इजरायली आक्रमण रोक्न प्यालेस्टिनी राष्ट्रपतिको आग्रह « Khabarhub

इजरायली आक्रमण रोक्न प्यालेस्टिनी राष्ट्रपतिको आग्रह


२२ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

रामल्लाह प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासले आइतबार संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसलाई प्यालेस्टिनी जनताविरुद्ध जारी इजरायली आक्रमणलाई रोक्न अन्तर्राष्ट्रिय प्रयास अघि बढाउन आग्रह गरेका छन् ।   

प्यालेस्टिनी समाचार संस्था वाफाका अनुसार अब्बासले मध्यपूर्व शान्ति प्रक्रियाका लागि संयुक्त राष्ट्रसङ्घका विशेष संयोजक टोर वेन्नेसल्यान्डसँग रामल्लास्थित राष्ट्रपतिको मुख्यालयमा भएको बैठकमा उक्त कुरा राखेका हुन् । 

अब्बासले गुटेर्रेसलाई  व्यक्तिगत तथा संस्थागत प्रयास जारी  राखी सम्पूर्ण गाजा पट्टीबाट इजरायली कब्जा फिर्ता लिई यसको कुनै पनि अशं जमिन कब्जा नगर्न अन्तर्राष्ट्रिय प्रयासहरू तीव्र बनाउन आह्वान गरे ।

अब्बासले प्यालेस्टिनीहरूका लागि मानवीय सहायता, राहत सामग्री र आश्रयमा वृद्धि सुनिश्चित गर्नुपर्ने कुरामा जोड दिए। 

उनले प्यालेस्टिनीहरूको विस्थापन रोक्न, स्थल सुरक्षा बल र बसोबास गर्नेहरूद्वारा सबै आक्रमणहरू रोक्नुका साथै सबै प्यालेस्टिनी निकासी कोष जारी गर्नुपर्नेबारे पनि जोड दिए। अब्बासले प्यालेस्टिनीबाट इजरायलीहरूको रिहाई सुनिश्चित गर्न सुरक्षा परिषद्को निर्णय र अन्तर्राष्ट्रिय शान्ति सम्मेलनको माध्यमबाट संयुक्त राष्ट्रसङ्घमा प्यालेस्टिनी राज्यको पूर्ण सदस्यता प्राप्त गर्नु महत्वपूर्ण रहेको बताए ।   

प्रकाशित मिति : २२ माघ २०८०, सोमबार  ७ : ३८ बजे

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर

तनहुँमा एकजना मृत फेला

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको