प्रतिनिधिसभाको क्यालेन्डर स्वीकृत,सांसदको विद्युतीय हाजिरी सुरु « Khabarhub

प्रतिनिधिसभाको क्यालेन्डर स्वीकृत,सांसदको विद्युतीय हाजिरी सुरु


२२ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रतिनिधिसभाले १५ फागुनसम्मको क्यालेन्डर स्वीकृत गरेको छ । आज बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले आजदेखि १५ फागुनसम्म बैठक बस्ने दिन र त्यस दिन संसदमा छलफल गरिने विषयसहितको क्यालेन्डर स्वीकृत गरेको हो ।

प्रतिनिधिसभाको क्यालेन्डर अनुसार माघ महिनामा २२ र २४ गते बैठक बस्नेछन् । त्यसपछि फागुनमा ४ वटा बैठक बस्नेछन् ।

जसमा फागुनमा ६ गते, १० गते, ११ गते, १३ गते र १४ गते बैठक बस्नेछ । समितिको बैठकले सो दिन छलफल हुने विषयको तालिका पनि सार्वजनिक गरेको छ ।

यस्तै बैठकले अबदेखि सांसदहरुको विद्युतीय हाजिरी गर्ने र वेबसाइटमार्फत विवरण सार्वजनिक गर्ने निर्णय पनि गरेको छ ।

प्रकाशित मिति : २२ माघ २०८०, सोमबार  ४ : २३ बजे

निर्वाचन केन्द्रित सुरक्षा चुस्त पार्दै नेपाल प्रहरी

काठमाडौं– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित

रवि लामिछाने आज छुट्ने

काठमाडौं – सहकारी ठगीमा जेल परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति

निर्वाचन आउन ७६ दिन बाँकी : समावेशी प्रतिनिधित्व गराउन कानूनमा संशोधन

काठमाडौं – समानुपातिकतर्फको निर्वाचन प्रणालीमा जनसङ्ख्याको आधारमा प्रतिशत निर्धारणका लागि

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल पुस ४ गते शुक्रबार तदनुसार