मानव तस्करी गरी रसियन सेनामा भर्ती हुन पठाएको आरोपमा ट्राभल एजेन्सीका दुई सञ्चालक पक्राउ « Khabarhub

मानव तस्करी गरी रसियन सेनामा भर्ती हुन पठाएको आरोपमा ट्राभल एजेन्सीका दुई सञ्चालक पक्राउ


२० पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मानव तस्करी गरी रसियन सेनामा भर्ती हुन पठाएको आरोपमा ट्राभल एजेन्सीका दुई जना सञ्चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोरखा घर भई काठमाडौंकाे मिलनचोक बस्ने ३१ वर्षीय अर्जन श्रेष्ठ भन्ने अर्जुन सुनार र सोलुखुम्बु घर भई जोरपाटी बस्ने ३५ वर्षीय शेखर भन्ने शेरबहादुर राई रहेका छन्

दुवैले अलास्का ट्राभल्सको सञ्चालक रहेको बताउँदै बेरोजगार युवाहरूलाई रसियामा रहेको होटलमा आकर्षक तलब हुन्छ, त्यसका लागि  ६ लाख रुपैयाँ लाग्छ भनी प्रलोभन देखाएर मानव तस्करी गरेको प्रहरीले जनाएको छ । उनीहरुले शंकर कार्की, राजन राई र विकास राईबाट ६ लाख रुपैयाँ लिई रसिया पठाएको र रसिया पुगेपश्चात् रिसिभ गर्ने व्यक्तिलाई थप ८०० डलर दिन शंकर कार्कीलाई बाध्य बनाएको प्रहरीले जनाएको छ । पछि रसिया पुगेका कार्कीलाई दलालले होटेलमा काम छैन, तपाईहरु सेनामा भर्ती हुन आउनुभएको हो, तालिम गर्नुपर्छ भनेपछि उनी स्वेदश फर्केर काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा निवेदन दिएका थिए ।

उनले एसएलसी मात्र पास गरेको र सबै नक्कली कागजात समेत ट्राभल्सबालाले नै बनाइदिइएकाले आवश्यक कारबाही गरी पाउँ भनी  आफूसँग भएको प्रमाण सहित जाहेरी दिएकोमा रसिया पठाइ मानव तस्करी कार्यमा संलग्न रहेको आरोपमा अलस्का ट्राभल्सका सञ्चालक दुबैलाई  काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलिले बिहीबार माइतीघर र थापागाउँबाट पक्राउ गरेको हो ।

उनीहरूलाई  मानव तस्करी गरी ठगी गरेको अपराध कसुरमा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको प्रहरीले जनाएको छ । राजन राई र विकास राईलाई रसिया आर्मीमा भर्ना गरिएकोबारे नक्कली कागजातको आधारमा सेटिङ मिलाई बेरोजगार युवाको तस्करी गरी झुट्टा प्रलोभनमा पारी ठगी गर्ने कार्यमा संलग्न रहेकोबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ  ।

प्रकाशित मिति : २० पुस २०८०, शुक्रबार  ४ : ३४ बजे

निर्वाचन आउन ८८ दिन बाँकीः आजदेखि समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम सुरु

काठमाडौं – प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति आउन अब ८८ दिन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल मंसिर २१ गते आइतबार तदनुसार

आज २०८२ साल मंसिर २१ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल मंसिर २१ गते आइतबार तदनुसार

श्रीलङ्काद्वारा चक्रवातले क्षतिग्रस्त घरहरू पुनर्निर्माणका लागि बृहत् राहत योजना सार्वजनिक

कोलम्बो – विपद्ग्रस्त श्रीलङ्काले घातक चक्रवातले क्षतिग्रस्त घरहरू पुनर्निर्माण गर्न