यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य  « Khabarhub

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य 


२० पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबार लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।

जसअनुसार हरियो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी २२० रुपैयाँ र कालो अंगुर ३२० रुपैयाँ, अनार ३०० रुपैयाँ किवी २५० रुपैयाँ, आभोकाडो २५० रुपैयाँ पर्दछ भने अमला ८० र अम्बा १०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

समितिका अनुसार नेपाली ठूलो गोलभेडा ५० रुपैयाँ, लोकल सानो गोलभेडा १० रुपैयाँ, अदुवा १४० रुपैयाँ, रातो आलु ३४ रुपैयाँ, रातो भारतीय आलु ३० रुपैयाँ रहेको छ भने स्थानीय काउली १५ रुपैयाँ, कागती १२० रुपैयाँ, सुकेको खुर्सानी ४८० रुपैयाँ, हरियो खुर्सानी ८० रुपैयाँ, अकबरे हरियो खुर्सानी ४०० रुपैयाँ प्रतिकेजी कायम भएको छ ।

यसैगरी, शुक्रबार लोकल गाँजरको न्यूनतम मूल्य प्रतिकेजी ४० रुपैयाँ, लोकल बन्दा ४० रुपैयाँ, लोकल सेतो मूला र रातो मूला १० रुपैयाँ रहेको छ भने लोकल घिउ सिमी ४० रुपैयाँ, राजमा घिउ सिमी ८० रुपैयाँ र हरियो फर्सी लाम्चो २० रुपैयाँ, डल्लो हरियो फर्सी ३० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । 

यता, तोरीको साग ४० रुपैयाँ र रायो साग ३० रुपैयाँ छ भने चमसूर, पालूगो  मेथी, सौफको साग ९० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

तराई परवर ८० रुपैयाँ, गुन्द्रुक २५० रुपैयाँ, भारतीय सुकेको प्याज ८५ रुपैयाँ, चाइनिज प्याज ६० रुपैयाँ, हरियो प्याज ९० रुपैयाँ, पुदीना २२० रुपैयाँ केजी कायम गरिएको छ । ब्रोकाउली ४० रुपैयाँ, चाइनिज सुकेको लसुन २५० रुपैयाँ छ भने हरियो लसुन १२० र नेपाली सुकेको लसुन २६० रुपैयाँ पर्दछ ।

डल्ले भान्टा ४० रुपैयाँ र हरियो धनियाँ १०० रुपैयाँ पाइने समितले जनाएको छ । यसैगरी, ताजा छडी माछा २४० रुपैयाँ र बचुवा माछा २६० रुपैयाँ प्रतिकेजी पाइन्छ भने रहु माछा ३६० रुपैयाँ र मंगुरी माछा ३०० रुपैयाँमा किनबेच भइरहेको छ।

प्रकाशित मिति : २० पुस २०८०, शुक्रबार  ९ : ०८ बजे

चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी सुरु

चितवन– चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी पुनः सुरु भएको छ

दसैँको बक्सअफिसमा चार स्टारको भिडन्त, कसले मार्ला बाजी ?

काठमाडौँ– नेपाली चलचित्रका लागि दसैँ केवल चाडपर्वको समय होइन, बक्सअफिसमा

अन्नपूर्ण पदमार्गमा पर्यटकको आगमन बढ्दै

लमजुङ– बाढीपहिरो र हिमपातका कारण प्रभावित बनेको अन्नपूर्ण चक्रीय पदमार्गमा

चार देशमा प्रस्तावित राजदूतको संसदीय सुनुवाइ हुँदै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेको संसदीय सुनुवाइ समितिको बैठक आज

विश्वासको शिर कहिल्यै झुक्ने छैन : कांग्रेस उपसभापति भण्डारी

काठमाडौंँ– नेपाली कांग्रेसका नवनिर्वाचित उपसभापति डा. चन्द्रकान्त भण्डारीले आफूलाई विश्वास