इजरायली आक्रमण रोक्न प्यालेस्टिनी राष्ट्रपतिको आग्रह « Khabarhub

इजरायली आक्रमण रोक्न प्यालेस्टिनी राष्ट्रपतिको आग्रह


२२ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

रामल्लाह– प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासले आइतबार संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसलाई प्यालेस्टिनी जनताविरुद्ध जारी इजरायली आक्रमणलाई रोक्न अन्तर्राष्ट्रिय प्रयास अघि बढाउन आग्रह गरेका छन् ।   

प्यालेस्टिनी समाचार संस्था वाफाका अनुसार अब्बासले मध्यपूर्व शान्ति प्रक्रियाका लागि संयुक्त राष्ट्रसङ्घका विशेष संयोजक टोर वेन्नेसल्यान्डसँग रामल्लास्थित राष्ट्रपतिको मुख्यालयमा भएको बैठकमा उक्त कुरा राखेका हुन् । 

अब्बासले गुटेर्रेसलाई  व्यक्तिगत तथा संस्थागत प्रयास जारी  राखी सम्पूर्ण गाजा पट्टीबाट इजरायली कब्जा फिर्ता लिई यसको कुनै पनि अशं जमिन कब्जा नगर्न अन्तर्राष्ट्रिय प्रयासहरू तीव्र बनाउन आह्वान गरे ।

अब्बासले प्यालेस्टिनीहरूका लागि मानवीय सहायता, राहत सामग्री र आश्रयमा वृद्धि सुनिश्चित गर्नुपर्ने कुरामा जोड दिए। 

उनले प्यालेस्टिनीहरूको विस्थापन रोक्न, स्थल सुरक्षा बल र बसोबास गर्नेहरूद्वारा सबै आक्रमणहरू रोक्नुका साथै सबै प्यालेस्टिनी निकासी कोष जारी गर्नुपर्नेबारे पनि जोड दिए। अब्बासले प्यालेस्टिनीबाट इजरायलीहरूको रिहाई सुनिश्चित गर्न सुरक्षा परिषद्को निर्णय र अन्तर्राष्ट्रिय शान्ति सम्मेलनको माध्यमबाट संयुक्त राष्ट्रसङ्घमा प्यालेस्टिनी राज्यको पूर्ण सदस्यता प्राप्त गर्नु महत्वपूर्ण रहेको बताए ।   

प्रकाशित मिति : २२ माघ २०८०, सोमबार  ७ : ३८ बजे

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार

बाढीले नवलपरासी र तनहुँ जोड्ने कालीगण्डकीमाथिको पुल बगायो

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा

पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित

काठमाडौं। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट बन्द

मुस्ताङ ।  राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले 

मधेश र कोशीबीच आर्थिक तथा वित्तीय सहकार्य गर्ने समझदारी

काठमाडौँ- मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक