प्रचण्ड अस्थिर कि बुझक्कड, के भन्छन् विश्लेषक ? | Khabarhub Khabarhub

प्रचण्ड अस्थिर कि बुझक्कड, के भन्छन् विश्लेषक ?

‘कांग्रेस-एमाले नमिल्दा प्रचण्डलाई मालामाल’


२२ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


5.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सत्ता समीकरण फेरि ०७९ पुस १० मा फर्र्किएको छ। प्रधानमन्त्री माओवादी अध्यक्ष पुष्पमकमल दाहालको बोली नै सापटी लिएर भन्ने हो भने उनी फेरि एमालेसँगको ‘अनकम्फर्टेबल’ गठबन्धका लागि तयार भएका छन्।

२०७९ पुस १० त्यो मिति हो- नेकपा विभाजनपछि दाहाल र नेकपा एमाले अध्यक्ष केपी ओली एकै बिन्दुमा उभिए। उत्कर्षमा आएको तिक्ततालाई बिर्सेर दाहाललाई प्रधानमन्त्री बनाउन ओली तयार भए। अझ एमालेका लागि दाहाल ती पात्र हुन्, जो २०७९ मंसिर ४ को निर्वाचनमा वाम गठबन्धन नगरेर एमालेलाई कमजोर शक्ति प्रमाणित गर्ने रणनीतिका नाइके।

अझ यस्तो दुस्मनीमा ओलीले दाहाललाई गरेको सहयोग आश्चर्यलाग्दो छ। चुनावपछि दाहाललाई प्रधानमन्त्री दिने ‘जेन्टलमेन’ समहतिबाट कांग्रेस सभापति शेरबहादुर पछि हटेको अवस्थामा ओलीले साथ दिए। दाहालको संकटमा उनी साथमा उभिए।

एमालेका लागि दाहाल ती पात्र हुन्, जो २०७९ मंसिर ४ को निर्वाचनमा वाम गठबन्धन नगरेर एमालेलाई कमजोर शक्ति प्रमाणित गर्ने रणनीतिका नाइके।

अवसरका लागि एमालेलाई प्रयोग गरेर चुनावअघिको गठबन्धन टुक्राएर कांग्रेसलाई एक्ल्याउँदै दाहाल प्रधानमन्त्री बने। पार्टीलाई तेस्रो शक्तिबाट तल झर्न नदिएको गठबन्धनलाई प्रधानमन्त्री नपाएकै कारण तोड्न प्रचण्ड तयार भए।

यसरी गठबन्धनबाट एक्लिँदा देउवालाई पार्टीका नेताले टिक्नै नसक्ने गरी आलोचना गरे। दाहालको धोकाको शिकार बनेका देउवा तीन महिनासम्म मौन बसे।

यसरी चिसिएको दाहाल-देउवा सम्बन्धमा केही दिनमै सुधार आयो। १५ दिनपछि (पुस २५) मा प्रधानमन्त्री दाहालले विश्वासको मत लिँदा कांग्रेसले सरकारको पक्षमा मतदान गर्यो।


फेरि दाहालले कांग्रेसतर्फ ढल्किए। विश्वासको मतको गुन चुकाउन उनी राष्ट्रपति कांग्रेसलाई दिन तयार भए। एमालेबाट राष्ट्रपतिका उम्मेद्वार बनेका सुवासचन्द्र नेम्वाङलाई हराउन दाहालले भूमिका खेले। फेरि दाहालले एमालेलाई धोका दिए।

सोही कारण एमालेले दाहाल सरकारलाई दिएको समर्थन फिर्ता लियो। चैत ६ गते दाहालले फेरि सदनबाट विश्वासको मत लिए। फेरि दाहाल-ओली एक-अर्कोविरुद्ध पदीय हैसियत बिर्सेरै गालीगलौचमा उत्रिए।

प्रधानमन्त्री दाहालले विश्वासको मत लिँदा कांग्रेसले सरकारको पक्षमा मतदान गर्यो। फेरि दाहालले कांग्रेसतर्फ ढल्किए। विश्वासको मतको गुन चुकाउन उनी राष्ट्रपति कांग्रेसलाई दिन तयार भए। एमालेबाट राष्ट्रपतिका उम्मेद्वार बनेका सुवासचन्द्र नेम्वाङलाई हराउन दाहालले भूमिका खेले। फेरि दाहालले एमालेलाई धोका दिए।

त्यसैबेला दाहालले भनेका हुन्, ‘कांग्रेससँगको गठबन्धनमा सरकार चलाउन सजिलो। एमालेसँग चुनावमा गठबन्धन गर्दा सजिलो।’
प्रधानमन्त्री दाहालले सोमबार फेरि कांग्रेससँग गठबन्धन तोडेयता एमाले दाहाललाई प्रधानमन्त्री निरन्तरता दिन तयार भएको छ। अझ रोचक कुरा–पुराना शक्तिलाई विस्थापन गर्ने एजेन्डाले उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीलाई पनि दाहालले प्रधानमन्त्रीमा आफूलाई टिकाउन सहयोग गर्न राजी बनाए।

यी माथिका सबै घटना साढे १४ महिनाको अवधिमा भएका हुन्। पार्टीभित्रैका सबै नेताको चित्त बुझाउन नसकेका दाहालले संसद्का दुई ठुला शक्तिलाई आफ्नो स्वार्थमा आश्चार्य लाग्ने गरी प्रयोग गरे।

कांग्रेस–एमाले दाहालको राजनीतिको चतुर खेलमा केबल गोटी सावित भएका छन्। तेस्रो शक्तिको हैसियत बनाएका दाहाललाई कसले अंगाल्ने भन्नेमा कांग्रेस र एमालेबीच अघोषित प्रतिस्पर्धा नै चलेको छ भन्दा फरक पर्दैन। यी घटनाक्रमलाई विश्लेषकले भने एमाले-कांग्रेस गठबन्धनको संस्कार विकास नहुनुको परिणामका रुपमा लिएका छन्।

कांग्रेस–एमाले दाहालको राजनीतिको चतुर खेलमा केबल गोटी सावित भएका छन्। तेस्रो शक्तिको हैसियत बनाएका दाहाललाई कसले अंगाल्ने भन्नेमा कांग्रेस र एमालेबीच अघोषित प्रतिस्पर्धा नै चलेको छ भन्दा फरक पर्दैन।

कांग्रेस-एमालेले लचकता नदेखाउँदा प्रचण्डलाई फाइदा
संसद्मा ३२ सिटको हैसियतमा रहेको मोआवादीले ८९ सिटको कांग्रेस र ७७ सिटको एमालेलाई आफ्नो अनुकलतामा प्रयोग गर्नु सत्तालिप्त मानसिकता, कमजोर गठबन्धन संस्कार, दुई शीर्ष शक्ति एक अर्कामा लचकता देखाउने अनुदार हुनु प्रमुख कारण रहेको विश्लेषकको बुझाइ छ।

कांग्रेस-एमालेले एक अर्कालाई मुख्यविरोधी मान्ने प्रवृतिले दाहाललाई राजनीतिक चतुरता देखाउने अवसर मिलेको राजनीतिक विश्लेषक सुरेन्द्र लाभ बताउँछन्।

लाभ भन्छन्, ‘कांग्रेस र एमाले नेपालको ठुला शक्ति हुन्। यिनीहरु एक अर्कालाई मुख्य विरोधी मान्छन्। कांग्रेस ठुलो पार्टी हो। यसलाई तल झारौं भन्ने ओलीको मनस्थिति हो। कांग्रेस पनि त्यही मनस्थितिबाटै ग्रसित छ।’

त्यस्तै, गठबन्धनको उपयुक्त संस्कार नभएकाले दुई ठुला शक्तिमा सम्झौता र लचकता अभाव देखिँदा तेस्रो शक्ति संसदीय अभ्यासमा हाबी भएको राजनीतिक विश्लेषक इन्द्रा अधिकारीको बुझाइ छ। सत्तालिप्त हुने प्रवृति र व्यक्ति केन्द्रित राजनीति जस्ता ठूला दलको राजनीतिक कुसंस्कारलाई दाहालले आफ्नो कुर्सी जोगाउने हतियार बनाएको अधिकारीको विश्लेष छ।

उनी थप्छिन्, ‘दाहालले अहिले र पहिलेको गठबन्धन टुटाउनुको बाहना उपयुक्त छैन। उनलाई अबको केही वर्षमा सरकार हस्तान्तरण गर्नुपर्ने बाध्यताबाट उम्कन मन लागेको हो। ओलीलाई कांग्रेसबाट माओवादी अलग गरेर आफू सरकारमा जान मन लागेको हो। सबैको प्रतिस्पर्धा सरकारमा कसरी टिक्ने र सहभागी हुने भन्ने नै छ। यसले दाहाललाई यता–उता गर्न सहज भएको छ।’

कांग्रेस-एमालेले एक अर्कालाई मुख्यविरोधी मान्ने प्रवृतिले दाहाललाई राजनीतिक चतुरता देखाउने अवसर मिलेको राजनीतिक विश्लेषक सुरेन्द्र लाभ बताउँछन्।

‘दाहालमाथि अस्थिरताको छाप’
पार्टीको भविष्यका लागि पनि दाहाल सत्ताबाट बाहिरिने नखोज्ने, देउवाले गठबन्धन तोड्न दाहाललाई देखाउने र ओलीको प्रतिपक्षमा बस्न नचाहने भएकाले अहिलेको अवस्था सिर्जना भएको विश्लेषकको बुझाइ छ।

दाहाल मुलधारको राजनीतिमा आएयता उनकै वरिपरि राजनीति घुमेको विश्लेषक बताउँछन्। ३२ सिटमा खुम्चदाँ पनि उनी नै संसदीय राजनीतिको मुख्य खेलाडी देखिन्छन्।

आज मात्रै उनले एक कार्यक्रममा भनेका छन्, ‘म बाँचुञ्जेल देशमा उथलपुथल भइरहन्छन्।’ यस अर्थमा उनी आफूलाई अस्थिर शक्ति मान्न तयार छन्।

दाहाल मुलधारको राजनीतिमा आएयता उनकै वरिपरि राजनीति घुमेको विश्लेषक बताउँछन्। ३२ सिटमा खुम्चदाँ पनि उनी नै संसदीय राजनीतिको मुख्य खेलाडी देखिन्छन्।

जनयुद्ध साख खस्कँदो अवस्थामा रहँदा यस्ता घटनाक्रमबाट दाहालले माओवादीलाई अस्थिर शक्तिमा परिणत गर्न थप टेवा पुर्याएको विश्लेषक शुरेन्द्र लाभको भनाइ छ। यो घटनाले दाहालले सत्ता बाहिर बसेर पार्टी जोगाउन नसक्ने रहेछन् भन्ने सन्देश आम जनतामा फैलने उनको विश्लेषण छ।

विश्लेषक लाभ थप्छन्, ‘यो प्रचण्डको अस्थिरता हो। सत्तामा भएन भने पार्टीको भविष्य के हुने हो भन्ने उहाँलाई चिन्ता छ। यो मनोविज्ञानले नै प्रचण्ड यताउता गरिरहेका छन्। अब अविश्वासको चर्चा हुन्छ भने प्रचण्डको नाम आउँछ।’

त्यस्तै, दाहालले कांग्रेससँग गठबन्ध टुटाउनुको कारण पुष्टि हुने ठोस आधार नभएकाले उनी सत्तामै रहन अस्थिरको ‘ट्याग’ भिर्न तयार भएको देखिने विश्लेषक इन्द्रा अधिकारीको बुझाइ छ।

प्रकाशित मिति : २२ फाल्गुन २०८०, मंगलबार  ९ : ५८ बजे

सङ्खुवासभामा चट्याङ लागेर ७२ भेडा मरे

किमाथांका–  सङ्खुवासभाको सभापोखरी गाउँपालिका–५ फाकुवामा चट्याङ लागेर ७२ भेडा मरेका

राष्ट्रियसभालाई समस्या समाधानको थलोका रूपमा स्थापित गर्नुपर्छ : अध्यक्ष दाहाल

काठमाडौं– राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रियसभालाई राजनीतिक समस्या समाधानको थलोका

साढे दुई वर्षमा सक्नुपर्ने पुल आठ वर्षमा पनि बनेन

ढोरपाटन– बागलुङको जैमनी नगरपालिका–१ जैमिनीधामबाट पर्वतको फलेबास नगरपालिकाको देवीस्थान जोड्ने

सभामुखको भूमिका सन्तोषजनक भएन : चित्रबहादुर केसी

काठमाडौं- जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संसद्‌मा सभामुखको भूमिका सन्तोषजनक नभएको

प्रधानमन्त्रीले चौथो पटक विश्वासको मत लिँदा को-को अनुपस्थित थिए ?

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चौथो पटक विश्वासको मत लिँदा