चिनियाँ प्रतिनिधिमण्डलप्रति भारतीय विदेशमन्त्रीको कुनै असहमति छैन : प्रधानमन्त्री « Khabarhub

चिनियाँ प्रतिनिधिमण्डलप्रति भारतीय विदेशमन्त्रीको कुनै असहमति छैन : प्रधानमन्त्री


२० पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतीय विदेश मन्त्रीले आफ्नो भ्रमण भएकै बेला चिनियाँ प्रतिनिधिमण्डलले गरेको भ्रमण प्रति रोष प्रकट गरेको विषयमा सत्यता नभएको बताएका छन् ।

शुक्रबार बिहान प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन २०६६ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलका क्रममा प्रधानमन्त्री प्रचण्डले सो स्पष्टीकरण दिएका हुन् ।

‘भारतीय विदेश मन्त्रीले चिनिँया प्रतिनिधि मण्डलको भ्रमणलाई लिएर असन्तुष्टी जनाएको भन्नेमा विषयमा कुनै सत्यता छैन, मसँगको कुराकानीमा उहाँ (एस जयशंकर)ले एक शब्द पनि उहाँले उच्चारण गर्नुभएको छैन्,’ उनले भने, ‘मसँगको अनौपचारिक ‘वान टु वान’ कुरा हुँदा पनि यो विषयमा प्रश्न चासो उहाँले राखेको हैन, यो प्रष्ट हुन अनुरोध गर्छु कि यो गलत चर्चा हो ।’ 

नेकपा एमालेका सांसद रघुजी पन्तले चिनियाँ प्रतिनिधि मण्डलको भ्रमण प्रति भारतीय विदेश मन्त्री जयशंकरले असनतुष्टी जनाएको भन्ने विषयबारे प्रस्टयाउनुपर्ने धारणा राखेका थिए । ‘चिनीयाँ पदाधिकारी आएकोमा असन्तुष्टि यस जयशंकरले पोख्नुभयो भन्ने कुरा आयो, यो कुटनैतिक दृष्टिकोणले ठिक भएन । नेपाल सार्वभौम भएकाले जो पनि आउन पाउँछन् ।’ पन्तले सो धारणा राखे पछि प्रधानमन्त्री प्रचण्डको सो स्पष्टीकरण आएको हो । 

बिहीबार दिउँसो चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का युनान प्रान्त डेपुटी सेक्रेटरी सी युगाङ चारदिने भ्रमणका लागि काठमाडौं आएका छन्, जुन दिन भारतीय विदेश मन्त्री यस जयशंकर पनि नेपाल आएका हुन ।

प्रकाशित मिति : २० पुस २०८०, शुक्रबार  ११ : ३४ बजे

संसद्मा बादलको भाषणले एमालेभित्र ‘भुइँचालो’, विष्णु पौडेलले भने – पार्टीमा गम्भीर समीक्षा हुन्छ

काठमाडौं – प्रतिनिधिसभामा रामबहादुर थापा ‘बादल’ले दिएको भाषणपछि नेकपा (एमाले)

चितवनमा अन्तरराष्ट्रिय मौरी सम्मेलन हुने

चितवन – चितवनमा अन्तरराष्ट्रिय मौरी सम्मेलन हुने भएको छ ।

मकवानपुरमा करेन्ट लागेर एक जनाको मृत्यु, दुई जना घाइते

मकवानपुर – बिजुलीको पोल गाड्ने क्रममा करेन्ट लागेर मकवानपुरगढी गाउँपालिका–२

आजका समाचार : संसद्‍मा शीर्ष नेताहरूको सम्बोधन, ओली-लेखक थप दुई दिन हिरासतमै रहने, एसईई सुरु र पश्चिम एशियामा युद्ध जारी

एमालेलाई रमेश लेखकको माया लाग्दा कांग्रेससहितका अरू दल सरकारसँग नरमप्रतिनिधिसभाको

सरकारले ७८ गाउँपालिकामा खटायो प्रमुख प्रशासकीय अधिकृत

काठमाडौं- सरकारले ७८ गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत खटाएको छ ।