जन्मदिनमा के गर्ने, के नगर्ने ? | Khabarhub Khabarhub

जन्मदिनमा के गर्ने, के नगर्ने ?


२० पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

जन्मदिन हामी सबैको खास हुन्छ । पछिल्लो समय जन्मदिन केक काटेर मनाउने प्रचलन बढेको छ । जन्मदिनमा ज्योतिषशास्त्रले पनि केही काम गर्नुलाई निकै राम्रो मानेको छ र केही कामलाई नराम्रो पनि मानेको छ । 

ज्योतिषशास्त्रले जन्मदिनमा गरिब दुखीको सेवा गर्नु निकै राम्रो मानेको छ । जन्मदिनमा हत्या हिंसा त्यागी गरिब दुखीको सेवा गर्न सकिन्छ। 

यही मान्यताअनुसार होला धेरै मान्छेले जन्मदिनको दिन गरिब दुखी वृद्ध तथा बालबालिकालाई खाना खुवाउने गरेको, विभिन्न वृद्धाश्रम अनाथालयमा गएर आफ्नो जन्मदिन मनाएको हामीले देखीरहेका पनि हुन्छौँ ।  

यस दिन पूजा गर्नु र नवग्रह शान्ति गराउँदा राम्रो हुने पनि मान्यता रहेको छ । 

 जन्मदिनमा गर्न नहुने कामहरू 
जन्मदिनको दिन नङ र कपाल काट्ने तथा तेल मालिस गर्ने जस्ता कामहरू गर्नुलाई ज्योतिषशास्त्रले राम्रो मानेको छैन । जन्मदिनको दिन यस्तो काम गर्नु भनेको आयु क्षीण हुनु हो भन्ने पनि विश्वास छ ।

साथै यस दिन सके सम्म पाठपूजा गरेर शाकाहारी  भोजन खानु राम्रो मानिएको छ । जन्मदिनमा कसैलाई झुटो बोल्नु र माछा, मासु  मदिरा जस्ता वस्तु सेवन गर्नुले कुण्डलीमा शनिदशा बिग्रँदै जाने मान्यता रहिआएको छ । 

प्रकाशित मिति : २० पुस २०८०, शुक्रबार  ७ : १७ बजे

मधेश प्रदेश सरकारद्वारा चालु आवमा ७१ प्रतिशतभन्दा बढी रकम खर्च

जनकपुरधाम – मधेश प्रदेश सरकारले चालु आर्थिक वर्षमा कुल बजेटको

सभामुखले भने : लोकतन्त्रको विकल्प छैन

भक्तपुर – सभामुख देवराज घिमिरेले लोकतन्त्रको विकल्पमा अरू कुनै व्यवस्था

पूर्वनिर्वाचन आयुक्त इला शर्माको निधन

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त एवं पूर्वपत्रकार इला शर्माको हृदयाघातका कारण

स्थानीय उत्पादन प्रवर्द्धन गर्दै टीकापुर नगरपालिका

कैलाली – टीकापुर नगरपालिका नगरप्रमुखको कार्यकक्षमा प्रवेश गर्नेबित्तिकै देखिन्छन्, चिटिक्क

नेपालसँगको सम्बन्धलाई चीनले प्राथमिकतामा राखेको छ : झलनाथ खानाल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता एवं