सही सूचना सम्प्रेषण गर्नुपर्नेमा नेता पौडेलको जोड « Khabarhub

सही सूचना सम्प्रेषण गर्नुपर्नेमा नेता पौडेलको जोड


२२ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पत्रकारले लेखेका समाचारले जनमत निर्माण गर्ने भएकाले सही सूचना सम्प्रेषण गर्नुपर्नेमा जोड दिएका छन् ।

प्रेस चौतारी नेपालको २६ औं स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले समाचार सामग्री तथा विचार विश्लेषणले जनमत निर्माण गर्ने भएकाले सत्यतथ्यमा आधारित खबर सम्प्रेषण हुनुपर्नेमा जोड दिए । उनले प्रेस स्वतन्त्रता र नागरिक अधिकारका पक्षमा कलम चलाउनुपर्ने बताए ।

उपाध्यक्ष पौडेलले लोकतन्त्रका निम्ति प्रतिपक्षको आवाज महत्वपूर्ण हुने भन्दै प्रतिपक्षले उठाएको आवाजलाई सरकारले सुन्नुपर्ने बताए । उनले अहिले एमाले प्रतिपक्षमा रहेको बेला सदनमा मुलुकमा व्याप्त समस्याका बारेमा सशक्त ढङ्गले आवाज उठाउँदै आएको बताए।

एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले जनसङ्गठनभित्र दक्षिणपन्थी अवसरवाद हाबी भएको आरोप लगाउँदै त्यस्तो प्रवृत्ति अन्त्य गर्नुपर्ने बताए । एमाले प्रचार विभागका सचिव गगन विष्टले लोकतन्त्र बलियो बनाउने सञ्चार क्षेत्र सङ्कटमा रहेको बताए । उनले सञ्चार क्षेत्रलाई राज्यले बेवास्ता गर्न नहुनेमा जोड दिए।

नेपाल प्रेस युनियनका उपाध्यक्ष सलोजा दाहालले लोकतन्त्रको पहरेदारका रुपमा रहेको सञ्चारक्षेत्र आर्थिक अभावका कारण खुम्चिँदै गएको बताए । प्रेस सेन्टर नेपालका महासचिव सन्तोष पौडेलले लोकतन्त्रका निम्ति योगदान गरेका सञ्चारमाध्यम यतिबेला सङ्कटमा परेकाले सरकारले सहयोग गर्नुपर्ने बताए।

सञ्चारिका समूहकी अध्यक्ष विमला तुम्बाहाम्फेले सबै सञ्चारमाध्यमलाई सरकारले सहयोग गर्नुपर्ने बताए । प्रमुख अतिथि उपाध्यक्ष पौडेलले उक्त कार्यक्रममा यसवर्षको हृदयचन्द्र सिंह प्रधान स्मृति पत्रकारिता पुरस्कार अन्नपूर्ण पोष्ट दैनिकका प्रधानसम्पादक अखण्ड भण्डारीलाई प्रदान गरे । उक्त पुरस्कारको राशि रु ३५ हजार ३५ रहेको थियो ।

यस्तै रु ३५ हजार ३५ राशिको अग्नि शिखा स्मृति पत्रकारिता पुरस्कार माधव नेपाल )सिन्धुपाञ्चोक) लाई प्रदान गरिएको छ । यसैगरी डेकेन्द्र थापा स्मृति पत्रकारिता पुरस्कार महेश केसी (रुकुमपूर्व) वीरेन्द्रकुमार साह क्रियाशील पत्रकारिता पुरस्कार फनिदेव महत (रौतहट), सावित्रीदेवी–पद्मलक्ष्मी बस्नेत स्मृति पत्रकारिता पुरस्कार काजल तामाङ (काभ्रेपलाञ्चोक) र चन्द्र न्यौपाने शान्तिराम कार्की स्मृति पत्रकारिता पुरस्कार यसिमा महत, (रामेछाप)लाई प्रदान गरिएको छ । ती सबै पुरस्कारको राशि रु २० हजार २० रहेको छ ।

पुरस्कृत भएका अन्नपूर्णका सम्पादक भण्डारीले नेपाली पत्रकारिता आर्थिक, सामाजिक र राजनीतिक हिसाबले चुनौतीपूर्ण रहेको बताए । प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतले धराशयी हुन लागेको सञ्चारमाध्यमलाई सरकारले सहयोग गर्नुपर्ने धारणा राखे।

प्रकाशित मिति : २२ माघ २०८०, सोमबार  ८ : ४८ बजे

अर्थसहित पाँचवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेको विभिन्न पाँचवटा समितिको बैठक आज

परराष्ट्रमन्त्री खनाल र चिनियाँ समकक्षी वाङबीच वार्ता: नेपाली भूमि चीनविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता

काठमाडौँ – चीनको चारदिने औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल

कर तथा जरिवाना छुटसम्बन्धी विशेष व्यवस्था गर्दै बागमती सरकार

बागमती– बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष (आव) २०८३–८४ को

एकमहिने मत्स्यनारायण मेला सम्पन्न

भक्तपुर– तीन सय वर्ष पुरानो ऐतिहासिक मत्स्यनारायण मन्दिर परिसरमा लागेको

प्रतिनिधिसभा बैठक बस्दै, मन्त्रालयगत बजेटमाथि छलफल जारी रहने

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ ।