पच्चीस हजार अमेरिकी डलरसहित चिनियाँ नागरिक पक्राउ « Khabarhub

पच्चीस हजार अमेरिकी डलरसहित चिनियाँ नागरिक पक्राउ


२२ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

काठमाडौंअवैधरूपमा बाह्य मुलुकतर्फ लैजान लागेको २५ हजार अमेरिकी डलरसहित चिनियाँ नागरिकलाई नेपाल प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीको त्रिभुवन विमानस्थलस्थित सुरक्षा टोलीले अवैधरूपमा लुकाएर बाह्य मुलुकतर्फ लैजान लागेको एक सय दरका दुई सय ५० थान अमेरिकी डलरसहित चिनियाँ नागरिक २९ वर्षीय सियुआई विङक्यानलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

चाइना साउथर्नको उडानद्वारा काठमाडौँबाट चीनको ग्ङ्जाउ जान लागेको अवस्थामा उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ह्याण्ड ब्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा विङक्यानलाई प्रहरीले पक्राउ गरेको हो । 

उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि पुल्चोकस्थित राजस्व अनुसन्धान विभागमा पठाइएको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति : २२ माघ २०८०, सोमबार  ३ : ३९ बजे

चालु आवमा ८५ आयोजनाको बजेट सुरक्षित : दुई दर्जन योजना अलपत्र

काँक्रेविहार– चालु आर्थिक वर्षमा कार्यान्वयन गर्न कर्णाली प्रदेश सरकारले आवश्यकता

कांग्रेस देउवा पक्षले पत्रकार सम्मेलन गर्दै

काठमाडौं– नेपाली कांग्रेसले आज पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ

मध्यपहाडी लोकमार्ग : ‘आर्क ब्रिज’ निर्माण सुरु

पर्वत– पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वत खण्डमा पर्ने मोदीखोलामा ‘आर्क

म्याग्दीका ध्रुवले फलाए १२० मुरी धान

म्याग्दी–  यहाँका एक जना किसानले एक सय २० मुरी धान

यस्तो छ आजको फलफूल तथा तरकारीको थोक मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि