना जगाउन कति जरुरी छ ?
पायल्स आफैंमा क्यान्सरको कारण होइन। तर पायल्स भइसकेपछि बिरामीले मेरो ठुलो आन्द्रामा पनि समस्या छ कि भन्ने कुरा ख्याल गर्नु जरुरी छ। बाहिरी देशहरु जस्तै युरोप अमेरिकातिर ४० वर्ष कटेपछि कोलोनोस्कोपी गर्ने चलन छ। नेपालमा भने धेरैलाई यसबारे जानकारी छैन।

इण्डोस्कोपी जस्तै कोलोनोस्कोपी एउटा यस्तो परीक्षण प्रक्रिया हो, जसको मद्दतले ठुलो आन्द्राको सम्पूर्ण भाग र सानो आन्द्राको अन्तिम भाग जाँच हुने गर्दछ। यत्ति गर्न सक्यो भने पायल्ससँगै ठुलो आन्द्रामा केही समस्या भए समयमै पत्ता लगाउन सकिन्थ्यो।

अन्तमा यहाँको सुझाव ?
कसैलाई पायल्स भएको छ भने पायल्सलाई मात्रै फोकस गरेर नबस्नुहोला। उमेर कटिसकेको मानिसललाई पायल्स भएको छ भने कोलोनोस्कोपी गराउनुहोला। जसको माध्यमबाट पछि हुने क्यान्सरबाट बच्न सकिन्छ।

प्रकाशित मिति : २० पुस २०८०, शुक्रबार  ७ : ०३ बजे

मुग्लिन पोखरा सडक : पूर्वी खण्डमा ५६, पश्चिम खण्डमा २३ प्रतिशत प्रगति

तनहुँ । मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत पूर्वीखण्डमा ५६ र

इलाम–२ को मतगणना आइतबार बिहानदेखि हुने

काठमाडौं – इलाम क्षेत्र नम्बर २ मा भएको प्रतिनिधिसभा उपनिर्वाचनको

कुम्भमेलामा दर्शनार्थीको घुइँचो, एकै दिनमा डेढ लाखभन्दा बढीको सहभागिता

सुनसरी – सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतराधाममा गत चैत २७ गतेबाट

बाग्लुङबाट पोखरा आउँदै गरेको बस दुर्घटना, १९ घाइते

कास्की । बागलुङबाट पोखरा आउँदै गरेको बस आज साँझ पोखरा

लुक्लामा हवाई उडान प्रभावित हुँदा पर्यटकहरू समस्यामा

सोलुखुम्वु – प्रतिकूल मौसमका कारण सोलुखुम्बुको तेन्जिङ हिलारी विमानस्थल (लुक्ला