काठमाडौँ–दिल्ली–काठमाडौं मार्गको हवाई उडानमा क्यान्सरपीडितलाई छुट | Khabarhub Khabarhub

काठमाडौँ–दिल्ली–काठमाडौं मार्गको हवाई उडानमा क्यान्सरपीडितलाई छुट


२२ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल वायुसेवा निगमले क्यान्सरपीडित बिरामीलाई काठमाडौँ–दिल्ली–काठमाडौँ मार्गमा निःशुल्क हवाई सेवा प्रदान गर्दै आएको जनाएको छ । 

सामाजिक उत्तरदायित्वअन्तर्गत निगमले उक्त मार्गमा हवाई भाडादरमा क्यान्सरका बिरामीलाई शतप्रतिशत र कुरुवालाई ५० प्रतिशतसम्म छुट प्रदान गर्दै आइरहेको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए।

‘विश्व अर्बुदरोग दिवस (विश्व क्यान्सर दिवस) का सन्दर्भमा यो रोग लाग्नबाट बचौँ र बचाऔँ भनी ऐक्यबद्धता जनाउँदै निगमको सामाजिक उत्तरदायित्वअन्तर्गत सम्बद्ध परिवारलाई थोरै भए पनि राहत पुगोस् भनी नेपाल वायुसेवा निगमले डाक्टरको रिपोर्ट र नेपाल क्यान्सर राहत समाजको सिफारिसका आधारमा निगमको काठमाडौँ–दिल्ली–काठमाडौँ सेक्टरको हवाई भाडादरमा अर्बुदरोग भएका बिरामीलाई शतप्रतिशत र कुरुवालाई ५० प्रतिशतसम्म छुट प्रदान गर्दै आइरहेको जानकारी गराउँदछौँ’, निगमद्वारा प्रकाशित विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २२ माघ २०८०, सोमबार  ३ : १८ बजे

जब माधव नेपालले प्रधानमन्त्री ओलीलाई संसद्‍मा देखेनन्

काठमाडौं- आफूले बोल्ने बेलामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसद् बैठकमा

दूतावासको पत्र प्रकरणमा रविले गरे उपसभामुखको बचाउ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेले उपसभामुख

कांग्रेस-एमाले सहकार्यबारे रविको टिप्पणी : विनोद चौधरीले बालकोटमा गीत गाएपछि हामीलाई झस्कायो

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाली कांग्रेस र

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले दिए राजीनामा

हेटौडा– बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले राजीनामा दिएका छन् ।

वर्षमान पुनको तर्क- ओलीले गलत तथ्याङ्क प्रस्तुत गरे

काठमाडौं– माओवादीका सांसद वर्षमान पुनले सात नयाँ सरकारको सात बुँदे