काठमाडौं– जिल्ला अदालत काठमाडौंले बाँसबारीको १० रोपनी जग्गा निजीकरण गरेको आरोपमा पक्राउ परेका व्यवसायी अरुणकुमार चौधरीसहित तीन जनामाथि अनुसन्धान गर्न दुई दिन म्याद थप गरेको छ ।
काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी चन्द्रप्रसाद पन्थीका अनुसार अभियुक्तहरुलाई दुई दिन थुनामा राखी थप अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।
जग्गा हिनामिना गरेको आरोपमा तत्कालीन च्याम्पियन फुटवेयर प्रालिका सञ्चालक अरुणकुमार चौधरी, बाँसबारी छाला जुत्ता कारखानाका लिमिटेडका तत्कालीन अध्यक्ष अजितनारायण सिंह थापा र सिजी चाँदाबाग रेसिडेन्सी प्रालिका अध्यक्ष सञ्जय ठाकुर थुनामा छन् ।
केन्द्रीय अनुसन्धान ब्युरोले उनीहरूलाई माघ १८ मा पक्राउ गरेको हो ।
यसअघि प्रकाशित समाचारमा दुई दिन हुनुपर्नेमा अन्यथा भएकाले क्षमा याचनासहित सच्याइएको छ- सं.
प्रतिक्रिया