अवैध लागूऔषधसहित छ जना पक्राउ | Khabarhub Khabarhub

 अवैध लागूऔषधसहित छ जना पक्राउ


२२ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित छ जना पक्राउ परेका छन् । झापाकाे बिर्तामोड नगरपालिका-३ गोसलाईन छेउबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ७ सय २० मिलिग्रामसहित भद्रपुर नगरपालिका-३ घर बताउने २० वर्षीय मौसम किस्कु समेत २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

त्यसैगरी, झापाकै बिर्तामोड नगरपालिका-६ बुट्टाबारीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १२ ग्राम ९ सय ५० मिलिग्रामसहित सोही ठाउँ बस्ने २१ वर्षीय मनिष लिम्बु समेत ३ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

अस्थायी प्रहरी चौकी बुट्टाबारीबाट खटिएको प्रहरीले उनको घरको तलासी गर्ने क्रममा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

बाँकेकाे नेपालगंज उपमहानगरपालिका-१६ भन्सार चेक पोष्ट नजिकैबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १५ ग्रामसहित सोही ठाउँ बस्ने ४० वर्षीय मनोज खानलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषध नियन्त्रण ब्यूरो बाँके शाखा समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०८०, मंगलबार  १ : ४२ बजे

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ६ घण्टापछि उडान 

काठमाडौं – प्रतिकुल मौसम कारण बिहानैदेखि बन्द भएको पोखरा अन्तर्राष्ट्रिय

वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो १६१ रनको लक्ष्य

काठमाडौं -वेस्ट इन्डिज ए ले नेपाललाई १६१ रनको लक्ष्य दिएको

शंखमूलमा भएको आगलागी नियन्त्रणमा 

काठमाडौं– काठमाडौंको शंखमुलमा भएको आगलागी नियन्त्रणमा आएको छ । शंखमुलस्थित

लगानी सम्मेलन : भारत र मलेसियाका निजी क्षेत्रसँग दुई सम्झौतामा हस्ताक्षर

काठमाडौं- काठमाडौंमा आइतबार सुरु भएको तेस्रो लगानी सम्मेलनमा निजी क्षेत्रबीच

शंखमूलमा ग्यास सिलिन्डर पड्किएर आगलागी

काठमाडौं- काठमाडौंको शंखमुलस्थित एक पसलमा आगलागी भएको छ । शंखमुलस्थित