बाँसबारीको जग्गा : भगवानले खोलेको भित्री रहस्य | Khabarhub Khabarhub

बाँसबारीको जग्गा : भगवानले खोलेको भित्री रहस्य

जग्गा हडप्ने कार्यमा अरुण चौधरीसँगै अरु पनि


२२ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


52.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चर्चित मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाको आत्मवृतान्तमा आधारित पुस्तक ‘हृदय’ ०७८ असोजमा प्रकाशित भयो । सोही पुस्तकमा उल्लेखित डेढ पृष्ठ लामो वृतान्तका कारण आज सरकारले बाँसबारी छालाजुत्ता कम्पनीको सरकारी जग्गा हिनामिनामा छानबिन थाल्न बाध्य बनेको छ ।

सरकारी जग्गा हिनामिना प्रकरणमा अरुणकुमार चौधरी र अजितनारायण थापा पक्राउ परेका छन् । विनोदकुमार चौधरी र जग्गा हिनामिना गर्ने अरु पनि पक्राउ पर्ने लाइनमा छन् । बाँसबारीको जग्गा हिनामिना गर्नेमा चौधरीका साथै अरुको पनि संलग्नता रहेको रहस्य डा. कोइरालाको पुस्तकले खोलेको छ ।

आखिर गंगालाल अस्पतालका प्रमुखसमेत भइसकेका डाक्टर भगवान कोइरालाले आफ्नो पुस्तकमा के लेखेका थिए, जसले सरकारलाई झक्झकायो ? यसबारे बुझ्न उनको पुस्तकको पृष्ठ नम्बर ११० र १११ पढ्नुपर्ने हुन्छ ।

तत्कालीन मन्त्रिपरिषदले २०५२ सालमा राष्ट्रिय हृदयरोग केन्द्र स्थापना गर्ने निर्णय गरेको थियो । त्यसलगत्तै सरकारले बाँसबारी छालाजुत्ता कारखानाको ३५ रोपनी जग्गा हृदयरोग केन्द्रलाई दिने निर्णय गरेको डा. कोइरालाले पुस्तकमा उल्लेख गरेका छन् ।

आफूले अस्पतालको जिम्मेवारी सम्हाल्दा ०५८ सालमा कारखानाको ५५ रोपनी जग्गा गंगालालको भोगचलनमा आइसकेको कोइरालाले बताएका छन् । उनले भनेका छन्, ‘दक्षिणपट्टिको ३५ रोपनी जग्गामध्ये १० रोपनी तत्कालीन च्याम्पियन शु फ्याक्ट्रीको नाममा गइसकेको रहेछ ।’

जग्गा कब्जामा अरु पनि संलग्न

सरकारी जग्गा क्लबका नाममा समेत अतिक्रमणमा परेको डा. कोइरालाको पुस्तक पढ्दा खुलासा हुन्छ । उनले पुस्तकमा लेखेका छन्, ‘पूर्वदक्षिणतिरको करिब ७ रोपनी जग्गा बाँसबारी फुटबल क्लबले भोग गरिरहेको रहेछ ।’

डा. कोइराला आफ्नो पुस्तकमा लेख्छन्, ‘गंगालालको भोगचलनमा आइसकेको जग्गा पनि विभिन्न स्थानीय व्यक्ति तथा संस्थाबाट अतिक्रमण भइरहेको थियो ।’

कोइरालाले पुस्तकमा भनेका छन्, ‘फुटबल क्लबले भोग गरेको जग्गामा पनि पर्खाल लगाउन खोज्दा स्थानीय तथा क्लबका भाइहरुले हंगामा गरे । हामी पनि कडाइका साथ प्रस्तुत भयौं ।’

कोइरालाले अगाडि भनेका छन्, ‘पछि स्थानीयलाई पनि सहमतिमा लिएर जग्गा सुरक्षित गरी छाड्यौं ।’

दिउँसो पर्खाल लगाउन खोज्दा स्थानीयले अवरोध गरेपछि राति पर्खाल लगाएर काम तमाम गरिदिएको डा. कोइरालाले स्पष्ट पारेका छन् ।सरकारी जग्गामा स्थानीयले बनाएको एउटा सानो मन्दिर पनि पर्खालभित्र पारिदिएपछि ‘हाम्रो मन्दिर खायो’ भनेर हल्ला मच्चाइएको र केही दिनसम्म विरोध भएको डा. कोइरालाको भनाइ छ ।

डा. कोइरालाले पुस्तकमा भनेका छन्, ‘जिम्मेवारी लिएर पदमा बसेको हुनाले सरकारी जग्गाको सुरक्षा गर्नु मेरो कर्तव्य थियो । स्थानीयहरुसँग विवाद भएपछि जग्गा नियन्त्रणमा लिने निर्णय गर्‍यौं ।’

गंगालाल हृदयरोग केन्द्र

पश्चिमतर्फ बाँकी रहेको ९ रोपनी खाली जग्गा र फुटबल ग्राउण्ड भएको करिब सात रोपनी जग्गा पनि शरतसिंह भण्डारी स्वास्थ्यमन्त्री भएका बेला गंगालालले भोगचलन गर्न पाउने गरी क्याबिनेटबाट निर्णय भएको डा. कोइरालाले उल्लेख गरेका छन् ।

६ रोपनी वीपीका नाममा

त्यसो त सरकारी जग्गामा अनेक तरिकाले कब्जा जमाउने प्रचलन देशमा बढेको छ । व्यक्तिले आफ्नो नाममा सरकारी जग्गा हडप्न नसकेपछि संस्था बनाउने र त्यसैका नाममा कब्जा जमाउने गरिएको पाइन्छ । जस्तो– अहिले बागमती कोरीडोरमा सकुम्बासीलाई हटाउने प्रयास भइरहे पनि कतै साईबाबाका नाममा त कतै रविशंकरका नाममा जग्गा लिएर कम्पाउण्ड गर्ने कार्य भइरहेको छ । भक्तपुरको घ्याम्पेडाँडामा पाइटल बाबाका नाममा समेत सरकारी जग्गा प्रयोग भएको छ ।

देशैभरि संघसंस्थाका नाममा सरकारी जग्गा हात पार्ने ‘मोडेल’ नै विकसित भइसकेको छ । अघिधकांश ठाउँमा वीपी कोइराला, पुष्पलाल, मदन भण्डारी आदि नेताका नाममा सरकारी जग्गा बाँड्ने कार्य हुने गरेको पाइन्छ । राजनीतिक दलका कर्मचारी संगठनहरुले समेत काठमाडौंको सरकारी जग्गा मन्त्रिपरिषदबाट निर्णय गराएर बैधानिकरुपमै पार्टीकरण गरी घर बनाएर भाडामा लगाउने गरेका छन् ।

सरकारी जग्गा हडपेर चौधरी समूहले बनाएको चाँदबाग स्कुल

बाँसबारी छाला जुत्ता कारखानाको जग्गा पनि चौधरी ग्रुपले मात्रै नभएर कतै क्लबका नाममा त कतै वीपी कोइरालाका नाममा ‘अकुपाई’ भएको पाइएको छ ।

डा. भगवान कोइरालाले पुस्तकमा उल्लेख गरेअनुसार सरकारले ०५२ सालपछि डा. उपेन्द्र देवकोटाको इन्स्टिच्युट अफ न्यूरो साइन्सेजलाई १५ रोपनी जग्गा दिने निर्णय गरेको थियो । तर, डा. देवकोटाले जग्गा कम दिइएको भन्दै आपत्ति जनाए र त्यो प्रोजेक्ट नै अघि बढाएनन् ।

त्यस्तै, सरकारले इन्स्टिच्युट अफ प्याथोलोजीका लागि सरकारले ४ रोपनी जग्गा दिने निर्णय गरेको थियो । प्याथोलोजीको पनि कुनै काम अघि बढेन र सो जग्गा गंगालाल अस्पतालले नै लियो ।

तर, न्यूरोलाई दिने भनिएको १६ रोपनीमध्ये ६ रोपनी जग्गा भने सरकारले वीपी कोइराला इन्स्टिच्युट अफ हेल्थ साइन्सेज (धरान) र काउन्सिलहरुलाई दिएको डा. कोइरालाले आफ्नो पुस्तकमा उल्लेख गरेका छन् ।

डा. कोइरालाले भनेका छन्, ‘०५८ सालमा म त्यहाँ जाँदा तत्कालीन बाँसबारी छाला जुत्ता कारखानाका नाममा रहेको केही जग्गा छरपस्ट भइसकेको थियो ।’

यो पनि- 

मैले राजनीतिमा बिजनेश गरिदिएँ : विनोद चौधरी

बाँसबारीमा ‘दाजु’ लाई पनि तान्ने सीआईबीको तयारी

प्रकाशित मिति : २२ माघ २०८०, सोमबार  ६ : १८ बजे

मध्यपहाडी राजमार्गको ४० किलोमिटर क्षतिग्रस्त

पाँचथर– बाढीपहिरोका कारण पुष्पलाल (मध्यपहाडी) राजमार्गको उद्गम खण्डको १२ किलोमिटर

चीनको एक सपिङ सेन्टरमा भएको आगलागीमा १६ जनाको मृत्यु

काठमाडौँ– चीनको एक सपिङ सेन्टरमा आगलागी हुँदा १६ जनाको मृत्यु

हेर्न लायक भारतीय स्टार

निरज चोपरा पेरिस ओलम्पिकमा दक्षिण एसियाले सबै भन्दा आशा गर्न

टीकापुर अस्पतालले थाल्यो ‘डायलाइसिस’ सेवा

कैलाली– लामो प्रतीक्षापछि टीकापुर अस्पतालमा ‘हेमोडायलाइसिस’ सेवा सुरु भएको छ

गोरखा–आरुघाट सडक अवरुद्ध

गोरखा– गोरखाको बेनिघाट–आरुघाट सडखण्डअन्तर्गत पर्ने ज्यादुल खोलामा रहेको डाइभर्सन पुलमा