कमजोर चिनियाँ अर्थतन्त्र र राष्ट्रपति सीको बाध्यता | Khabarhub Khabarhub

कमजोर चिनियाँ अर्थतन्त्र र राष्ट्रपति सीको बाध्यता


२० पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्राकोष आईएमएफले हालै सार्वजनिक गरेको प्रतिवेदनमा चिनियाँ अर्थतन्त्र कमजोर हुँदै गएको देखाएको छ । ती प्रतिवेदनमा भारतीय अर्थतन्त्रले भने उत्कृष्ट प्रदर्शन गरेको उल्लेख छ ।

गत डिसेम्बर १४ मा विश्व बैंकले जारी गरेको प्रतिवेदनमा कोरोना भाइरसको महामारीयता चिनियाँ अर्थतन्त्रको सुधार ‘नाजुक’ रहेको भन्दै सन् २०२४ मा चिनियाँ अर्थतन्त्रमा सुस्तता आउने जनाइएको छ । सन् २०२४ मा चिनियाँ अर्थतन्त्रको वार्षिक वृद्धिदर घटेर ४ दशमलब ५ प्रतिशतमा पुग्ने उक्त प्रतिवेदनमा जनाइएको छ । सन् २०२३ मा चिनियाँ अर्थतन्त्र ५ दशमलव २ प्रतिशतले बढेको थियो ।

पछिल्लो समय चिनियाँ अर्थतन्त्रको घरजग्गा क्षेत्रमा चुनौती देखिएको छ । त्यसबाहेक चीनमा निर्मित वस्तुहरुको माग पनि अन्तर्राष्ट्रिय बजारमा घटेकाले निर्यात पनि सुस्ताएको छ । यसबाट उच्च कर्जा अनुपात देखा परेको छ भने उपभोक्ताको विश्वासमा पनि कमी आएको छ ।

विश्व बैंकले सन् २०२५ मा चिनियाँ अर्थतन्त्रको वृद्धिदरमा अझ बढी गिरावट आएर ४ दशमलब ३ प्रतिशत हुने प्रक्षेपण गरेको छ । गत दुई दशकयता चीनले हासिल गरेको दोहोरो अङ्कको आर्थिक वृद्धिदर यससँगै अन्त्य हुने अपेक्षा गरिएको छ ।

पछिल्ला केही वर्षहरुमा चिनियाँ अर्थतन्त्रको वृद्धिदरमा तीव्र उतारचढाव देखिएको छ । सन् २०२० मा चिनियाँ अर्थतन्त्र केबल २ दशमलब २ प्रतिशतले बढ्दा सन् २०२१ मा यो ८ दशमलव ४ प्रतिशतले बढेको थियो । त्यसैगरी, सन् २०२२ मा चिनियाँ अर्थतन्त्रमा तीन प्रतिशतको वृद्धि भएको थियो ।

महामारीको प्रभावसँगै प्रविधि आदान प्रदानमा गरिएको कडाई र घरजग्गा क्षेत्रमा देखिएको संकटका कारण चिनियाँ अर्थतन्त्रमा बेरोजगारी र उपभोक्ताको विश्वासमा कमी आएको बताइएको छ । विश्व बैंकको प्रतिवेदनमा महामारीपछि चीनमा सेवा क्षेत्रका अदक्ष कामदारको रोजगारी सिर्जना भएको र फलस्वरुप उनीहरुको तलबमा पनि कमी आएको उल्लेख गरिएको छ ।

साम्यवादी मुलुक भएपनि चीनमा सामाजिक सुरक्षाको अवस्था भने अझै कमजोर रहेको छ । सोही कारण पनि चिनियाँ उपभोक्ताको विश्वासमा कमी आइरहेको छ । त्यसबाहेक चिनियाँ समाजमा बढ्दो ज्येष्ठ नागरिकको सङ्ख्याले युवा पुस्तामाथि दबाब सिर्जना गरेको छ ।

आईएमएफले सार्वजनिक गरेको प्रतिवेदनको चौथो खण्डमा बढ्दो बुढ्यौली जनसङ्ख्या, लगानीमा न्यून प्रतिफल र भू आर्थिक विखण्डनका कारण चिनियाँ अर्थतन्त्रको वृद्धिदर घटेको जनाइएको छ । आईएमएफले उत्पादकत्व बढाउन बजारमैत्री संरचनागत सुधारको खाँचो देखाएको छ, जुन राष्ट्रपति सी जिन्पिङको शास्त्रीय साम्यवादी विचारसँग मेल खाँदैन ।

त्यसका विपरीत आईएमएफले भारतीय आर्थिक प्रगतिको प्रसंशा गरेको छ । आईएमएफको प्रतिवेदनमा भारतीय अर्थतन्त्रले ‘उत्कृष्ट प्रदर्शन’ गरेको भन्दै भारतले विश्वको वृद्धिमा १६ प्रतिशत योगदान दिएको उल्लेख गरेको छ ।

आईएमएफले भारतीय डिजिटल पूर्वाधार, सरकरी सहयोग र दीगो वृद्धिका लागि आवश्यक मौद्रिक नीतिका कारण आर्थिक वर्ष सन् २०२३–२४ मा भारतले ६ दशमलब ३ प्रतिशतको वृद्धि हासिल गर्ने जनाएको छ ।

आईएमएफ र विश्व बैंकले भारतको लोभलाग्दो आर्थिक विकासको चर्चा गरेका छन् । पछिल्लो समय एप्पल, फक्सकनजस्ता ठूला कम्पनीहरुले भारतमा आफ्नो सामान उत्पादन गर्न थालेका छन् ।

पछिल्लो समय अमेरिकासँग सम्बन्ध सुधार गरी अमेरिकी लगानी भित्र्याउने राष्ट्रपति सीको प्रयासलाई भारतको तुलनामा चिनियाँ अर्थतन्त्रको गिर्दो अवस्थालाई प्रतिबिम्बित गर्छ । साङ्घाइ र सन फ्रान्सिस्को भ्रमणबाट राष्ट्रपति सीले विदेशी लगानीकर्तालाई विश्वस्त पार्न खोजेका थिए । तर यसले शास्त्रीय साम्यवादतर्फ उन्मुख हुने सीको नीति असफल भएको स्पष्ट पार्छ ।

प्रकाशित मिति : २० पुस २०८०, शुक्रबार  १२ : २२ बजे

नाङ्लो बेचेर गुजारा गर्दै लहानका सदाय समुदाय

लहान– गरिबी र विपन्नताको जाँतोमा पिल्सिएका यहाँका सदाय समुदायमा यतिबेला

शुक्रबार सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो

काठमाडौं– आज सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य

कञ्चनपुरमा मृत भेटिए दम्पती

कञ्चनपुर – लालझाडी गाउँपालिका–१ विनाबारीका ४५ वर्षीय रमेश बडायक र

प्राधिकरणले काट्यो ३४ उद्योगको लाइन, ८ वटाले गरे किस्ताबन्दीमा बिल बुझाउने सम्झौता

काठमाडौं –  नेपाल विद्युत प्राधिकरणले शुक्रबार बिहानसम्म ३४ उद्योगको लाइन

डेङ्गी नियन्त्रण प्रयास : आज सरसफाइ अभियान

काठमाडौं– सरकारले डेङ्गीको महामारी फैलन नदिन आज देशभरका सरकारी कार्यालय