'धरान डे' : प्रधानमन्त्री प्रचण्ड नगएपछि मेयर बालेन्द्र बने अतिथि | Khabarhub Khabarhub

‘धरान डे’ : प्रधानमन्त्री प्रचण्ड नगएपछि मेयर बालेन्द्र बने अतिथि


२० पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


381
Shares
  • change font
  • change font
  • change font

धरान- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बोलाउने प्रयास असफल भएपछि शुक्रबार धरानमा आयोजित ‘धरान डे’ उत्सवको उद्घाटन समारोहमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह पुगेका छन् । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईको विशेष निम्तोमा मेयर शाह अतिथिका रुपमा धरान पुगेका हुन् ।

स्वतन्त्र रुपमा निर्वाचित काठमाडौं र धरानका मेयरहरु सामाजिक सञ्जालमा निकै सक्रिय मानिन्छन् । दुबै मेयरका काम र भनाइले सामाजिक सञ्जालमा चर्चा पाउने गरेको छ ।

पब्लिक हाईस्कुलको खेलमैदानमा आयोजित उद्घाटन समारोहको मञ्चमा काठमाडौं र धरानका मेयरहरु एकैसाथ देखा परेका थिए । यसअघि उक्त कार्यक्रमको प्रमुख अतिथिका रुपमा धरानका मेयर र उपमेयरले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई निम्ता दिएका थिए ।

तर, भारतीय विदेशमन्त्री एस. जयशङ्करको नेपाल भ्रमणको समयमा ‘धरान डे’ सुरु भएकाले प्रचण्ड धरान जान नपाएको बताइएको छ । प्रधानमन्त्री धरान आउन नसक्ने भएपछि आक्रोशित हुँदै मेयर साम्पाङले आफ्नो कार्यकक्षबाट प्रधानमन्त्री प्रचण्ड र राष्ट्रपति रामचन्द्र पौडेलको तस्बिर हटाएर किराती राजा यलम्बरको तस्बिर राखेका थिए ।

प्रकाशित मिति : २० पुस २०८०, शुक्रबार  ७ : २५ बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका