हिन्दू राष्ट्र र संवैधानिक राजसंस्था पुनर्स्थापना भएरै छाड्छ : अध्यक्ष थापा « Khabarhub

हिन्दू राष्ट्र र संवैधानिक राजसंस्था पुनर्स्थापना भएरै छाड्छ : अध्यक्ष थापा


२० पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

वीरेन्द्रनगर- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले अहिले मुलुकको व्यवस्था र अवस्था परिवर्तन गर्न आवश्यक भएको बताएका छन् ।

अहिलेको प्रणालीले मुलुकको हित र रक्षा हुन नसक्ने भन्दै अध्यक्ष थापाले हिन्दू राष्ट्र र संवैधानिक राजसंस्था पुनर्स्थापना भएरै छाड्ने दाबी गरे ।

अहिलेको व्यवस्था र प्रणाली भ्रष्टतन्त्रमा परिणत भइ मनपरीतन्त्र र कुशासन हाबी भएको भन्दै थापाले आन्दोलनको वातावरण निर्माण गर्न कार्यकर्तालाई आग्रह गरे ।

पार्टीको कर्णाली क्षेत्रस्तरीय प्रशिक्षणको सुर्खेतको वीरेन्द्रनगरमा उद्घाटन गर्दै थापाले सबै राष्ट्रवादी, देशभक्त र प्रजातन्त्रवादी शक्तिहरुबीच एकता र मोर्चा निर्माण गरि आन्दोलनको आँधीबेहरी सिर्जना गर्नुपर्ने बताए ।

राप्रपा सत्ता केन्द्रित भएर अघि बढ्न खोज्नु दुर्भाग्यपूर्ण भन्दै द्वैध नीति त्यागी आन्दोलनको बाटोबाट मात्र अघि बढ्न समेत सुझाव दिए । आन्दोलनको विकल्प नभएको भन्दै थापाले वृहत मोर्चा निर्माण गरि आन्दोलनमा जान आफूले भूमिका खेलिरहेको समेत बताए ।

कार्यक्रममा उपाध्यक्ष गोविन्दविक्रम शाह, ईश्वर श्रेष्ठ ,धनबहादुर थापा, सूर्य शाही, जीवन चन्द लगायतले आफ्नो धारणा राखेका थिए ।

प्रकाशित मिति : २० पुस २०८०, शुक्रबार  ४ : ०७ बजे

आइपीएल : कोलकाताको लगातार तेस्रो जित, हैदरावाद ८० रनले पराजित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत भएको खेलमा कोलकाता

ढोलझ्याम्टाको ताल र साकेला गीतले गुञ्जयमान गाउँबस्ती

खोटाङ – किरात समुदायको चाड ‘साकेला उँभौली’ यही वैशाख १८

सुकुम्बासी बस्ती खाली गराउँदा बालबालिकाको शिक्षामा असर नपार्न निजी विद्यालय संगठनहरूको आग्रह

काठमाडौं – उपत्यकासहित देशका विभिन्न नदी किनार तथा जोखिमयुक्त स्थानमा

आईपीएल : गुजरातलाई पञ्जाबले दियो १६५ रनको लक्ष्य

काठमाडाैं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आइतबार भएको दोस्रो

‘पर्यटकीय महत्त्व बोकेका क्षेत्रलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको छ’

कैलाली – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिमका ऐतिहासिक, धार्मिक